Thursday, May 2
Shadow

मुख्य समाचार

दाङको समृद्धि नै आफ्नो अभिष्ट रहेकाले सबैसँग परामर्श गरेर अघि बढ्ने

दाङको समृद्धि नै आफ्नो अभिष्ट रहेकाले सबैसँग परामर्श गरेर अघि बढ्ने

मुख्य समाचार
नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं दाङ निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य रेखा शर्माले नेकपा एमालेका महासचिव एवं आफ्ना निकटतम प्रतिद्वन्दी शंकर पोख्रेलसँग शिष्टाचार भेट गर्नुभएको छ । शर्मा पोख्रेलको निवास पुगेर शुक्रवार बेलुका भेटवार्ता गर्नुभएको हो । उहाँले दाङको समृद्धि नै आफ्नो अभिष्ट रहेकाले सबैसँग परामर्श गरेर अघि बढ्ने बताउनुभयो । ‘तपाइँ हाम्रो अभिभावक हो, संयोगले हामी एकैसाथ चुनाव लड्ने अवस्था बन्यो र मैले चुनाव जितें’– शर्माले पोख्रेलले भन्नुभयो– ‘जीतहार जे भए पनि दाङको समृद्धिको लागि तपाइँको राय सुझाव र मार्गनिर्देशन अपहरिहार्य हुनेछ । जनादेशअनुसार म राजकीय पदमा पुगे पनि तपाइँ पनि सँगै हुनुहुन्छ भन्ने बुझेकी छु, तपाइँका चुनावी एजेण्डा अब मेरा पनि हुनेछन् । दाङको समृद्धिका लागि तपाइँसँग सल्लाह गरेर नै काम गर्नेछु ।’ यसअघि पनि दाङका महत्वपूर्ण विकास एजेण्डाम...
विश्वकप सधैँका लागि मेरो हो, म नै असली विजेता : ग्याजानिगा

विश्वकप सधैँका लागि मेरो हो, म नै असली विजेता : ग्याजानिगा

खेलकुद, मुख्य समाचार
सन् १९७१ मा विश्वकपका आयोजकहरुले आफ्नै कप भन्नै पाएनन्। १ वर्षअघि मात्रै पेलेको ब्राजिलले तेस्रोपटक विश्वकप जितेको थियो। यसको अर्थ उनीहरुले नै ट्रफी आफैँसँग राख्न पाए। मेक्सिको सिटीको अज्टेका स्टेडियममा ब्राजिलका कप्तान कार्लोस अल्बर्टोले ट्रफी उचालेका थिए। विजेताले चार वर्षका लागि त्यसअघि टाइटल राखेको थियो तर त्यो अब घरमै आउँदै थियो। त्यो ट्रफी १४ इन्च अग्लो थियो। सुनको लेपन गरिएको त्यसमा विजयकी प्रतीक मानिने ग्रिक देवी नाइक आफ्नो टाउकोमा अष्टभुज कप बोकेर उभिएकी थिइन्। यसको नामकरण फिफाका पूर्वअध्यक्ष ज्युल्स रिमेटको नामबाट गरिएको थियो। यो ट्रफी सुरुमा सन् १९३० को विश्वविजेता उरुग्वेलाई प्रदान गरियो। सन् १९३४ र ३८ मा इटालीले जिते पनि दोस्रो विश्वयुद्धका कारण नाजीको हातबाट जोगाउन यसलाई जुत्ता राख्ने बाकसमा लुकाइएको थियो।   पुरानो ट्रफी ज्युल्स रि...
अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता

अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता

मुख्य समाचार, विश्व
एजेन्सी ।  अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता भएको छ। टर्कीको राजधानी अंकारामा सोमबार भएको वार्तामा युक्रेनमा रुसले गर्न सक्ने रासायनिक आक्रमण र रुसमा बन्धक बनेका अमेरिकी बन्दीसहितका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।   अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक विलियम बर्न र उनका समकक्षी सर्गेइ नार्यश्किनबीचको वार्ता अमेरिकी प्रयासले भएको हो।  रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलोपटक दुई देशका उच्च अधिकारीबीच वार्ता भएको हो।  सन् २००५ देखि २००८ सम्म रुसका लागि अमेरिकी राजदूत रहिसकेका बर्न र उनका समकक्षीबची युद्ध अन्त्यको प्रयासस्वरूप वार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।...
जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्छुः प्रधानमन्त्री देउवा

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्छुः प्रधानमन्त्री देउवा

मुख्य समाचार, राजनिती
मध्यबिन्दु  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे। पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।   पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार छन्। देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिए। रासस...

