Monday, April 29
Shadow

खेलकुद

कतार विश्वकप : कस्तो हुनेछ एसियाली चुनौती ?

कतार विश्वकप : कस्तो हुनेछ एसियाली चुनौती ?

खेलकुद, ब्यानर समाचार 2
दोहा । कतार विश्वकपमा एसियाबाट कीर्तिमान ६ टिमको प्रतिनिधित्व हुनेछ । फेरि एकपल्ट विश्वकप एसियामै हुँदै छ । त्यसैले एसियाली फुटबल समर्थकको कामना हुनेछ, कुनै टिमले सन् २००२ मा दक्षिण कोरियाले जस्तै सेमिफाइनल वा त्यसभन्दा माथिको यात्रा तय गरोस् । दक्षिण कोरियाको त्यस ऐतिहासिक प्रदर्शनको २० वर्षयता कुनै पनि एसियाली टिमले त्यस छेउछाउको प्रदर्शन गर्न सकेका थिएनन् । त्यतिबेला गुस हिडिंकको कोरियाली टिमले पोर्चुगल, इटाली र स्पेनको चुनौती काट्दै आफ्नै घरेलु मैदानमा भएको प्रतियोगिताको अन्तिम चारसम्मको अविश्वसनीय यात्रा तय गरेको थियो । यसपल्ट आयोजक कतारसँगै जापान, दक्षिण कोरिया, साउदी अरेबिया, इरान र अस्ट्रेलियाले एसियाली चुनौती पेस गर्नेछन् । उनीहरू सबैको समान उद्देश्य रहनेछ, प्रतियोगितामा आफ्नो प्रदर्शन पछिसम्म सम्झिने गरेर छाप छाड्न सकियोस् । तर, यसका लागि कडा मिहिनेत चाहिनेछ । सन् २०...
विश्वकप सधैँका लागि मेरो हो, म नै असली विजेता : ग्याजानिगा

विश्वकप सधैँका लागि मेरो हो, म नै असली विजेता : ग्याजानिगा

खेलकुद, मुख्य समाचार
सन् १९७१ मा विश्वकपका आयोजकहरुले आफ्नै कप भन्नै पाएनन्। १ वर्षअघि मात्रै पेलेको ब्राजिलले तेस्रोपटक विश्वकप जितेको थियो। यसको अर्थ उनीहरुले नै ट्रफी आफैँसँग राख्न पाए। मेक्सिको सिटीको अज्टेका स्टेडियममा ब्राजिलका कप्तान कार्लोस अल्बर्टोले ट्रफी उचालेका थिए। विजेताले चार वर्षका लागि त्यसअघि टाइटल राखेको थियो तर त्यो अब घरमै आउँदै थियो। त्यो ट्रफी १४ इन्च अग्लो थियो। सुनको लेपन गरिएको त्यसमा विजयकी प्रतीक मानिने ग्रिक देवी नाइक आफ्नो टाउकोमा अष्टभुज कप बोकेर उभिएकी थिइन्। यसको नामकरण फिफाका पूर्वअध्यक्ष ज्युल्स रिमेटको नामबाट गरिएको थियो। यो ट्रफी सुरुमा सन् १९३० को विश्वविजेता उरुग्वेलाई प्रदान गरियो। सन् १९३४ र ३८ मा इटालीले जिते पनि दोस्रो विश्वयुद्धका कारण नाजीको हातबाट जोगाउन यसलाई जुत्ता राख्ने बाकसमा लुकाइएको थियो।   पुरानो ट्रफी ज्युल्स रि...
युएईले नेपालसामू १९२ रनको लक्ष्य पेश

