Thursday, May 2
Shadow

स्थानिय तह

जेम्सले मनायो लुम्बिनी प्रदेश स्थापना दिवस

जेम्सले मनायो लुम्बिनी प्रदेश स्थापना दिवस

समाचार, स्थानिय तह
दाङ फल्गुन ३ गते । घोराही-१३ बडहरा दाङमा अवस्थित गोदावरी इङ्लिस मिडियम स्कुल (जेम्स) ले आज एक कार्यक्रमको आयोजना गरि लुम्बिनी प्रदेश स्थापना दिवस मनाएको छ । स्थापना दिवस मनाउने र जनचेतना जगाउने उदेश्यले आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलले एकात्मक व्यवस्थाले निम्त्याएको विभेद तथा विकासमा आएको असन्तुलनलाई अन्त्य गर्ने उदेश्यले आएको संघियतालाई सबै मिलेर सफल बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोर्, लुम्बिनी प्रदेशको राजधानी दाङ घोषणा भएसँगै खुसी भएका जनता अब लुम्बिनी प्रदेश देश कै उत्कृष्ट प्रदेश भएको देख्न चाहेकाछन् । ’ गोदावरी चोकका आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालय संचालक समिति अध्यक्ष विष्णुप्रसाद दाहालले लुम्बिनी प्रदेश स्थापना दिवसको शुभकामना दिनुहुँदै प्रदेश सरकारलाई विकासको नयाँ मोडल प्रस्तुत गर्न सुझाव दिनुभयो । करिब ६०० विद्यार्थी, शिक...
लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष र  सामान्य प्रशासन मन्त्री बिच भेटघाट

लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष र सामान्य प्रशासन मन्त्री बिच भेटघाट

स्थानिय तह
कपिलवस्तु, माघ २१ कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपाल सरकारका संघिय मामिला तथा सामान्य प्रशासन मंत्री अमनलाल मोदी संग भेटघाट गरेका छन् । उपाध्यक्ष मौलाना मशहूद खां लगायत नेकपा माओबादी केन्द्र का बैकल्पिक केन्द्रीय सदस्य जीत बहादुर चौधरी, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य कमल चुदाली, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्वासे, नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला सचिव हजरत अली खान, अलताब खान , राष्ट्रीय मदरसा संघका उपाध्यक्ष शैख जैस मक्की, लगायतले कपिलवस्तुको विकासका लागि मंत्री मोदी को ध्यानाकर्षण गराएका थिए । मोदी कपिलवस्तु जिल्ला भ्रमणका क्रममा उहाँलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै मुस्लिम समुदायका विद्यार्थी हरु साउदी अरबको विश्वविद्यालय मा पढ्न निकै क...
गोदावरी स्कुलले गर्यो सहिदको सम्झना

गोदावरी स्कुलले गर्यो सहिदको सम्झना

साहित्य/कला, स्थानिय तह
  घोराही १३ बडहरास्थित गोदावरी इङ्लिश मिडियम स्कुल (जेम्स) ले एक कार्यक्रमको आयोजना गरि सहिदको सम्झना गरेको छ । सहिद दिवसको अवसरमा प्लेकार्ड र ब्यानर बोकेका करिब ४०० बिद्यार्थीहरुको र्याली बिद्यालयबाट सुरु भई बडहराको परिक्रमा गर्दै हेलो टावर अगाडिको मैदानमा पुगि सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उपमहानगर पालिका वडा नम्बर १३ का वडाध्यक्ष डुल्लुराम पोख्रेलले सहिदहरुको सम्झना गर्नु र सहिदहरुले देखाएको त्याग र बलिदानको पाठ आत्मसात गर्नु नयाँ पुस्ताको दायित्व भएको बताउनु भयो । एक दर्जन बढी बिद्यार्थीहरुले कबिता, वक्तृता तथा नाटक प्रस्तुत गरेको उक्त कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलले नेपालको सामाजिक तथा राजनितिक परिवर्तनमा लखन थापा देखि २०६२/६३ को आन्दोलन्सम्म आइपुग्दा सहिदहरुले बलिदानको इतिहास रचेको र अहिल...
काठमाडौँका सुकुम्वासी बस्ती हटाउने तयारी, ३ हजार ४९६ घरधुरी रहेको प्रारम्भिक तथ्याङ्क

काठमाडौँका सुकुम्वासी बस्ती हटाउने तयारी, ३ हजार ४९६ घरधुरी रहेको प्रारम्भिक तथ्याङ्क

ब्यानर समाचार, मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा नदी तथा खोला किनारालगायत विभिन्न ठाउँका सुकुम्वासी बस्ती हटाउने तयारी थालेको छ । वास्तविक सुकुम्वासी पहिचान गरी हटाउने तयारी थालिएको हो । समितिका सूचना अधिकारी कमल अर्यालका अनुसार वास्तविक सुकुम्वासी पहिचान गर्न अध्ययन भइरहेको छ । समितिले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कबाट काठमाडौँका २० वटा वडाका २७ स्थानमा सुकुम्वासी बस्ती रहेको खुलेको छ । समितिको तथ्याङ्क अनुसार तीन हजार ४९६ घरधुरी रहेको अर्यालले जानकारी दिए । समितिका अनुसार २० वटै वडाले समितिलाई विवरण पठाएपछि प्रक्रिया अघि बढ्नेछ । वास्तविक सुकुम्वासीहरूको व्यवस्थापन हुने पनि उनले बताए । यसअघि दुई स्थानका सुकुम्वासी बस्तीलाई पनि व्यवस्थापन गरिएको अर्यालले बताए । धोबीखोला, वाग्मती, विष्णुमती, बालाजु लगायत क्षेत्रमा सुकुम्वासी...
दशैं अवधिमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने

