Thursday, May 2
Shadow

स्वास्थ्य

देशभरि ६ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं ।  पछिल्लो २४ घन्टामा देशभरि जम्मा ६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा गरिएको ९९० सय जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो। आज ३० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ३४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा बढी रहेको छ भने ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाईसकेका छन्।...
दादुरा फैलिने खतरा

दादुरा फैलिने खतरा

विश्व, समाचार, स्वास्थ्य
न्युयोर्क । कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले बुधवार चेतावनी दिएका छन् । दुई संस्थाहरूद्वारा जारी गरिएको संयुक्त प्रतिवेदनअनुसार सन् २०२१ मा ४ करोड बालबालिकाले दादुराको खोपबाट बन्चित भए ।  यसले कोभिड–१९ महामारीले सिर्जना गरेको बाधाहरूलाई सहयोग गरेको छ । रोयटर्ससँग कुरा गर्दै विश्व स्वास्थ्य संगठनका दादुरा प्रमुख प्याट्रिक ओ कनरले विगतका वर्षहरूको तुलनामा दादुराका बिरामीको संख्या  नाटकीय रूपमा नबढेको तर अब काम गर्ने समय आएको बताए ।  ‘हामी एउटा क्रसरोडमा छौं’ उनले टिप्पणी गरे । आगामी १२–२४ महिना धेरै चुनौतीपूर्ण हुनेछन् किनकि विश्वले दादुराको अवस्थालाई न्यून गर्ने प्रयास गरिरहेको छ।...
चाैबिस घण्टामा चारजना काेराेना संक्रमित थपिए

चाैबिस घण्टामा चारजना काेराेना संक्रमित थपिए

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो । यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।...
विश्व मधुमेह दिवस मनायाे

विश्व मधुमेह दिवस मनायाे

समाचार, स्वास्थ्य
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ विश्व मधुमेह दिवस मनाइएको छ। विश्वभरीका स्वास्थ्य संस्थाहरुले हरेक वर्ष नोभेम्बर १४ का दिन यो दिवस मनाउँछन्। प्रतिष्ठानको जेनेरल प्राक्टिस एण्ड ईमर्जेन्सी विभाग तथा इन्टर्नल मेडिसिन विभागको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको प्रारम्भमा र्‍यालीको आयोजना गरिएको थियो। प्रतिष्ठानको जीओपीडी प्राङ्गण देखि सुरु भई धरान रंगशाला पुगेर पुनः प्रतिष्ठानमा फर्किएको उक्त र्‍यालीमा प्रतिष्ठानका विभागिय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी, विद्यार्थीहरुका साथै केहि स्थानियहरु सहित गरेर २५० भन्दा बढिको सहभागिता रहेको थियो। र्‍यालीको समाप्तीपश्चात भएको मन्तव्य कार्यक्रममा विद्यार्थी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाजका प्रतिनिधिहरुले  धारणा व्यक्त गरेका थिए। यसैक्रममा प्रतिष्ठानको इन्टर्नल मेड...
अझै  चार सय ९९ जना सक्रिय संक्रमित

अझै चार सय ९९ जना सक्रिय संक्रमित

ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो । संकलित नमूनामध्ये सात सय ७२ को पिसीआर र सात सय ५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो । यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ । यसमध्ये ९८.७ कोरोनामुक्त भएका छन् । कोरोनाबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।...
काेराेना संक्रमित १६ जना थपिए

काेराेना संक्रमित १६ जना थपिए

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ८३७ जनाको पीसीआर परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १३ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितको मृत्युदर शून्य छ भने ३४ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५६३ छ ।...
दुई जना डेंगु सङ्क्रमितको मृत्यु

दुई जना डेंगु सङ्क्रमितको मृत्यु

समाचार, स्वास्थ्य
काठमाडौं  ।पछिल्लो २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा दुई जनामा डेंगु सङ्क्रमितको मृत्यु हुनुका साथै ९१४ जनामा डेंगु पुष्टि भएको छ । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या  ५१ हजार १७७ जना पुगेको भने मृतको सङ्ख्या ५७ पुगेको छ । डेंगु सङ्क्रमित घट्दो क्रममा भए पनि जोखिम कम भइनसकेको चिकित्सक बताउँछन् ।...

किष्ट अस्पतालमा डेढ वर्षमा ५१ जनाको मृगौलाको सफल प्रत्यारोण

मुख्य समाचार, स्वास्थ्य
काठमाडौं । नेपालमा बर्षेनी ३ देखि ४ सय जना मृगौलाका नयाँ बिरामी थपिन्छन् र उपचारका लागि भौतारिँदा भौतारिदै कतिको मृत्यु हुन्छ भने कति विदेशिन बाध्य छन् । यस्ता पिडादायि क्षण विशेष गरि बैदेशिक रोजगारिमा गएर फर्किएका अर्थात खानपानमा ध्यान नदिने र बंशाणुगत रुपमै समस्या भएका परिवारका ३० देखि ४० बर्षका युवा जनशक्तिमा बढी रहेकोछ । नेपालकै जेठो वीर अस्पताल, त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, महाराजगंज र मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा सरकारले आर्थिक रुपमै सहयोग गरि मृगौला प्रत्यारोपण हुन्छ । तर यतिले मात्र बिरामीको चाप धान्न नसकेको अवस्थामा १ बर्ष ७ महिना अघि किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले नीजी क्षेत्रको अस्पतालमा मृगौला प्रत्यारोपणको थालनी गरेकोमा ५१ जनाको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । किष्ट अस्पतालले मृगौला प्रत्यारोपणका लागि अस्पतालमा दक्ष ज...
दिनभर थपिए १२ जना कोरोना संक्रमित

दिनभर थपिए १२ जना कोरोना संक्रमित

ब्यानर समाचार, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।&nbsp; स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २४ घण्टामा थप १ हजार १५० नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।&nbsp; </p>
ह्वातै घट्यो डेंगु सङ्क्रमण

ह्वातै घट्यो डेंगु सङ्क्रमण

समाचार, स्वास्थ्य
काठमाडौं । वर्षायामसँग बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेंगुको सङ्क्रमण घटेको हो । अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेंगुको सङ्क्रमण पनि कम हुँदै गएको छ । वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत मङ्गलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म छ सय २४ जनामा मात्र डेंगुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । जबकी अंग्रेजी महिना अक्टोबरमा (गत असोज १५ देखि कात्तिक १५सम्म) मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो ।...