Thursday, May 2
Shadow

अन्तरवार्ता

‘यसैवर्ष पाँच लाख भूमिहीनले जग्गासहितको लालपुर्जा पाउँछन्’

‘यसैवर्ष पाँच लाख भूमिहीनले जग्गासहितको लालपुर्जा पाउँछन्’

अन्तरवार्ता
काठमाडौँ। सरकारको काम कारबाही कस्तो छ भन्ने विषयमा हेर्न देशभरका नापी र मालपोत कार्यालयमा गए हुन्छ भन्ने आम बुझाइ छ । ती निकायलाई सुधार गर्ने प्रयास नभएका पनि होइनन् तर, अपेक्षित प्रगति हुन नसकेको गुनासो अहिले पनि उस्तै छ । त्यसलाई सुधारका लागि प्रविधिको प्रयोग गरिएको छ । सरकारले देशभरका भूमिहीन, सुकुम्बासीलाई लालपुर्जा वितरणको प्रक्रिया पनि युद्धस्तरमा अगाडि बढाएको छ । चालु आवमा मात्रै पाँच लाख भूमिहीनलाई जग्गा उपलब्ध गराउने योजना छ । त्यसका लागि भूमि आयोगले काम गरिरहेको छ । भूमिमा रहेको समस्या पूर्ण रुपमा समाधान हुनेगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काम गरिरहेको छ । यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की नेत्री शशी श्रेष्ठसँग राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता रमेश लम्सालले गर्नुभएको अन्तर्वार्ताको सम्पा...
सेवा भावले नेकपा समाजवादीमा प्रवेश गरेँ – पूर्व न्यायाधिश सिद्दिकी

सेवा भावले नेकपा समाजवादीमा प्रवेश गरेँ – पूर्व न्यायाधिश सिद्दिकी

अन्तरवार्ता, ब्यानर समाचार
(३० वर्ष वकालत पेसामा सक्रिय रही उच्च अदालतको न्यायाधीशबाट अवकास लिएका डा सलाउद्दिन अख्तर सिद्धिकी सालिन र भद्र स्वभावका व्यक्ति हुनुहुन्छ । हालै एक कार्यक्रमका बीच नेकपा समाजवादीमा प्रवेश गरेपछि उहाँको चर्चा एकाएक चुलिएको छ । नौलो दृष्टि डटकमले उहाँसँग उहाँको राजनीतिमा प्रवेश र आगामी चुनाव केन्द्रित कुराकानी गरेको छ । मुस्लिम बहुल क्षेत्र नेपालगन्जको प्रतिनिधित्व गर्ने सिद्धिकिसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।)- सम्पादक १. न्यायमूर्तिको रुपमा काम गरिसकेको मान्छे तपाईंलाई राजनीतिमा प्रवेश गर्नैपर्ने कारण के हो ? मैले २०३६ साल देखी ३० वर्ष वकालत गर्दा को अवस्था मा राजनीतिमा सक्रिय थिए। पिछडिएको अल्पसङ्ख्यक मुस्लिम परिवारमा जन्मेर सोही समाजमा हुर्केको हुँदा सो समाजको पीडा र पछौटेपन ले मलाई सधै घचघचाउदै आएको हुनाले २०३६ साल देखी राजनीतिक क्षेत्रमा प्रवेश ग...
नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली बिहिबार स्वदेश फर्किए

नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली बिहिबार स्वदेश फर्किए

अन्तरवार्ता, ब्यानर समाचार 2
काठमाडौं । भदौ १२ गतेदेखि नेपाल भ्रमणमा रहेको भारतको नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कोर्स–६२ टोली बिहिबार स्वदेश फर्किएको छ । एयर भाइस मार्सल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको ३१ सदस्यीय भारतीय टोलीले नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेटवार्ता गरेको हो । भारतीय टोलीले नेपालमा जङ्गी अड्‍डाको भ्रमण पनि गरेको थियो । भ्रमणको क्रममा भारतीय टोली नेपाली सेनासँग सम्बन्धित विषयहरुमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नुका साथै भ्रमणदलका प्रमुख सिंहले प्रधान सेनापति प्रभुराम शर्मासँग जङ्गी अड्‌डामा शिष्टाचार भेटघाट समेत गर्नु भएको थियो । भारतीय टोलीले पोखरास्थित श्री मध्य कमाण्ड हेड क्वार्टरको भ्रमण, पशुपतिनाथ मन्दिर, काठमाडौं, दरबार स्क्वायर, लुम्बिनी, नाम्चे बजार लगायत काठमाडौं र पोखराका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन समेत...
कार्यतालिका छोट्याएर मंसिर ४ मा निर्वाचन गर्न सकिन्छ: प्रमुख आयुक्त थपलिया (अन्तवार्ता)

कार्यतालिका छोट्याएर मंसिर ४ मा निर्वाचन गर्न सकिन्छ: प्रमुख आयुक्त थपलिया (अन्तवार्ता)

अन्तरवार्ता
काठमाडौं- सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणाको अन्तिम तयारी गरेको छ । सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका छन् । कुनै नयाँ राजनीतिक घटनाक्रम नभए आज (विहीबार) बस्ने मन्त्रिपरिषद् बैठकबाट मिति घोषणा गर्ने तयारी छ । निर्वाचन आयोग ऐन, २०७३ दफा २ (झ) मा निर्वाचन हुने मितिभन्दा एक सय २० दिनअगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई ‘निर्वाचन अवधि’ भनी परिभाषित गरेको छ । निर्वाचनको मिति तोक्दा सो व्यवस्थाबमोजिम निर्वाचन हुने दिनभन्दा कम्तीमा एक सय २० दिनअगाडि निर्वाचन अवधि हुने गरी तोक्नुपर्ने हुन्छ । आयोगको परामर्शमा सरकारले मिति तोक्ने व्यवस्था छ । सरकारले मिति घोषणामा केही दिन तलमाथि गर्न सक्छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २०७९ मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ। क...
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व: वातावरणविज्ञ अमात्य (अन्तवार्ता)

फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व: वातावरणविज्ञ अमात्य (अन्तवार्ता)

अन्तरवार्ता
काठमाडौं- काठमाडौं र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख एवं वातावरणविज्ञ प्रकाश अमात्य सरसफाइ व्यवस्थापनका लागि तीन तहका सरकारबीचको समन्वयमा जोड दिन्छन्। इजरायलको ग्यालेले विश्वविद्यालयबाट सन् १९९९ मा वातावरण व्यवस्थापन विषयमा पोष्ट ग्रयाजुएट, त्रिभुवन विश्वविद्यालयबाट १९९८ सूक्ष्म जीवन विज्ञान (माइक्रोबायोलोजी) मा स्नातकोत्तर, सन् २०१० काठमाडौँ विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरेका अमात्यसँग काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनका विद्यमान समस्या र समाधानको दिगो उपायका सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंश : काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापनको मुद्दा वर्षौंदेखि ज्यूँका त्यूँ रहनुमा के कारण देख्नुहुन्छ ? पहिलो कुरा त हामीले फोहरमैला ...
बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

अन्तरवार्ता, आर्थिक, पत्रपत्रिका, सम्पादकीय
काठमाडौँ- पाँच दलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झन्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन् । सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झन्डै ५० प्रतिशतले घटेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ । मानिसहरू क्रमशः विदेशी ग्यास छाडेर स्वदेशी बिजुली प्रयोग गर्न थालेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा विगतको निरन्तरताकै रूपमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेतृत्वका रूपमा स्थापित व्यक्तित्व पम्फा भुसाल हुन् । उनकै जोडबलमा सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्...