दशैं अवधिमा काठमाडौँ महानगरपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा दिने

ब्यानर समाचार 2, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले दशैंमा नि:शुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको हो । महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निस्शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।...
अग्लुङ्गका किसान बाँदर र बँदेलबाट पीडित

अग्लुङ्गका किसान बाँदर र बँदेलबाट पीडित

समाचार, स्थानिय तह
रमेश विश्वकर्मा गुल्मी । गुल्मीका ग्रामीण भेगका किसान बाँदर र बँदेलबाट पीडित भएका छन् । जिल्लाको पश्चिम भेगमा पर्ने मदाने गाउँपालिका –१, अग्लुङ्गका किसानले आफूहरु बाँदर र बँदेलबाट निकै पीडित भएको गुनासो गरेका हुन् । वर्ष दिन खानका लागि लगाएको खेती घरभित्र राख्ने तयारी भइरहेका बेला घरमा स्यार्न नपाउँदै बाँदर र बँदेलले हानि नोक्सानी गरिदिएको अग्लुङ्गका किसानको गुनासो छ । पाकेको खेती बाँदर र बँदलले नष्ट गरिदिने भएपछि आफूहरु पीडित हुनेगरेको कृषक विष्णु चन्दले बताउनुभयो । दुर्गम भेगमा रहेका किसानसँग अन्तरक्रिया गरी उनीहरुको समस्या पहिचान गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र गुल्मीले अग्लुङ्गमा आयोजना गरेको कार्यक्रममा त्यहाँका किसानले सो गुनासो गरेका छन् । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले किसानले उठाएका विषयवस्तु र जिज्ञासाको समाधान गर्दै परम्परागत कृषि प्रणालीमा सु...
पाल्पाका २९ मतदान स्थल अति संवेदनशील

पाल्पाका २९ मतदान स्थल अति संवेदनशील

ब्यानर समाचार, स्थानिय तह
रेखीराम राना पाल्पा  । जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदान स्थललाई सुरक्षा संवेदनशील सूचीमा राखेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले मतदान केन्द्रको वर्गीकरण गरेको हो । निर्वाचनका लागि पाल्पामा कुल ११८ मतदान केन्द्र र २४६ मतदानस्थल कायम गरिएको छ । समितिले जिल्लाभरका २९ वटा मतदानस्थल सुरक्षाका दृष्टिले अतिसंवेदनशील सूचीमा राखेको छ । त्यस्तै, ५० वटालाई संवेदनशील र ३९ वटालाई सामान्यमा राखेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । भौगोलिक विकटता, मतदाताको अवस्था र मतदान केन्द्रको दूरी, सुरक्षा केन्द्रसम्मको पहुँचलाई ध्यानमा राखेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रजिअ पन्तले जानकारी दिनुभयो । निस्दी, माथागढी, रैनादेवीछहरा, तिनाउ, रामपुर नगरपालिकाका स्थानमा रहेका मतदान केन्द्र अति संवेदनशील छन् । नगरभित्रकै प...
‘फुटपाथ खाली गर्ने कुरामा पर्व विशेषका नाममा लचिलो हुन्नौँ’ : बालेन

‘फुटपाथ खाली गर्ने कुरामा पर्व विशेषका नाममा लचिलो हुन्नौँ’ : बालेन

ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्। ‘सडकमा पैदल यात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ। सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिबद्धता हो,’ शाहले भनेका छन्,‘यो कायम छ। यसै गरी सहरी सरसफाइलाई पूर्ण सरसफाइसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउनेजस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छौँ।’ महानगरको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिमा नै ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सह...
सप्तकोसीमा जेटबोट सञ्चालनमा

सप्तकोसीमा जेटबोट सञ्चालनमा

समाचार, स्थानिय तह
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका र चार छोटो दूरीका जेटबोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयो । हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको पौडेलले जानकारी दिनुभयो । दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हाल...
कर्णालीमा पेट्रोलियम भन्डारण गृह निर्माणमा ढिलाइ

कर्णालीमा पेट्रोलियम भन्डारण गृह निर्माणमा ढिलाइ

समाचार, स्थानिय तह
कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको भन्डारण क्षमता बढाउने योजनाले गति लिन सकेको छैन । बजेट अभाव, जग्गा पहिचान एवं प्राप्ति प्रक्रियामा ढिलाइ हुँदा सुर्खेतमा पेट्रोलियम पदार्थको भन्डारण गृह निर्माण योजना अघि बढ्न नसकेको हो । सङ्घीय सरकारले पछिल्ला वर्षका नीति तथा कार्यक्रम र बजेटमा समावेश गरे पनि यस योजनाले मूर्तरूप लिन सकेको छैन । नेपाल आयल निगमको सुर्खेतमा प्रादेशिक कार्यालय भए पनि भन्डारण डिपो छैन् । जसले गर्दा निगमले नेपालगञ्जबाट ट्याङ्करमा इन्धन आपूर्ति गर्दै पम्पलाई सिधै वितरण गर्ने गर्दछ । निगमका प्रादेशिक कार्यालय प्रमुख राजकुमार केसीले कर्णाली प्रदेशमा भन्डारण डिपोको अति आवश्यकता रहेको बताए । “अन्य सबै प्रदेशमा भन्डारण डिपो छन्, तर कर्णालीमा छैन”, उनले भने, “यहाँ डिपो नहुँदा पटक–पटक पेट्रोलियम पदार्थको अभाव हुने गरेको छ ।” हाल वीरेन्द्रनगरस्थित निगमको नाममा रहेको १८ कट्ठा क्...