Thursday, May 2
Shadow

पत्रपत्रिका

अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा

अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा

पत्रपत्रिका, समाचार
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो । आयोगकाे केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढङ्गले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको हो । आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । यसैगरी, आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरुको बारेमा विस्तृत जानक...
फेरि बढ्यो खानेतेलको मूल्य

फेरि बढ्यो खानेतेलको मूल्य

पत्रपत्रिका, समाचार
काठमाडौं। रुस–युक्रेन तनावका कारण लगातार बढिरहेको खानेतेलको मूल्य दशैंतिहार शुरू भएसँगै केही घटे पनि अहिले आएर बढ्न थालेको छ । तिहारयता खानेतेलको मूल्य प्रतिलिटर ५० रुपैयाँसम्मले बढिसकेको पाइएको छ ।  हरेक ब्रान्डको खानेतेलको खुद्रा मूल्य तिहारयता लिटरमा २० देखि ५० रुपैयाँसम्म बढेको खुद्रा व्यापार संघले बताएको छ । दशैंको बेला प्रतिलिटर २ सय ४० रुपैयाँमा पाइने सोयाबिन तेललाई अहिले २ सय ८० रुपैयाँसम्म पर्न थालेको छ । ३ सय २० रुपैयाँ लिटरको तोरीको तेल अहिले ३ सय ४० रुपैयाँसम्म पुगेको छ ।  त्यसैगरी २ सय ५० रुपैयाँ लिटर पर्ने सनफ्लावर तेलको मूल्य हाल ३ सय रुपैयाँसम्म पुगेको छ । केही समय तेलको मूल्य अझै बढ्न सक्ने उद्योगी बताउँछन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।...
तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)

तिहारका लागि माटोका पाला बनाउन भ्याइनभ्याई (फोटो फिचर)

पत्रपत्रिका, ब्यानर समाचार 2
काठमाडौं । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याई भएको छ । भक्तपुरको ‘पोर्टरी स्क्वायर स्वाएर’ मा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदायलाई भ्याइनभ्याई भएको हो । परम्परागत रुपमा बनाइने यस्ता माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्ने गरेका छन् । यहाँ आकर्षक माटोको भाडा बनाउने बोलाछेंँ र तालाक्वको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवारमा यतिखेर तिहारका लागि आवश्यक पाला बनाउने, सुकाउने र रङ्ग भर्ने कामबाट एकछिन फुर्सद छैन । तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले हाल पाला बनाउन भ्याइनभ्याई भएको ४५ वर्षीय कृष्णश्याम प्रजापति बताउनुहुन्छ । तिहारको विद्युतीय झिलिमिली बत्तीको प्रयोग बढे तापनि संस्कृतिक रुपमा दियोको प्रयोग आवश्यक भएकाले पालाको म...
पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

पत्रपत्रिका, समाचार
  म्याग्दी । गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको  छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड कार्यान्वयन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी सहायक निरीक्षक इन्द्रजंग थापाले भूपि शेरचन राजमार्ग तथा मालढुङ्गा बेनी सडक खण्डमा लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यात्रुवहाक सवारी साधनहरुलाई टाईम कार्ड लागू गरिएको जानकारी दिनुभयो । “यहाँबाट छुट्ने र पोखराबाट धौलागिरी क्षेत्रमा भित्रने सवारी साधनले डिमुवा र पोखराको जौवारी चेक प्वाइन्टमा टाइमकार्ड देखाएर इन्ट्री गर्नुपर्नेछ,” उहाँले भन्नुभयो “तोकिएको समय भन्द...
सिकाली जात्राको हर्षोल्लास

सिकाली जात्राको हर्षोल्लास

पत्रपत्रिका, समाचार
ललितपुर । ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष दशैँको समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ । घटस्थापनादेखि नै सुरु हुने सिकाली जात्रा बडादशैँ नमनाएर खोकना सिकाली जात्रा मनाउने गर्छ । पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीको दिनमा देवी देवताको नाच गरिन्छ । छैटौँ दिन (षष्ठी) शनिबार भने सिकाली मन्दिरमा रुद्रायणी देवगणहरूले नृत्य प्रस्तुत गरेका छन् । गुठीका १४ जनाले आफूले निर्वाह गर्नुपर्ने देवताको भूमिकाको ख्वापाः (मुकुण्डो) र वस्त्र लगाएर मन्दिरपरिसरमा उफ्रिएर नृत्य देखाउँएका छन् । सिकाली जात्राका बेला देखाइने नाचहरूको जिम्मा श्री रुद्रायणी गुठीमा रहेको हुन्छ । गुठीमा रहेका ४६ जना देवगण (गुठीयार)हरूबीच कार्यविभाजन गरिएको हुन्छ । सबैजना महर्जन-डङ्गोल खलकका हुन्छन् । गुठीका बैदार बेखनर महर्जनले सिकाली जात्राअन्तर्गत १४ द...
अधिकारका विषय समावेश गर्न आग्रह

अधिकारका विषय समावेश गर्न आग्रह

पत्रपत्रिका, समाचार
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा जारी गरिने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने क्रममा रहेका दललाई घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह गरेको हो । आयोगले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचन समेतको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको तथा त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी राजनीतिक दलको रहेको स्मरण गराएको छ । “दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र-प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्र...
कारागारमा अस्थायी मतदान स्थल

