Friday, May 17
Shadow

आवरण मात्रै सुन्दरता होइन


  • -इ
  • इ+

सुन्दरता भनेको गोरो छाला हुनु मात्र होइन । सुन्दरता त्योभन्दा धेरै माथि छ । सुन्दरताको परिभाषा आवरण हो भन्ने भाष्य निर्माण हुनु नै गलत भयो । सुन्दरता बौद्धिकतामा छ, सुन्दरताभित्र नेतृत्व हुन्छ, सौन्दर्यले समाजसेवा गर्न सहयोग गर्छ । सुन्दरता सबै कुराको मिश्रण हो । यसभित्र धेरै कुरा समेटिन्छन् ।

जसरी मानिसले ब्युटी पेजेन्टहरूको अर्थ सुन्दर युवतीबीचको प्रतिस्पर्धा भनेर बुझेका छन्, त्यो गलत छ । महिला सशक्तीकरणका लागि नयाँ काम गरौँ भनेर हामीले मिस युनिभर्स नेपाल सुरु गरेका हौँ । यसमा एउटै भूगोल, जातजाति वा वर्ग–समुदायभन्दा पनि विविध भाषाभाषी र समुदायका युवतीहरूलाई समावेश गर्ने गरेका छौँ ।

त्यसैले यो प्रतिस्पर्धा भइरहँदा एकै मञ्चमा नेपालको भौगोलिक विविधता पनि झल्कन्छ । प्रतिस्पर्धामा महिलाको बौद्धिकता तथा चेतनास्तरलाई प्राथमिकताका साथ हेर्ने गरेका छौँ ।

मिस युनिभर्सलगायतका ब्युटी पेजेन्टले युवतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो देशको प्रतिनिधित्व गर्ने अवसरसमेत दिएका छन् । राज्यले महिला सशक्तीकरणका लागि गरेका प्रयास प्रभावकारी बन्न नसकिरहेको अवस्थामा यस्ता अवसरले महिलामा आत्मविश्वास बढाउने काम गरेको छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्