Thursday, May 2
Shadow

सम्पादकीय

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

अन्तरवार्ता, आर्थिक, पत्रपत्रिका, सम्पादकीय
काठमाडौँ- पाँच दलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झन्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन् । सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झन्डै ५० प्रतिशतले घटेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ । मानिसहरू क्रमशः विदेशी ग्यास छाडेर स्वदेशी बिजुली प्रयोग गर्न थालेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा विगतको निरन्तरताकै रूपमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेतृत्वका रूपमा स्थापित व्यक्तित्व पम्फा भुसाल हुन् । उनकै जोडबलमा सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्...