Monday, April 29
Shadow

टिप्स

ट्वान्टी-२० विश्वकप : आज अस्ट्रेलिया र इङ्गल्यान्ड भिड्दै

ट्वान्टी-२० विश्वकप : आज अस्ट्रेलिया र इङ्गल्यान्ड भिड्दै

खेलकुद, टिप्स, ब्यानर समाचार 2
काठमाडौँ- आइसिसी ट्वान्टी-२० विश्वकपमा आज (शुक्रबार) इङ्गल्यान्डले साविक विजेता अस्ट्रेलियासामु चुनौती प्रस्तुत गर्दै छ । सुपर-१२ समूह-१ का यी दुई टिमले प्रतियोगितामा आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । अस्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट रङ्गशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ । समूहमा दुई खेलबाट दुई अङ्क जोडेको इङ्गल्यान्ड चौथो स्थानमा छ । समान खेलबाट दुई अङ्क जोडेको अस्ट्रेलिया पाँचौँ स्थानमा छ । दुईमध्ये एक खेलमा हार बेहोरेका कारण आज दुवै टिम सेमिफाइनल सम्भावनालाई कायम राख्न जित्नुपर्ने दबाबका साथ मैदान उत्रँदैछन् । वर्षाका कारण मेलबर्नमा आज हुने भनिएको अफगानिस्तान र आयरल्यान्डबीचको खेल टससमेत नभई रद्द भएपछि यी दुई टिमबीचको खेलमा पनि वर्षा बाधक बन्न सक्ने देखिएको छ । समूहबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । अस्ट्रेलिया र इङ्ल्यान्...
लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित)

लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित)

टिप्स, ब्यानर समाचार, सुचना प्रविधि
काठमाडौँ- लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ। खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ। कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्तरर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको हो। योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन भनिएको छ। हेर्नुस् सूचना : ...
बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

जिवनसैली, टिप्स, ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौँ- सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए ।...
उपत्यका बाहिर जाने सवारी साधनका लागि रुट परमिट खुला

उपत्यका बाहिर जाने सवारी साधनका लागि रुट परमिट खुला

आर्थिक, टिप्स, ब्यानर समाचार 2
काठमाडौं- दशैं, तिहारका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दशैंको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ । दशैंका समयमा बर्सेनि काठमाडौं  उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं  उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताए । काठमाडौंबाट मात्रै होइन उपत्यका बाहिरका क्षेत्रीय सहरबाट र जिल्ला सदरमुकामबाट पनि धेरै यात्रु आ-आफ्नो घर जाने गरेका छन् । कतिपय यात्रु काठमाडौं  बाहिरब...
मोबाइल प्रयोगमा ध्यान गर्नुपर्छ

मोबाइल प्रयोगमा ध्यान गर्नुपर्छ

टिप्स
आजको समय मोबाइल अत्यावश्यक बनिसक्यो । तर, यसले हाम्रो जीवनमा जोखिम पनि निम्त्याएको छ । मोबाइलले उत्पादन गर्ने रेडिएसनले मानवीय स्वास्थ्यमा असर गर्छ । त्यसका लागि हामीले मोबाइलको प्रयोग सुरक्षित रूपमा गर्नुपर्ने हुन्छ । गोजीमा नबोक्ने हामीमध्ये धेरैले गोजीमा मोबाइल राख्ने गरेका छौँ । तर, यो राम्रो होइन । किनकि, फोन प्रयोग नभएको वेला पनि यसले नजिकैको टावरमा कनेक्ट हुने प्रयास गरिरहेको हुन्छ । यसक्रममा रेडिएसन उत्पादन हुन्छ । जो हाम्रो स्वास्थका लागि घातक छ । सिरानीमुनि नराख्ने कहिलेकाहीँ ब्याट्री तातेर वा अन्य प्राविधिक कारणले फोन पड्कन सक्छ र दुर्घटना निम्तिन सक्छ । त्यस्तै, फोन प्रयोग नहुँदा पनि फोनसेटले टावरसँग कनेक्सन खोजिरहेको हुन्छ । यसले रेडिएसन उत्पादन गर्छ र शरीरलाई असर गर्न सक्छ । त्यसैले सुत्ने समयमा सिरानीमुनि फोन राख्नुहुन्न ।...
दसैँका लागि नयाँ नोट आजदेखि बजारमा पठाइयो

दसैँका लागि नयाँ नोट आजदेखि बजारमा पठाइयो

आर्थिक, टिप्स
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । बैङ्कले दसैंतिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा वाणिज्य र विकास बैङ्कहरूबाट सटही सुविधा उपलब्ध गराउन सुरु गरेको हो । पहिलो दिन ८ वटा वाणिज्य बैङ्कहरूलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए । यस्तै विकास बैङ्कहरूलाई आजै राष्ट्र बैङ्कले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैङ्क तथा वित्तीय संस्थाहरूलाई यसै गरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले जानकारी दिए । सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिए पनि दोहोर्‍याएर साट्न आउनेलाई समेत कुनै रोक तोक नहुने नेपालले बताए...
फूलपातीको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

फूलपातीको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म मालवाहक गाडी चलाउन नपाइने

