Thursday, May 2
Shadow

साहित्य/कला

गोदावरी स्कुलले गर्यो सहिदको सम्झना

गोदावरी स्कुलले गर्यो सहिदको सम्झना

साहित्य/कला, स्थानिय तह
  घोराही १३ बडहरास्थित गोदावरी इङ्लिश मिडियम स्कुल (जेम्स) ले एक कार्यक्रमको आयोजना गरि सहिदको सम्झना गरेको छ । सहिद दिवसको अवसरमा प्लेकार्ड र ब्यानर बोकेका करिब ४०० बिद्यार्थीहरुको र्याली बिद्यालयबाट सुरु भई बडहराको परिक्रमा गर्दै हेलो टावर अगाडिको मैदानमा पुगि सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उपमहानगर पालिका वडा नम्बर १३ का वडाध्यक्ष डुल्लुराम पोख्रेलले सहिदहरुको सम्झना गर्नु र सहिदहरुले देखाएको त्याग र बलिदानको पाठ आत्मसात गर्नु नयाँ पुस्ताको दायित्व भएको बताउनु भयो । एक दर्जन बढी बिद्यार्थीहरुले कबिता, वक्तृता तथा नाटक प्रस्तुत गरेको उक्त कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलले नेपालको सामाजिक तथा राजनितिक परिवर्तनमा लखन थापा देखि २०६२/६३ को आन्दोलन्सम्म आइपुग्दा सहिदहरुले बलिदानको इतिहास रचेको र अहिल...
‘विविध आयाम’ लोकर्पण

‘विविध आयाम’ लोकर्पण

मुख्य समाचार, साहित्य/कला
काठमाडौँ । लेखक कपिल लोहनीको दोस्रो कृति ‘विविध आयाम’ लोकर्पण भएको छ।  नेपाल सांस्कृतिक केन्द्र, कालिकास्थान, काठमाडौँमा लेखक, कवि, साहित्यकार एवं राजनीतिक तथा सामाजिक अभियन्ताहरूको उपस्थितिमा पुस्तक लोकर्पण गरिएको हो। विकास, वातावरण, समाज र संस्कृतिका बारेमा लेखिएका २० वटा आलेख रहेको पुस्तकमा यो क्षेत्रमा विगतमा भएका कामका साथै खासगरी २००७ सालपछि नेपालले कुन–कुन क्षेत्रमा कस्तो प्रगति हासिल ग¥यो र के कस्ता क्षेत्रमा नेपाल अभैm पनि पछि परेको छ तथा नेपालले समग्र विकासका निम्ति के कस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्ने कुरा सरल भाषामा प्रस्तुत गरिएको छ। पुस्तकको भूमिकामा पुस्तकलाई सकेसम्म सबै उमेर समूहले बुझ्ने बनाउन सरल भाषा र शब्द प्रयोग गरिएको उल्लेख गरिएको छ। पुस्तकमा नेपालमा शिक्षाको विकासदेखि स्वास्थ्य, कृषि, नागरिक उड्डयन, समाज, सामाजिक सुरक्षा, बालश्रम, वातावरण, वनजङ्गलको संरक्षण, मौस...
लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा अन्जानको मौसम लोकार्पण

लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसरमा अन्जानको मौसम लोकार्पण

ब्यानर समाचार, साहित्य/कला
अनेसास पोर्चुगलले ११४ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीको अवसर पारेर कृति लोकार्पण कार्यक्रम सहित लक्ष्मी जन्मजयन्ती मनाएको छ । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” को प्रवास लोकार्पण भएको हो । सभाध्यक्ष अरुन भेटवाल, प्रमुख अतिथि साहित्यकार रमेश भट्टराई तेङम, बिशिस्ट अतिथी एन आर एन पोर्चुगल कि वरिष्ठ उपाध्यक्ष तथा नेपाली नारी समाजकी अध्यक्ष सीता श्रेष्ठ शिवानी, बिशिस्ट अतिथि एन आर एन पोर्चुगल अलेन्तेजो क्षेत्रीय उपाध्यक्ष तथा हेल्प डेक्स इन पोर्चुगलका संचालक बिक्की सुवेदी, गजलकार एन.बी अन्जान लगायतले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् । नेपाली वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी प्रती श्रद्धाञ्जली अर्पण गरेर शुरु गरेको कार्यक्रममा स्व श्रष्टा सर्जक प्रती एक मिनेट मौन धारण व्यक्त गरिएको थियोे । कार्यक्रममा प्रमुख अतिथि र...
मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान

मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान

समाचार, साहित्य/कला
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारहरु काठमाडौं, विराटनगर र तुलसीपुर दाङमा कार्यक्रम आयोजना गरी प्रदान गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्तीको सन्ध्यामा काठमाडौंमा आयोजित कार्यक्रममा कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान– धीरेन्द्र प्रेमर्षि (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान– गोपाल अश्क (गोपालप्रसाद सर्राफ) (पर्सा), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान– हरिबहादुर थापा (काभ्रे), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान– गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ (काठमाडौं) लार्ई प्रदान गरिएको छ । त्यस्तै, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान– त्रिभुवनचन्द्र वाग्ले (तनहुँ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशीकला मानन्धर (काठमाडौं), भूमिप्रसाद ब...
उदय अधिकारी र महेश पौड्यालबीचको संवाद सार्वजनिक

उदय अधिकारी र महेश पौड्यालबीचको संवाद सार्वजनिक

समाचार, समाज, साहित्य/कला
काठमाडौँ- समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ । ललितपुको होटल हिमालयमा चलिरहेको ‘कलिङ्ग साहित्यमहोत्सव’को उद्घाटन समारोहमा साहित्यकारहरू डा. जगमान गुरुङ,अशोक बाजपेयी, तुलसीदिवस, माया ठकुरी र कनकमणि दिक्षीतले अङ्ग्रेजी भाषाको उक्त अन्तरवार्तालाई संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो । आइतबार सार्वजनिक भएको उक्त पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ । संवादले एउटा लेखकको निर्मिति, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमानअवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभावपारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ । बि.एन. ...
झलनाथको ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ पुस्तक विमोचित

झलनाथको ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ पुस्तक विमोचित

मनोरञ्जन, राजनिती, साहित्य/कला
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालद्वारा लिखित ‘विद्रोह, पुनर्गठन र वैज्ञानिक समाजवाद’ नामक पुस्तकको शुक्रबार राजधानीमा एक कार्यक्रमबीच विमोचन गरिएको छ । खनालद्वारा लिखित सो पुुस्तकको विभिन्न दैनिक पत्रिकाका सम्पादकले सामूहिक विमोचन गरेका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा पुस्तकका लेखक खनालले नेतामा अध्ययन र चिन्तन विश्लेषण गर्ने क्षमता हुनुपर्ने आवश्यकता औंल्याए । उनले लेख्ने, पढ्ने र विश्लेषण गर्न नसक्ने व्यक्तिले राजनीतिक दल र मुलुकका लागि कुशल नेतृत्व प्रदान गर्न नसक्ने स्पष्ट पारे । नेता खनालले आफूहरूले एमालेबाट किन विद्रोह गरेर नयाँ पार्टी खोल्नुप¥यो भन्ने’ पुस्तकमा स्पष्ट चर्चा र व्याख्या गरिएको बताए । खनालले नेकपाको तत्कालीन सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक अवसर गुमा...
‘जियरा’ लाई ५० हजारको कृति पुरस्कार

‘जियरा’ लाई ५० हजारको कृति पुरस्कार

समाचार, साहित्य/कला
वीरेन्द्रनगर । आख्यानकार नयनराज पाण्डेद्वारा लिखित कथा कृति ‘जियरा’ लाई ५० हजार नगदसहितको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार, २०७७’ प्रदान गरिएको छ। कर्णाली साहित्य समाज सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममार्फत उक्त कृतिलाई पुरस्कृत गरिएको हो। आख्यानको नवीनतम् विषयवस्तु, शिल्प र शैलीको प्रयोगद्वारा तराई र मधेसका समाजमा विद्यमान कुप्रथा, रुढीवादी संस्कार र अन्धविश्वासमाथि निर्मम प्रहार गर्दै कथा कृति ‘जियरा’ ले आम नागरिकका दुःख, पीडा र भोगाइहरू उद्घाटन सफल भएकाले पुरस्कृत गरिएको समाजका अध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। त्यस्तै साहित्य समाजद्वारा कर्णालीको लोकनृत्यलाई रंगमञ्चका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान दिएको भन्दै वरिष्ठ नृत्य निर्देशक कुलमान नेपालीलाई २५ हजार नगदसहितको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार, २०७७’ ...
एन.बी. अन्जान चर्चित पुस्तकहरुका लेखक अन्जानको मौसम बजारमा

