Thursday, April 25
Shadow

गोदावरी स्कुलले गर्यो सहिदको सम्झना


  • -इ
  • इ+

 

घोराही १३ बडहरास्थित गोदावरी इङ्लिश मिडियम स्कुल (जेम्स) ले एक कार्यक्रमको आयोजना गरि सहिदको सम्झना गरेको छ ।

सहिद दिवसको अवसरमा प्लेकार्ड र ब्यानर बोकेका करिब ४०० बिद्यार्थीहरुको र्याली बिद्यालयबाट सुरु भई बडहराको परिक्रमा गर्दै हेलो टावर अगाडिको मैदानमा पुगि सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उपमहानगर पालिका वडा नम्बर १३ का वडाध्यक्ष डुल्लुराम पोख्रेलले सहिदहरुको सम्झना गर्नु र सहिदहरुले देखाएको त्याग र बलिदानको पाठ आत्मसात गर्नु नयाँ पुस्ताको दायित्व भएको बताउनु भयो ।

एक दर्जन बढी बिद्यार्थीहरुले कबिता, वक्तृता तथा नाटक प्रस्तुत गरेको उक्त कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सिपल हरिप्रसाद पौडेलले नेपालको सामाजिक तथा राजनितिक परिवर्तनमा लखन थापा देखि २०६२/६३ को आन्दोलन्सम्म आइपुग्दा सहिदहरुले बलिदानको इतिहास रचेको र अहिलेको पुस्ताले परिवर्तनको रक्षा गर्नुपर्ने बताउनु भयो ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्