टिप्स, ब्यानर समाचार 2
काठमाडौँ- दसैँको षष्टि अर्थात् फूलपातीको अघिल्लो दिनदेखि टिकाको भोलिपल्टसम्म राजमार्गमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले बुधबार सरोकारवाला निकायसँग छलफल गर्दै दसैँको यातायात सु-व्यवस्था तथा सडक सुरक्षाका लागि भन्दै षष्टिदेखि एकादशी (दसैँको टिकाको भोलिपल्ट) सम्म मालवाल गाडी सञ्चालनमा रोक लगाउने निर्णय हो । दसैँका समयमा बढ्ने सार्वजनिक यातायातको चाप र सडक सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । तर, अत्यावश्यक खाद्यान्न लगायतका ढुवानीका साधनहरूलाई पनि नरोकिने विभागले जनाएको छ । ...
यसरी महंगीमा ग्यास सिलिन्डर बचाउन यी टिप्स अपनाउन सकिन्छ !

यसरी महंगीमा ग्यास सिलिन्डर बचाउन यी टिप्स अपनाउन सकिन्छ !

टिप्स
एजेन्सी । अहिलेको मुद्रास्फीतिको युगमा एलपी ग्यासको मूल्यले सर्वसाधारणको खल्तीमा भारी भार परेको छ । ग्यास सिलिन्डरको भाउ बढेपछि सर्वसाधारण मर्कामा परेका छन् । भान्साको बजेट पनि खस्किएको छ । यस्तो अवस्थामा महिलाहरूले पनि ग्यासको खपत कम गर्नका लागि किचनमा आफ्नो मनपर्ने परिकार बनाउनबाट जोगाउँछन्। तर के तपाईलाई थाहा छ केहि यस्ता उपायहरु छन् जसलाई अपनाएर तपाईले कम ग्यास खर्च गरेर धेरै कमाउन सक्नुहुन्छ । आज हामी तपाईलाई खाना पकाउँदा यस्तै टिप्स बताउँदैछौं, जसलाई ध्यान दिएर तपाईले ग्यासको खर्च घटाउन सक्नुहुन्छ । खाना पकाउँदा सुख्खा भाँडाहरू प्रयोग गर्नुहोस् यदि तपाई चाहानुहुन्छ कि ग्यासको खपत कम होस् र तपाईको सम्पूर्ण खाना कम ग्यासमा पकाउन सकियोस् भने तपाईले यो विधि अपनाउन सक्नुहुन्छ। यदि तपाइँ केहि पकाउन जाँदै हुनुहुन्छ भने, यसलाई सुक्खा भाँडामा मात्र पकाउनुहोस्। यदि भाँडाहरू भिजेको छ भने, प...
फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?

फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?

अचम्मका कुरा, टिप्स, सुचना प्रविधि
काठमाडौं- दैनिक रूपमा प्रयोग भइरहने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा परिवर्तन, अपडेट तथा अपग्रेड आइरहेका हुन्छन् । हामी प्रायः आफ्नै काममा व्यस्त भइरहने भएकाले कतिपय नयाँ फिचरबारे वास्ता हुँदैन । फेसबुकले मेसेन्जर एपका लागि हालै ‘बम्प’ फिचर सार्वजनिक गरेको छ । आज हामी यो कस्तो फिचर हो, कुन अवस्थामा काम लाग्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । अब बुझौं ‘बम्प’ फिचर के हाे त ? मेसेन्जरमा भएको ‘बम्प’ले च्याट रिप्लाईको काम गरेको हुन्छ । उदाहरणका लागि तपाईंलाई मेसेन्जरमा कोही व्यक्तिले छुट्टाछुट्टै प्रश्न सोधिरहेको छ । र, त्यसको एउटा एउटा जवाफ दिनु छ भने रिप्लाई फिचर प्रयोग गरिन्छ । अब सो मेसेज बम्प गर्दा म यसको रिप्लाई दिँदैछु भन्ने अर्थ लाग्छ । कतिपय अवस्थामा कुरा गर्दा गर्दै महत्त्वपूर्ण कुरा अर्को व्यक्तिले पढ्न छुटाएको हुनसक्छ । त्यस्तो अवस्थामा पनि बम्पको प्रयोग गरेर यो छुट्यो है भन्ने...
किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?

किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?

अचम्मका कुरा, टिप्स, सुचना प्रविधि
काठमाडौं- सामान्यतया धेरैजसो प्रयोगकर्तामा दिनभर मोबाइल चार्ज नगरी चलाउने, अनि राती सुत्ने बेलामा चार्ज गर्ने बानी हुन्छ । राति पनि चार्ज भइसकेपछि झिक्नेभन्दा रातभर फोनलाई चार्जमा नै छोड्ने पनि धेरैको बानी हुन्छ । अर्कोतिर राति अबेरसम्म मोबाइल प्रयोग गर्ने अनि सुत्ने बेलामा चार्जमा राखेर भोलि बिहानमात्र चार्जबाट झिक्ने पनि केहीको बानी हुनसक्छ । यसोगर्दा तत्काल मोबाइलमा कुनै असर नदेखिए पनि लामो समयका लागि हेर्दा रातभर अथवा आवश्यकता भन्दा बढी फोन चार्जमा राख्नु जोखिमपूर्ण हुनसक्छ ।...