Thursday, May 2
Shadow

दुर्घटना

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

दुर्घटना, समाचार
तेह्रथुम । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो भोटेले जानकारी दिनुभयो । सदरमुकाम म्याङ्लुङबाट ओयाक्जुङ फर्किने क्रममा को २१प ४२२८ नंको मोटरसाइकल दुर्घटना परेको थियो । म्याङलुङस्थित दशगते उद्यानमा मोटरसाइकल अनियन्त्रित भई सडकको पिलरमा ठोक्किएपछि घाइते भएका लिम्बूको उपचारका लागि धरान लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।...
बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दुर्घटना, समाचार
हुम्ला । बुधबार नाम्खा गाउँपालिका –५ यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते हुनुभएको छ । सिमकोटबाट यारीका लागि गएको बा. १८ च १४१७ नम्बरको बोलेरो जिप बिहान करिब ११ बजेको समयमा दुर्घटना भएको थियो । प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बुका पाल्बाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र चालकसहित दुई जता घाइते भएको बताउनुभयो । दुर्घटनामा परी मृत्यु हुनेमा नाम्खा गाउँपालिका –५ यारी गाउँका २८ वर्षीय कुुङ्गा तान्जेन लामा रहेको बताउनुभयो । तामाङको घटनास्थलमै मृत्यु भएको हो । त्यसैगरी दुई जना घाइते हुनेमा नाम्खा गाउँपालिका –५ यारी गाउँका ३१ वर्षीय जिग्मे तामाङ, चालक नाम्खा गाउँपालिका –१ हेक्पा गाउँका २२ वर्षीय कुन्जोक लामा रहनुभएको छ । चालक लामा सामान्य घाइते हुनुभएको प्रहरीको भनाइ छ । स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले...
झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला रुखमा ठोक्किएका बालकको मृत्यु

झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला रुखमा ठोक्किएका बालकको मृत्यु

दुर्घटना, समाचार
काठमाडौं । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेको बेला काठमाडौंको लाजिम्पाटस्थित रुखमा ठोक्किएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन् । हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए । उनको टाउको लाजिम्पाटस्थित सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दाहालको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट ३ जना घाइते भएका छन् । बागमती प्रदेश–०२–०१६ प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुरको गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय द...
दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

दाङका तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति

दुर्घटना, ब्यानर समाचार, मुख्य समाचार
घोराही- घोराही–१५ सहित उमेशमार्ग रहेका तीन फर्निचर उद्योगमा गए राति विद्युत् चुहावट हुँदा आगलागी भएको छ । न्यू दाजुभाइ फर्निचर , दाजुभाइ फर्निचर  र स्टार दाजुभाइ फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । लहरै सँगै रहेका तीन फर्निचरमा एउटाबाट अर्कोमा आगो सल्किएको बताइएको छ । तीनजना दाजुभाइले सञ्चालन गरेको फर्निचर उद्योगमा सबै जलेर खरानी भएको छ । बिहान करिब १ बजे लागेको आगो बिहान ७ बजे नियन्त्रणमा आएको छ । घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेश पाण्डेले घोराहीको, तुलसीपुर र लमहीको  दमकलले आगो नियन्त्रण ल्याएको जानकारी दिए । महेश शर्माको फर्निचर उद्योगबाट बिहान पौने १ बजे लक्ष्मी पूजाको झिलिमिली विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय टोलवासीले आगो नियन्त्रणमा ल्याउन सहयोग गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्र...
दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दुर्घटना, समाचार
काठमाडौं  । झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो। सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ।  दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक  झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला  र छोरी  प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको हो। घाइते दुई जनाको अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ।...
हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेकाे  मोटरसाइकलले  ठक्कर दिदा ४ बर्षिय बालकको मृत्यु

हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेकाे मोटरसाइकलले ठक्कर दिदा ४ बर्षिय बालकको मृत्यु

दुर्घटना, समाचार
दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनीका केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेका छन् । हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकलले शुक्रबार साढे चार बजे ठक्कर दिँदा बालक घाइते भएका थिए । घाइते बालकको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ । ...
तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

तरकारी बोकेको मिनी ट्रक दुर्घटना हुँदा दुई जना घाइते

दुर्घटना, समाचार
भरतपुर । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनी ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको छ । गए राति धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र ३–०१–००६ ख १३८२ नं। को मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दीपेश तामाङ टाउकामा चोट लागेको छ । घाइते तामाङको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उहाँले बताउनुभयो । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनी ट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । रासस...
इन्डोनेसियाकाे हिंसात्मक फुटबलमा १ सय २९ को मृत्यु

इन्डोनेसियाकाे हिंसात्मक फुटबलमा १ सय २९ को मृत्यु

खेलकुद, दुर्घटना, समाचार
काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको छ । जाभा प्राप्त स्थित कन्जुरुहान रंगशालामा भएको इन्डोनेसियाको शीर्षलिग फुटबल अन्तर्गत अरेमा र पर्सेबाया सुराबायाबीचको खेलपछि भड्किएको हिंसामा परी एक सय २९ जनाको मृत्यु भएको हो । साथै हिंसामा परी एक सय ८० जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । खेलमा अरेमा ३-२ गोलले पराजित भएको थियो । आफ्नो टोली पराजित भएपछि समर्थकहरु मैदानमा उत्रिएर एक अर्कामा हिंसात्मक गतिविधिमा उत्रिएका थिए । त्यसपछि हिंसालाई नियन्त्रण लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा भागदौड हुँदा ३४ जनाको रंगशालामै र बाँकीको अस्पतालमा मृत्यु भएको हो । घटनापछि इन्डोनेसिया फुटबल संघले लिग वान फुटबल एक हप्ताको लागि स्थगित गरेको जनाएको छ । एजेन्सी...
ओरालोमा अनियन्त्रित भई बस पल्टिँदा ४२ जना घाइते

ओरालोमा अनियन्त्रित भई बस पल्टिँदा ४२ जना घाइते

दुर्घटना, ब्यानर समाचार, समाचार
दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टाको ओरालोमा अनियन्त्रित भई पल्टिँदा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमका अनुसार गम्भीर घाइते लमही नगरपालिका–८ बस्ने २६ वर्षका दीपककुमार चौधरीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको दाङकै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गाडीको ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते

सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते

दुर्घटना, ब्यानर समाचार
दाङ- सल्यानमा मन्दिर जान लागेको जिप दुर्घटना भएको छ। जिल्लाको खैराबाङ मन्दिर दर्शन गर्न यात्रु लिएर  गएको जिप दुर्घटना हुँदा दुई जनको मृत्यु  भएको छ भने १७ जना घाइते भएक छन्। सल्यानको कुमाख गा.पा.७ जिमाली डुमकोटबाट शारदा न.पा.११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्न जाँदै गरेको  रा.१ ज.७९८ नं.को जिप उकालोमा दुर्घटना भएको हो। ब्याक गर्ने क्रममा सडकबाट १०० मिटर तल जिप खसेको हो। दुर्घटना  कुमाख गा.पा.  ७ डुमकोट बस्ने ३९ वर्षीय  मान ब.पुन र सोही ठाउँ निवासी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जनएको छ। अन्य  १७ जना घाइते भएका  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेको उपचार जिल्ला अस्पताल सल्यानमा भैरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।   ...