Thursday, May 2
Shadow

आमाको भनाई


  • -इ
  • इ+


-भगवता गौतम

मिलेर बस भन्छिन् आमा मेरी
किन यो झगडा सन्तान बिचमा फेरी
एकले अर्कालाई सधैं माया गर
मित्रता राखि तिमी अघी बढ़।
साझा हो काख छोराछोरी बस
गङ्‌गटा जस्तै बनेर नबस
बारम्बार यहि भन्छिन आमा मेरी
किन यो झगडा सन्तान बिचमा फेरी ।।।

कमाइमा आफ्नो रमाएर बाँच
नगर बेर्थे तिमी लोभ पाप
नयाँ कुराको आबिष्कार गर
पराईको भरमा कहिल्यै नपर
मेहनती बन भन्छिन् आमा फेरी
यो झगडा सन्तान बिचमा फेरी ।।।

कति छ कति छाती भित्र पिर
बुझ्ने छौ आफै नियालेर हेर
गाहो भो धेरै अब शन्ति देऊ
यो माटो लाई नयाँ क्रान्ति देऊ
रोयर यस्तो भन्छिन आमा मेरी
किन यो झगडा सन्तान बिचमा फेरी ।।।

हरियालीले चारै तिर भर
तिमीले चाहे नहुने के छर ।
आउनेछ खुसि तिमीले हेर्न चाहे
फेरिन्छ यो युग तिमीले फेर्न चाहे
उत्साहि पार्दै भन्छिन् प्यारी आमा मेरी
किन यो झगडा सन्तान बिचमा फेरी ।।।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्