एन.बी. अन्जान चर्चित पुस्तकहरुका लेखक अन्जानको मौसम बजारमा

ब्यानर समाचार, साहित्य/कला
काठमाडाैं । चलचित्र लेखक, निर्देशक तथा गजलकार एन.बी. अन्जानद्वारा लिखित गजलसङ्ग्रह “मौसम” सार्वजनिक भएको छ । कामठमाडौँको कालिकास्थान स्थित सर्वनाम थिएटरमा भाद्र १८ गते, शनिबारका दिन आयोजित ‘ग्रयाण्ड महफिल सिजन २’ का अवसरमा “मौसम” सार्वजनिक गरिएको । कवि तथा साहित्यकार बाबु त्रिपाठीको प्रस्तुतिमा सञ्चालित महफिल सिजन २ का गजलकारहरु रुपेस अन्जान, हिमाल सरोवर, रोमा लम्साल, रहस्यविक्रम चिमरिया, महफिलका प्रस्तुतकर्ता बाबु त्रिपाठी र गजलकार एन.बी अन्जानले संयुक्त रुपमा मौसम सार्वजनिक गरेका हुन् । गजलकार अन्जान सिनेमाको लेखन र निर्देशन गर्छन्, गजल लेख्छन् । चुपचाप साधनामा रहनु, हल्लाभन्दा बाहिर बस्नु गजलकार अन्जानको विशेषता हो । रातारात चर्चाको शिखर खोज्नेहरूका लागि एन.बी. एउटा उदाहरण हुन् । अन्जानको गजलमा यो तेस्रो कृति हो । 'मरुभूमि साहित्य यात्रा' गजल संग्रह, 'आहुति' गजल संग्रह, 'आधा इन्च' हा...
बिपी कोइराला साहित्य पुरस्कार घोषणा

बिपी कोइराला साहित्य पुरस्कार घोषणा

समाचार, साहित्य/कला
काठमाडौं ।  जननायक बिपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा प्रदान गर्ने बिपी साहित्य सम्मान पुरस्कार र बिपी सेनानी सम्मान पुरस्कारको घोषणा गरेको छ । रु एक लाख एक हजार राशिको यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार कृष्णप्रसाद गौतमलाई प्रदान गर्ने निर्णय गरिएको छ । ट्रस्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रस्टका सदस्य डा ध्रुवचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सो निर्णय गरेको हो । ट्रस्टले प्रतिवर्ष प्रदान गरिने रु ५१ हजार राशिको बिपी सेनानी सम्मान पुरस्कार यस वर्ष प्रजातन्त्र स्थापनाको सङ्र्घषमा महत्वपूर्ण योगदान दिने ९१ वर्षीया शान्ति कार्की (वीरगञ्ज) लाई दिने निर्णय गरेको छ । कोइरालाको १०९औँ बिपी जयन्ती, भदौ २४ गते ती सम्मान प्रदान गरिने ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए । रासस ...
मदन पुरस्कार ‘अग्नि’ ले पायाे

मदन पुरस्कार ‘अग्नि’ ले पायाे

समाचार, साहित्य/कला
काठमाडौं । प्रत्येक बर्षकाे  दिदै आइरहेको  मदन पुरस्कार डा. नवराज लम्सालको पुस्तक ‘अग्नि’ले पाउने भएकाे छ । मदन पुरस्कार गुठीको साधारण सभाले लम्सालको पुस्तक अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो। अध्यक्ष दीक्षितका अनुसार यो वर्षको जगदम्बा-श्री बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक  दुर्गाप्रसाद श्रेष्ठलाई दिने निर्णय गुठीले गरेको छ।  दुवै पुरस्कारको राशी जनही चार लाख रुपियाँ छ।  यी पुरस्कार घटस्थापनाको दिन प्रदान गरिनेछ।...