Monday, April 29
Shadow

समाज

सातगाउँले अन्तर्गत कीर्तिपुरकाे इन्द्रायणी जात्रा सम्पन्न

सातगाउँले अन्तर्गत कीर्तिपुरकाे इन्द्रायणी जात्रा सम्पन्न

समाचार, समाज
काठमाडौं । तननी दाफा खलकाे आयोजनामा भएकाे कीर्तिपुरकाे इन्द्रायणी जात्रा मंसिर १७ गते शनिबार सम्पन्न भएको छ ।  कीर्तिपुरमा मंसिर शुक्ल चतुर्थीको दिन सुरु हुने सातगाउँले जात्राकाे नामबाट चर्चित रहेकाे भएता पनि नेपालभाषामा बखु मदः तथा न्ह्यगां जात्रा भन्ने चलन रहेकाे छ । यस जात्रामा इन्द्रायणी, ब्रह्मायणी, बालकुमारी, विष्णुदेवी लगायतका विभिन्न सहायक जात्राहरु पनि  गर्ने चलन रहेकाे छ ।जस मध्ये कीर्तिपुरको इन्द्रायणी पीठबाट सुरु हुने इन्द्रायणी जात्रा भने यसको मुख्य जात्रा मानिन्छ । कीर्तिपुरमा एकदिन अगाडि पहिले दलुचा जात्रा मानन्धर समुदायले छुट्टै ढंगले मनाउने चलन रहेको छ । सामान्यतया सात दिन मनाउने गरिएपनि अष्टमी, नवमी र दशमीको दिन मनाइने जात्रा विशेष मानिन्छ । अष्टमीका दिन कीर्तिपुरको ९ वडास्थित नंगामा ‘धाल्चा खाकेगु जात्रा’ मनाउने रहेको छ । नवमीका दिन पांगाको विष्णुदेवी मन्दिर क्षेत्...
विश्व शान्ति कामना गरी दिप प्रज्वलन अभियान सहयाेग गर्न अनुराेध

विश्व शान्ति कामना गरी दिप प्रज्वलन अभियान सहयाेग गर्न अनुराेध

समाचार, समाज
काठमाडौं । माता मनकामनाको शक्तिशाली दियो बाल्ने दिपप्रज्वलन कार्य गत बर्ष २०७८ जेष्ठ ०२ गतेदेखि निरन्तरताका लागि ऊँ माता मनकामना जेन्नि ट्रस्टले सम्पूर्ण भक्तजनलाई अनुरोध गरेका छन् ।   माता मनकामनाले उहाँको भक्त शोभाभगवती मन्दिर परिसर चःमति, का.म.पा.१५ वडा निवासी माता जेनि श्रेष्ठलाई सपनामा दिएको आदेश बमोजिम उहाँले आफ्नो ज्यान जोखिम मोलेर दिनरात नभनि निरन्तर रुपमा विश्व शान्ति कामना गरी दिप बाल्दै आइरहनु भएको छ । जव मनकामना माताले सपनामा साक्षात रुपमा दर्शन दिएर विश्व लगायत नेपालमा सुखशान्ति तथा समृद्धि बढाउनका लागि दिप प्रज्वलन गर्नु पर्ने जनाएपछि सो कार्यमा आफुहरूले निरन्तता जारी राखेको जनाइन् । जसबाट देशमा अकल्पनीय दुर्घटना कम हुने, कुनै पनि महामारी जस्तैः बाढिपहिरो, भुकम्प, बिश्वब्यापी कोरोना महामारी, चट्याङ आदि कम भएर सम्पूर्ण जगत प्राणिको कल्याण हुने बिश...
हाते ट्र्याक्टरले गोरु विस्थापित

हाते ट्र्याक्टरले गोरु विस्थापित

समाचार, समाज
बझाङ छान्ना । खप्तडछान्ना गाउँपालिका–५ का भरत गिरीलाई अहिले हलो समात्नै झमेला लाग्छ । उहाँले हलो नसमात्ने अडान नै लिनुभएको छ । गोरु जोतेर ढाड दुखाउनुभन्दा एकै छिनमा ट्र्याक्टर जोतेर घर फर्कनु आनन्द भएको उहाँले बताउनुभयो । “कसैले पणिमा मागे पनि बरु सित्तैमा ट्र्याक्टर लगाइदिन्छु तर, हलो समात्न भने मनै लाग्दैन”, उहाँले भन्नुभयो, “गोरु जोतेरै बूढो भइसके । मेरै घरमा दर्जनभन्दा बढी हल गोरु फेरबदल भए तर, कहिल्यै समयमा काम सकिएन । न त सोचेजस्तो काममा रहर नै लाग्यो । अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।” उहाँका अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उहाँ बताउनुहुन्छ । तीन वर्षअघि जयपृथ्वी नगरपालिका–९ का यादवी जोशीको घरमा भर्खर किनेका एक हल गोरु थिए । चरिचराउन गर्न वन नभएको हुँदा ...
सिक्किममा सत्यमोहन जोशीकाे सम्झनामा शोक सभा आयोजना

