Sunday, April 28
Shadow

जेम्सले मनायो लुम्बिनी प्रदेश स्थापना दिवस


  • -इ
  • इ+

दाङ फल्गुन ३ गते ।
घोराही-१३ बडहरा दाङमा अवस्थित गोदावरी इङ्लिस मिडियम स्कुल (जेम्स) ले आज एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेश स्थापना दिवस मनाएको छ ।
स्थापना दिवस मनाउने र जनचेतना जगाउने उदेश्यले आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलले एकात्मक व्यवस्थाले निम्त्याएको विभेद तथा विकासमा आएको असन्तुलनलाई अन्त्य गर्ने उदेश्यले आएको संघियतालाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोर्, लुम्बिनी प्रदेशको राजधानी दाङ घोषणा भएसँगै खुसी भएका जनता अब लुम्बिनी प्रदेश देश कै उत्कृष्ट प्रदेश भएको देख्न चाहेकाछन् । ’
गोदावरी चोकका आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालय संचालक समिति अध्यक्ष विष्णुप्रसाद दाहालले लुम्बिनी प्रदेश स्थापना दिवसको शुभकामना दिनुहुँदै प्रदेश सरकारलाई विकासको नयाँ मोडल प्रस्तुत गर्न सुझाव दिनुभयो ।
करिब ६०० विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयहरु सहभागी रहेको उक्त कार्यक्रममा विद्यार्थीहरु निषभ शर्मा, अन्जु बुढा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
लुम्बिनी प्रदेश हाम्रो शान, हाम्रो पहिचान, लुम्बिनी प्रदेश स्थापना दिवस मनाउँछौँ मनाउँछौँ, फागुन ३ अमर रहोस् जस्ता नारा लगाउदै प्लेकार्ड सहित र्यालीमा भाग लिएका विद्यार्थीहरुले सडकमा प्रदेशको नक्सा बनाई दिप प्रज्वलन समेत गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण शिक्षक बुद्धिप्रकाश आचार्यले गर्नुभएको

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्