युएईले नेपालसामू १९२ रनको लक्ष्य पेश

खेलकुद, ब्यानर समाचार
काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा युएईले नेपालसामू १९२ रनको लक्ष्य पेश गरेको छ । सोमपाल कामी र ललित नारायण राजवंशीले ३–३ विकेट लिएपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको युएई टिम ४३.२ ओभरमा १९१ रनमा अलआउट भयो । युएईका लागि ओपनर मोहम्मद वासिमले सर्वाधिक ५० रन बनाए । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । वासिमले वृत्य अरविन्दसँग मिलेर ७२ रनको सुरुवाती साझेदारी गरेका थिए । १२औं ओभरको अन्तिम बललमा दीपेन्द्रसिंह ऐरीले अरविन्दलाई २५ रनको स्कोरमा आउट गरेपछि युएईको विकेट पतन सुरु भएको हो । युएईविरुद्ध एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलोपल्ट बलिङ गरेका कुशल भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय विकेटसमेत लिए । २४औं ओभरको पहिलो बलमा कुशलले युएईका कप्तान सिपी रिजवानलाई २२ रनको स्कोरमा आउट गरेका हुन् । युएईका लागि अलिसन सराफुले ३५, विष्णु सुकुमरनले १५ र बसिल...
मैत्रीपूर्ण  खेल्न नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त

मैत्रीपूर्ण खेल्न नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त

खेलकुद, समाचार
काठमाडौं । पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टीम बन्द प्रशिक्षणमा व्यस्त भएका छन् । नेपाली राष्ट्रिय फुटबल टीमले सोमबार ललितपुरको सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा प्रशिक्षण गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते बुधबार हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । खेलका लागि पाकिस्तानको राष्ट्रिय फुटबल टिम नेपाल आईपुगेका छन् । पाकिस्तानी टोली आइतबार राति नेपाल आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।नेपालसँगको खेलका लागि  पाकिस्तानले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको थियो । नेपाल र पाकिस्तानबीच हुने एक मैत्रीपूर्ण खेलको टिकट विभिन्न डिजिटल वालेट कम्पनि खल्ती, इसेवा र आईएमई पे बाट किन्न सकिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामान्य प्यारापिटतर्फ ५ सय , भिआइपीतर्फ १ हजार र ५ हजारको टि...
प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

खेलकुद, समाचार
काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप प्रतियोगितामा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो । कर्णाली प्रदेशका लागि अर्जुन घर्तीले सर्वाधिक ७० रनको योगदान दिए । ९६ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गर्दै ७० रनको योगदान दिएका हुन् । त्यसैगरी सुवास ऐरले २४ रन बनाए भने हिमांशु शाहीले १२ रन जोडे । प्रकाश जैशीले ९ तथा दीपेन्द्र रावतले ८ रन बनाए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशी एक्लैले चार विकेट लिए भने हेमन्त धामीले तीन विकेट लिए । त्यस्तै गजेन्द्र बोहोराले दुई विकेट लिँदा मिलन बोहोराले एक विकेट झारे । सुदूरपश्चिम अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।...
सुरेन राणाले सातौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि जित्याे

सुरेन राणाले सातौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि जित्याे

खेलकुद, समाचार
काठमाडाैं । सुरेन राणाले सातौं संस्करणको लक्ष्मी बैंक ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार उनले किशोर बस्नेतसँग ४० स्टेबलफोर्ड पोइन्टमा बराबरी भएपनि काउन्ट ब्याक प्रणालीमा राणाले ब्याक नाइन होलमा २३ अंक ल्याए भने बस्नेतले २० अंक हात पारे । प्रतियोगितामा बस्नेत उपविजेता भए । लेफ्टिनेन्ट कर्णेल निश्चयजंग रायमाझीले ३७ ग्रोस अंक बनाएर उत्कृष्ट ग्रसको अवार्ड जिते । महिलातर्फ गीता गुरुङ ३० अंकसहित विजयी भइन् । महेन्द्र मैनाली ३६ अंकका साथ सिनियर (६० वर्ष र माथि) विजेता बने । लक्ष्मी बैंकका ग्राहकमध्ये आङ दोर्जी शेर्पा ३७ अंकका साथ विजयी भए । आइस्टिना टण्डनले ४१ अंक जोड्दै जुनियर ट्रफी जितिन् । क्याप्टेन नोर्बु शेर्पाले सबैभन्दा लङ ड्राइभ, मिथुन राईले सबैभन्दा क्लोजेस्ट टू दी पिन र वाङ्चेन धोन्डुपले सबैभन्दा मस्ट बर्डीको अवार्ड पाए । प्रतियोगितामा कुनै पनि गल्...
पाकिस्तान सेमिफाइनलमा प्रवेश