सिक्किममा सत्यमोहन जोशीकाे सम्झनामा शोक सभा आयोजना

समाचार, समाज
संस्कृतिविद वाङमय शताब्दी पुरुष डा. सत्य मोहन जोशीको असामयिक निधन गत १६ अक्टोबर २०२२ को दिन १०३ बर्षको उमेरमा पाटन,नेपालको किष्ट अस्पतालमा उपचारको क्रममा निधन भयो। उहाँको निधनको खबरले सारा नेपाल र भारतका सिक्किम एवं विश्वका नेपाली भाषीहरुले गहिरो शोक प्रकट गरे। सिक्किम स्थित नेवाः भाषा एवं संस्कृति राष्ट्रिय बिद्यालय,सिक्किम र सिक्किम नेवाः गुथिको संयुक्त त्ववाधानमा एउटा आकस्मिक शोक सभा बिद्यालयमा सम्पन भयो। वहाँको आत्माले शान्ति प्राप्त गरुन् भनी दुई मिनटको मौन धारण गरियो भनी दीवंगत डा. जोशीको फोटोमा माला अर्पण गरेर श्रद्धाञ्जली चढाए। यस सभामा सिक्किम नेवाः गुथिको पुर्व अध्यक्ष एवं नेवाः भाषा एवं संस्कृति राष्ट्रिय बिद्यालय,सिक्किमका चियरमेन भाजु दिलु कुमार प्रधान , सिक्किम नेवाः गुथिको आजीवन सदस्य एवं सम्पादक स्मारिका बरिष्ठ साहित्यकार भाजु प्रधुम्न श्रेष्ठ ,बिद्यालयका प्राचार्य भाजु ...
फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता

ब्यानर समाचार, समाज
सुर्खेत, कात्तिक १ गते । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ । दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा डुलिरहने जाति हो । दुई÷तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यो क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले अवस्था फेरिएको छ । विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् भने जम्मा राउटेहरूको सङ्ख्या एक सय ४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल सङ्कलन गर्दै जीवननिर्वाह गर्न ...
उदय अधिकारी र महेश पौड्यालबीचको संवाद सार्वजनिक

उदय अधिकारी र महेश पौड्यालबीचको संवाद सार्वजनिक

समाचार, समाज, साहित्य/कला
काठमाडौँ- समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ । ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्यमहोत्सव’को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ,अशोक बाजपेयी, तुलसीदिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । आइतबार सार्वजनिक भएको उक्त पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ । संवादले एउटा लेखकको निर्मिति, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमानअवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभावपारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ । बि.एन. ...
शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने

शङ्खधर सम्मान मानन्धरलाई प्रदान गर्ने

ब्यानर समाचार, समाज
काठमाडौं । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले यस वर्षको ‘शङ्खधर सम्मान’ विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुर, श्यामकृष्ण मानन्धरलाई प्रदान गर्ने भएको छ । नेपाल संवत् ११४३ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रममा उक्त सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले जानकारी दिए । विगत ६१ वर्षदेखि नेपाल संवत् र नेपाल भाषाको आन्दोलनमा सक्रिय सहभागी भई जनताको हकअधिकारका निम्ति विराट नेपाल भाषा साहित्य सम्मेलनमार्फत जनतालाई सुसूचित गर्दै आएको छ । थुप्रै जनपक्षीय साहित्यकार जन्माइसकेको ऐतिहासिक संस्था विराट गुथीलाई संस्थाले ६१ वर्षसम्म निरन्तर नेपाल संवत् र जातीय मुक्तिका लागि गरेको सङ्घर्षको योगदानलाई कदर गर्दै उक्त सम्मान गर्न लागेको प्रतिष्ठानका सचिव बाबुकाजी साःछे श्रेष्ठले बताए । त्यसैगरी बिसौँ शङ्खधर साख्वाः र नेपाल...
अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पुर्‍यायो