कारागारमा अस्थायी मतदान स्थल

पत्रपत्रिका, मुख्य समाचार
हुुम्ला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि हुम्ला कारागारलाई अस्थायी मतदान स्थल कायम गरिएको छ।कारागारका कैदी बन्दी, थुनुवा र निर्वाचनमा नखटिएका अस्थायी मतदाताका लागि मतदान गर्नका लागि कारागारलाई अस्थायी मतदान स्थल तोकिएको हो। निमित्त जिल्ला निर्वाचन अधिकारी श्याम रानाले पहिलो पटक कारागारलाई अस्थायी मतदान स्थल तोकिएको बताउनुभयो।उहाँले हाल कारागारमा रहेका कैदी, थुनुवा र जिल्लामा सङ्कलन भएका अस्थायी मतदातालाई मतदान गर्न उक्त मतदानस्थल निर्वाचन आयोगले कायम गरेको बताउनुभयो। कारागार जिल्ला प्रहरी कार्यालयको हाताभित्रै छ।सो मतदान स्थलमा कैदी, थुनुुवा, अस्थायी मतदाता नामावली भएका तर निर्वाचनमा नखटिएका कर्मचारी, सुरक्षाकर्मी र सो मतदान स्थलका लागि खटिएका कर्मचारीले प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक मतदान कार्यमा भाग लिन पाउनुुहुनेछ। हाल अस्थायी मतदाता ...
कारागारमा पहिलोपल्ट मनौतीपछि नवाह

कारागारमा पहिलोपल्ट मनौतीपछि नवाह

पत्रपत्रिका, समाचार
नागेन्द्रकुमार कर्ण महोत्तरी, असोज १२ गते । महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एक मात्र जिल्ला कारागार महोत्तरीमा कैदीबन्दीहरुले नवाह शुरु गरेका छन् । कारागारभित्र रहेका कैदीबन्दीहरुले दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि नौ दिने रामनाम सङ्कीर्तन (नवाह) प्रारम्भ गरेको जलेश्वर कारागार प्रमुख रामचन्द्र साहले बताउनुभयो । उहाँले देशमा रहेको ७४ वटा कारागारमध्ये पहिलोपल्ट जलेश्वर कारागारका कैदीबन्दीहरु मिलेर नवाह शुरु गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म नेपालको कुनै पनि कारागारमा नवाह भएको थिएन तर महोत्तरी कारागारमा रहेका कैदीबन्दीहरु मिलेर घटस्थापनादेखि नवाह शुरु गरेको छ ।’ २०७२ सालको मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका हवलदार थमन विश्वकर्माको हत्या गरेको आरोपमा कारागारमा रहेका जलेश्वर नगरपालिका वडा नं. १ का सञ्जयकुमार साहको लागि मनौती (भाकल) गरेका कारागारका नाइक...
नयाँ नोट साट्न ४ बजेबाटै लाइनमा

नयाँ नोट साट्न ४ बजेबाटै लाइनमा

पत्रपत्रिका, समाचार
मकवानपुर  । दसैंका लागि नयाँ नोट साट्न हेटौंडामा बिहान ४ बजेबाट सर्वसाधारण लाइनमा बसेका छन् । हेटौंडा–४ स्थित बैंक रोडमा अवस्थित नेपाल बैंक लिमिटेडमा नोट साट्ने सर्वसाधारणको घुइँचो नै लागेको छ । बैंकले आजबाट नयाँ नोट साट्ने भएपछि उनीहरु लाइनमा बसेका हुन् । हेटौंडा–११, थानाभर्‍याङका देवप्रसाद तिमल्सिना सुरुमै नयाँ नोट साट्ने भनेर बिहानैबाट लाइनमा बसेको बताए । ७० वर्षीया तिमल्सिनाले प्रत्येक वर्ष यसैगरी नयाँ नोट साट्ने गरेको बताए । हेटौंडा–१७, हटियाकी २२ वर्षीया सिर्जना थापा बिहान ५ बजेबाटै नयाँ नोट साट्न लाइनमा बसेकी छन् । उनी एक सय रुपैयाँ भाडा तिरेर अटोमा नयाँ नोट साट्न बैंकमा आएकी हुन् । ‘चिया पनि नखाई आएको । म आउँदा त धेरै जना लाइनमा बसिसक्नु भएको रहेछ,’ उनले भनिन् । नयाँ नोट नभएसम्म चाडपर्व आएको महसुस नहुने उनले बताइन् । बैंकहरुले आजबाट नयाँ नोट साट्ने जनाएको छ । गत वर्षजस...
निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति

निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति

पत्रपत्रिका, समाचार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । निर्वाचनमा नेपाली सेनालाई मतपत्र छपाइको सुरक्षा,  ढुवानी, निर्वाचन स्थलको सुरक्षा, विस्फोटक पदार्थ निष्क्रिय गर्नेलगायतका सुरक्षा जिम्मेवारी तोकिएको छ । निर्वाचन अवधिभर सेनालाई कारागार सुरक्षा, विशिष्ट...