पाकिस्तान सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
एजेन्सी । पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । एडिलेडमा बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछ्याएको पाकिस्तनले १९ ओभर १ बलमा ५ विकेट गुमाउँदै १२८ रन बनायो । पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । पाकिस्तानले ५ खेलबाट ६ अंक जोड्यो । दोस्रो स्थानमा रहेको भारतको पनि समान अंक छ । अब भारत र जिम्बावे बीचको खेलपछि सेमिफाइनलमा कुन टिमसँग प्रतिस्पर्धा गर्ने भन्ने तय हुनेछ । पाकिस्तानका लागि सर्वाधिक मोहम्द रिजवानले ३२ रनको योगदान गरे । त्यस्तै मोहम्द हरिसले ३१ रन बनाउँदा कप्तन बाबर आजमले २५ रनको योगदान गरे । बलिङतर्फ बंगलादेशका लागि नसुम अहमद, मुस्तफिजुर रहमान, साकिब अल हसन र इबादोत हुसेनले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ...
सम्पूर्ण खेल जगतकै सर्वश्रेष्ठ विश्वकप फुटबलको इतिहास यस्ताे छ ?

सम्पूर्ण खेल जगतकै सर्वश्रेष्ठ विश्वकप फुटबलको इतिहास यस्ताे छ ?

खेलकुद, समाचार
काठमाडौं ।  विश्वकप फुटबल प्रतियोगिता फुटबल खेलको मात्र नभई सम्पूर्ण खेल जगतकै सर्वश्रेष्ठ तथा ठूलो प्रतियोगिता हो । यस प्रतियोगिताको प्रतिष्ठा, प्रसिद्धता र दर्शकको कौतूहलतालाई हेर्ने हो भने ओलम्पिक खेलकूदले मात्र यससँग प्रतिस्पर्धा गर्न सक्ने ठम्याइ छ । यस पटक कतारमा आगामी मंसीर ४ गते हुने विश्वकप २२ औं संस्करणको हो । विश्वकप प्रतियोगिताको कल्पना सन् १९०४ मा फिफा (विश्व फुटबल महासंघ) को स्थापनाकालसँगै भएको थियो । तर, यसको आयोजना हुन २६ वर्षको लामो समय लागेको थियो । विश्वकप शुरु हुन अघि ओलम्पिक खेलकूदको फुटबलमा विजयी हुने राष्ट्रलाई विश्व च्याम्पियनको रुपमा लिइन्थ्यो । यो पहिलो विश्वकपको शुरुवात हुनु अगाडिसम्म ठिक सावित पनि भयो । ओलम्पिक खेलकूदको विजेता राष्ट्रलाई विश्व च्याम्पियनको रुपमा लिए तापनि सन् १९२० को ओलम्पिक विजेता राष्ट्र बेल्जियमबाहेक अन्य राष्ट्रले सो सम्मान पाउनु योग्य थ...
आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकाले

आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकाले

खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ । यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ । ...
ट्वान्टी-२० विश्वकप : आज अस्ट्रेलिया र इङ्गल्यान्ड भिड्दै

ट्वान्टी-२० विश्वकप : आज अस्ट्रेलिया र इङ्गल्यान्ड भिड्दै

खेलकुद, टिप्स, ब्यानर समाचार 2
काठमाडौँ- आइसिसी ट्वान्टी-२० विश्वकपमा आज (शुक्रबार) इङ्गल्यान्डले साविक विजेता अस्ट्रेलियासामु चुनौती प्रस्तुत गर्दै छ । सुपर-१२ समूह-१ का यी दुई टिमले प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ । समूहमा दुई खेलबाट दुई अङ्क जोडेको इङ्गल्यान्ड चौथो स्थानमा छ । समान खेलबाट दुई अङ्क जोडेको अस्ट्रेलिया पाँचौँ स्थानमा छ । दुईमध्ये एक खेलमा हार बेहोरेका कारण आज दुवै टिम सेमिफाइनल सम्भावनालाई कायम राख्न जित्नुपर्ने दबाबका साथ मैदान उत्रँदैछन् । वर्षाका कारण मेलबर्नमा आज हुने भनिएको अफगानिस्तान र आयरल्यान्डबीचको खेल टससमेत नभई रद्द भएपछि यी दुई टिमबीचको खेलमा पनि वर्षा बाधक बन्न सक्ने देखिएको छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । अस्ट्रेलिया र इङ्ल्यान्...