अन्धविश्वासले घर–सम्पत्ति छाडेर सडकमा पुर्‍यायो

समाचार, समाज
ढोरपाटन । बुर्तिबाङ–बोङ्गादोभान सडक छेउमा एउटा सानो छाप्रो छ । छाप्रोमाथि अनकन्टार भिर, तल तमानखोला । त्यही छाप्रोमा बस्नुहुन्छ ६७ वर्षीय देवीराम दर्जीको परिवार । काठ, मुडा र पुराना जस्तापाताले बनेको छाप्रोले राम्रोसँग घाम पानी छेक्दैन । देवीरामको परिवार नौ वर्षदेखि यही छाप्रोमा आश्रय लिँदै आएको छ । ढोरपाटन नगरपालिका–२ दुलेमा पर्ने बस्ने दर्जी परिवारको अवस्था निकै दयनीय छ । छाप्रो बनाएको ठाउँ पनि देवीरामको होइन । सार्वजनिक ठाउँ भए पनि नजिक जग्गा हुनेले आफ्नो दाबी गर्दै छोड्न दबाब दिन्छन् । उहाँको श्रीसम्पत्ति ढोरपाटन नगरपालिका–३ सामागाउँमा छ । गाउँमा एउटा घर, गोठ र केही जग्गा जमिन पनि छ । तर उहाँ कहिल्यै त्यो घरमा जानुहुन्छ । घर सम्झिँदा पनि उहाँ झसङ्ग झस्किनुहुन्छ । उहाँ झस्किनुको कारण अन्धविश्वास हो । तीन वर्षमा परिवारका आठ सदस्यको मृत्यु भएपछि दर्जी घर अशुभ भएको भन्दै नौ वर्ष अगाडि प...
देउता रिसाउँछन् कि भन्ने डरले छाउगोठमा बस्न बाध्य

देउता रिसाउँछन् कि भन्ने डरले छाउगोठमा बस्न बाध्य

ब्यानर समाचार 2, समाज
काठमाडौं । खप्तडछान्ना गाउँपालिका –५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थाल्नुभएको थियो । अहिले उहाँको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी हुँदा घरभित्रै बस्ने चाहाना देखाउनुभएकी रमिला अहिले भने घरभित्र बस्नु हुँदैन भनेर आफूभन्दा पछिका पिँढीलाई सम्झाइरहनुहुन्छ, किनकि उहाँले परिवारबाटै त्यस्तै शिक्षा पाउनुभयो । अहिले उहाँ महिनावारी हुँदा छ दिनसम्मै बाध्य भएर छाउगोठमै बस्नुहुन्छ । तर देउताको डरले घरभित्र बस्ने कुरा भने उहाँको मस्तिष्कमै आउँदैन । गाउँघरमा छाउगोठ भत्काउने अभियान चले पनि रमिला त्यसको विपक्षमा हुनु उहाँको बाध्यता नै छ । खप्तडछान्ना गाउँपालिका–४ की हरिना रोकायाले पनि देउता रिसाउने भन्दै महिनावारीको बेला अहिलेसम्म घरमा बस्न पाउनुभएको छैन । घरमा बस्दा अनिष्ट हुने भन्दै परिवारकै सल्लाहमा उहाँ छाउगोठमा बस्...
बाढीपीडितलाई डेंगु र मलेरियाको जोखिम

बाढीपीडितलाई डेंगु र मलेरियाको जोखिम

समाचार, समाज
  नेपालगञ्ज । सात दिनको अविरल बर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भई विद्यालय र त्रिपालमुनि बस्दैआएका बाँकेका बाढीपिडीतलाई डेंगु र मलेरियाको उच्च जोखिम रहेको छ । बाढीले घर डुबानमा परेपछि अहिले जिल्लाका सयौं बासिन्दा अग्लो ठाउँमा रहेका विभिन्न विद्यालय र सरकारले वितरण गरेको त्रिपालमुनि बसिरहेका छन् । चारैतिर पानी जमेको र खुला ठाउँमा बस्नुपर्दा उनिहरुलाई डेंगु र मलेरियाको डर तथा चिन्ताले पिरोलिरहेको पीडीतले बताएका छन् । सबैभन्दा पहिले बाढीबाट विस्थापित भई गाउँ नजिकैको विद्यालयमा ६ दिनदेखि बसिरहनुभएका बाँके डुडुवा गाउँपालिका –१ कृषि चौफेरि गाउँका राम यादवले विद्यालयमा लामखुट्टे आतंक रहेको बताउँदै डेंगु र मलेरियाको डर रहेको बताउनुभयो । करिब एक सय २५ परिवार एकै विद्यालयमा कोचाकोच गरेर बसेकाले समस्या भएको र लामखुट्टेबाट सबैजना पीडित रहेकाले डेंगुको त्रासमा बाँचीरहेको बता...