किष्ट अस्पतालमा डेढ वर्षमा ५१ जनाको मृगौलाको सफल प्रत्यारोण

मुख्य समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा बर्षेनी ३ देखि ४ सय जना मृगौलाका नयाँ बिरामी थपिन्छन् र उपचारका लागि भौतारिँदा भौतारिदै कतिको मृत्यु हुन्छ भने कति विदेशिन बाध्य छन् । यस्ता पिडादायि क्षण विशेष गरि बैदेशिक रोजगारिमा गएर फर्किएका अर्थात खानपानमा ध्यान नदिने र बंशाणुगत रुपमै समस्या भएका परिवारका ३० देखि ४० बर्षका युवा जनशक्तिमा बढी रहेकोछ । नेपालकै जेठो वीर अस्पताल, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, महाराजगंज र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा सरकारले आर्थिक रुपमै सहयोग गरि मृगौला प्रत्यारोपण हुन्छ । तर यतिले मात्र बिरामीको चाप धान्न नसकेको अवस्थामा १ बर्ष ७ महिना अघि किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले नीजी क्षेत्रको अस्पतालमा मृगौला प्रत्यारोपणको थालनी गरेकोमा ५१ जनाको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । किष्ट अस्पतालले मृगौला प्रत्यारोपणका लागि अस्पतालमा दक्ष ज...
कोभिड-१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न आग्रह

कोभिड-१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न आग्रह

ब्यानर समाचार, मुख्य समाचार
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण कायम रहेकाले चुनाव केन्द्रित गतिविधि गर्दा र सहभागी हुँदा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयले कोभिड-१९ को जोखिम कायम रहेकाले सङ्क्रमणबाट बच्न भिडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले चुनाव केन्द्रित कार्यक्रमहरुमा भिडभाड गर्दा कोभिड-१९ को सङ्क्रमण दर बढ्नसक्ने बताउनु भयो । उहाँले देशमा कोभिड सङ्क्रमण दर धेरै नभए पनि सङ्क्रमणको अवस्था भने यथावत् रहेको उल्लेख गर्नुभयो । उहाँले भिडभाड बढी हुँदा अन्य प्रकारका सङ्क्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी अपनाउनु जरुरी रहेको बताउनु भयो । डा. अधिकारीले कोभिड-१९ विरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भिडभाड हुने ठाउँमा नजान पनि आग्रह गर्नु...
मुलुकको समृद्धि र संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धनः प्रवक्ता डा. महत

मुलुकको समृद्धि र संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धनः प्रवक्ता डा. महत

ब्यानर समाचार, मुख्य समाचार
महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताउनुभएको छ । प्रवक्ता महतले भन्नुभयो, संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले नेकपाले आफ्नै पार्टीलाई पनि जोडेर राख्न नसकेकाले देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताउनुभयो । उहाँले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानमार्फत अघि बढ्...
‘विविध आयाम’ लोकर्पण

‘विविध आयाम’ लोकर्पण

मुख्य समाचार, साहित्य/कला
काठमाडौँ । लेखक कपिल लोहनीको दोस्रो कृति ‘विविध आयाम’ लोकर्पण भएको छ।  नेपाल सांस्कृतिक केन्द्र, कालिकास्थान, काठमाडौँमा लेखक, कवि, साहित्यकार एवं राजनीतिक तथा सामाजिक अभियन्ताहरूको उपस्थितिमा पुस्तक लोकर्पण गरिएको हो। विकास, वातावरण, समाज र संस्कृतिका बारेमा लेखिएका २० वटा आलेख रहेको पुस्तकमा यो क्षेत्रमा विगतमा भएका कामका साथै खासगरी २००७ सालपछि नेपालले कुन–कुन क्षेत्रमा कस्तो प्रगति हासिल ग¥यो र के कस्ता क्षेत्रमा नेपाल अभैm पनि पछि परेको छ तथा नेपालले समग्र विकासका निम्ति के कस्ता उपाय अवलम्बन गर्नुपर्छ भन्ने कुरा सरल भाषामा प्रस्तुत गरिएको छ। पुस्तकको भूमिकामा पुस्तकलाई सकेसम्म सबै उमेर समूहले बुझ्ने बनाउन सरल भाषा र शब्द प्रयोग गरिएको उल्लेख गरिएको छ। पुस्तकमा नेपालमा शिक्षाको विकासदेखि स्वास्थ्य, कृषि, नागरिक उड्डयन, समाज, सामाजिक सुरक्षा, बालश्रम, वातावरण, वनजङ्गलको संरक्षण, मौस...
निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक

ब्यानर समाचार, मुख्य समाचार
काठमाडौँ । नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले त्यसरी निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न निर्वाचन (पहिलो संशोधन) आचारसंहिता, २०७९ ले रोक लगाएको छ । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । संशोधित आचारसंहिता बमोजिम निर्वाचनमा आफै उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प...
विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

मुख्य समाचार
तनहुँ  । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन्।  फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्षपहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ।   फलामलाई आकार दिन घन हान्न बलियो मानिस चाहिने भएकाले विकल्पका रूपमा स्वचालित घन बनाएको उनले बताए।  ‘फलाम गाल्न घन हान्नुपर्दा दुई जना चाहिने भयो,’ आरानमा घरेलु औजार बनाउँदै गरेका रामलालले भने, ‘दिन रात उपाय खोजेँ र यो मेसिन बनाएँ।’ मेसिन बनाउन रामलालले मोटर, नट बोल्ट, चेन, पुल्ली, घिर्नी, फलामका पाता र काठको प्रयोग गरेका छन्। मेसिन बनाउन ३० हजारको सामान खरिद गरेको उनले बताए।  युट्युब हेरेर बनाएको सो मेसिन तेस्रो पटकको प्रयासमा सफल भएको उनले जानकारी दिए। फलामलाई पातलो बनाउन दुई वर्षदेखि विश्वकर्माले सो मेसिन नै प्रयोग गर्दै...