Monday, April 29
Shadow

अपराध

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अपराध, समाचार
सिरहा, ८ मंसिर लहान नगरपालिका-२२ स्थित भित्री सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-११ पडरिया बस्ने २२ वर्षीय नन्दन चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले प्रदेश २-०१-००३ प ५५६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
दाङमा बलात्कार गरेको आरोपमा एक पक्राउ

दाङमा बलात्कार गरेको आरोपमा एक पक्राउ

अपराध, समाचार
दाङको शान्तिनगर गाउँपालिकाबाट बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–२ बाघमारे बस्ने ४० वर्षीय नवराज डाँगी छन् । डाँगीले ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ । महिलालाई सोही ठाउँस्थित बाँसको झाडीमा लगेर बलात्कार गरेको उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

अपराध, समाचार
काठमाडौं । काठमाडौंको जोरपाटीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदारनाथ मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम अठराई गाउँपालिका–५ घर भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७९ साउन ३१ गतेको फैसलाले उक्त मुद्दामा ४ दिन कैद र ११ लाख रुपियाँ जरिवाना सजाय ठहर भइ फरार रहेका मिश्रलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । मिश्रले २०७७ भदौ २२ गते कामना सेवा बैंक लिमिटेडमा रहेको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा मिश्रलाई पेश गरिकोमा अदालतबाट कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।...
दाङमा किशोर–किशोरीको हत्या प्रकरणमा चार पक्राउ

दाङमा किशोर–किशोरीको हत्या प्रकरणमा चार पक्राउ

अपराध, समाचार
दाङ । तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० मा किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी वीरबहादुर ओलीले रातोपाटीलाई बताए । एसपी ओलीले भने– ‘४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौं ।’ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए । उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जंगलबाट दुईथान मोबाइल बरामद गरेको छ । घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । दाङमा चल्...
पर्सागढीमा सालको गोलिया काठसहित दुई पक्राउ

पर्सागढीमा सालको गोलिया काठसहित दुई पक्राउ

अपराध, समाचार
वीरगञ्ज । प्रहरीले सालको गोलिया काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सागढी नगरपालिका–९ तेलिया बस्ने २८ वर्षीय अंगद चौधरी र २५ वर्षीय सन्तोष पासवानलाई पक्राउ गरेको हो । बिहीबार साँझ ईलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठ सहित पक्राउ गरेको थियो । चौधरीले चलाएको बा ११ प ५००८ नम्बरको मोटरसाईकलको बीचमा काठ राखेर पासपान पछाडी बसेका थिए । ३.५ फिट लम्बाई, ३.५ फिट मोटाई भएको सालको गोलिया काठ चोरी तस्करी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि शुक्रबार मनवा सव–डिभिजन वन कार्यालय सखुवनियामा बुझाईएको प्रहरीले जनाएको छ ।...
यसरी करणीकाे शिकार बनिन् १६ बर्षिया किशाेरी

यसरी करणीकाे शिकार बनिन् १६ बर्षिया किशाेरी

अपराध, समाचार
काठमाडौँमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ बस्ने २८ वर्षीय चन्दन महर्जनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । महर्जनले ती किशोरीलाई ललाई फकाई काठमाडौँ महानगरपालिका–१४ कलंकीस्थित गेस्ट हाउसमा लगेर विभिन्न मितिमा पटक पटक जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई मातातिर्थस्थित बौथली चोकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । यता भक्तपुरमा १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २२ वर्षीय रूपक खड्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई पटक पटक जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अन...
नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित पक्राउ

नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित पक्राउ

अपराध, मुख्य समाचार
काठमाडौं । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित सिरहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर पाटन बस्ने २३ वर्षीय रमेश कुमार आनन्दलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेबाट नियन्त्रित लागूऔषध नुर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र डाईजेपाम २३ एम्पुल सहित चितवन भरतपुर महानगरपालिका-४ बस्ने २८ वर्षीय बम बहादुर क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले ना.६१ प १३४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक क्षेत्रीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

अपराध, समाचार
झापा ।  अर्जुनधारा नगरपालिका-६ कपतानबारी बस्ने २६ वर्षीय दुर्गा पौंडेलको घरबाट नगद १ लाख ४० हजार रूपैयाँ, सुन ५ तोला र चाँदी २१ तोला शनिबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

अपराध, समाचार
काठमाडौं ।  बाँके, बैजनाथ गाउँपालिका-४ बोडिङ बस्ती मध्यवर्ती सामुदायिक बन जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय निम बहादुर बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५४ ग्राम सहित बैतडी पाटन नगरपालिका-६ बस्ने २७ वर्षीय गजेन्द्र चन्द समेत ३ जनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले पचुईबाट बेलौरीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ज १२८२ नम्बरको जीपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जीप चालक चन्द र जीपमा सवार अन्य २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप...
सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश

सन्दीपलाई थप २ दिन थुनामा राख्न आदेश

अपराध, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौँ- जिल्ला अदालत, काठमाडौँले सन्दीप लामिछानेलाई अन्तिम पटक थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको हो । तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।...