Monday, April 29
Shadow

आर्थिक

सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम

सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम

आर्थिक, समाचार
काठमाडाैं ।  आज सोमबार छापावाल सुनको मूल्य स्थिर रहँदा ९३ हजार रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ५०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ पनि स्थिर रहँदा १२ सय रुपैयाँमा कायम भएको छ ।
आगोलागीबाट क्षति पुगेका उद्योगीलाइ राहातका लागि २ लाखको कोष स्थापना

आगोलागीबाट क्षति पुगेका उद्योगीलाइ राहातका लागि २ लाखको कोष स्थापना

आर्थिक, ब्यानर समाचार
दाङ-  गए राती घोराहीका ४ वटा फनिचर उद्योगमा आगलागी भएको क्षति प्रति दाङ जिल्ला उद्योग वाणिज्य संघले दुख व्यक्त गरेको छ । संघका मंगलवार वसेको आकस्मीक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुलाई राहातका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह वुढाथोकीले जानकारी दिएका छन् । संघले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पुर्ण उद्योगी, व्यवसायी तथा सहयोगी सबैमा संघले अनुरोध गरेको छ । राहातका लागि सम्वन्धीत निकायमा पहल गरिने उनले बताए । साथै राहात उपलव्ध गराउन इच्छुकले हिमालयन बैक घोराही शाखाकोे खाता नं ०२४०३७९३३५००१७ मा रकम जम्मा गर्न सकिने संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए । दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुदा करोडौँको क्षति भएको छ । घोराही उपमहानगरपालिका–१५ उमेशमार्गमा रहेका चार वटा फर्न...
एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई मासिक भत्ता

आर्थिक, ब्यानर समाचार, शिक्षा
पर्वत- पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगर सभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो । कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइ प्रतिको लगाव बढाउन तथा सामुदायिक विद्यालयमा पढ्न उत्प्रेरित र प्रोत्साहन गर्ने उद्देश्यले मासिक भत्ताको व्यवस्था गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । मासिक रुपमा विद्यार्थीहरुलाई रु दुई हजार भत्ता दिन सुरु गरिएको जोशीले बताए । यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नुका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्यासमेत टर्ने विश्वास रहेको उनले बताए । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने नगरपालिकाले जनाएको छ । एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएम...
यस वर्ष करिब २० करोडको झिलिमिली बत्ती आयात

यस वर्ष करिब २० करोडको झिलिमिली बत्ती आयात

आर्थिक, ब्यानर समाचार
काठमाडौं- दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्ने वित्तिकै झिलिमिली बत्तीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । उज्यालोको चाड तिहारको आगमनसँगै झिलीमिली बत्तिको चर्चा हुने गर्छ । पहिले–पहिलो माटोको दियो बालेर तिहारमा झिलिमिली बनाइन्थ्यो । तर, हिजो आज विद्युतीय बत्तिबाट झिलीमिली बनाउने गरिन्छ । तर, तिहारमा प्रयोग गरिने झिलिमिली बत्ती बाहिरबाट आयात गर्नु पर्ने बाध्यता रहेको छ । तिहारकै लागि भनेर विभिन्न खालका दियो, मालाबत्ती लगायत झण्डै करिब बर्षेनी करोडौ रुपैयाँको विद्युतीय झिलीमिली बत्ती विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघको भनाई छ ।  विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद...
एक महिनामा पाँच सहकारी सहित ९ हजारबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा

एक महिनामा पाँच सहकारी सहित ९ हजारबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा

आर्थिक, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं- चालु आर्थिक वर्षको असोज महिनामा पाँच सहकारी सहित ९ हजार भन्दाबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् । समयमा कर्जा तिर्न नसकेपछि कर्जा सूचना केन्द्रले सहकारी सहित ९ हजार ८२१ व्यक्ति तथा  कम्पनीहरुलाई कालो सुचीमा राखेको हो । केन्द्रका अनुसार कालोसुचीमा पर्ने कम्पनीहरुमा होटल तथा रेष्टुरेन्ट देखी हस्पिटल र सहकारीसम्म रहेका छन् । यस अवधिमा कालोसूचीमा परेका सहकारीहरुमा जनसेवा बचत तथा ऋण सहकारी संस्था, नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट र त्रिरत्न बहुउद्देश्यीय सहकारी संस्था, एकता बुद्ध सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र मेगा ड्रिम बहुउद्देश्यीय को–अपरेटिभ रहेका छन् । जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई केन्द्रले सोमबार कालोसूचीमा राखेको हो । उक्त सहकारी संस्थाका सञ्चालकहरुमा अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामा रहेका छन् । यससँगै केन्द्रले त्रिरत्न बहुउद्देश्यीय सहकारी सं...
सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम

सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम

आर्थिक, समाचार
काठमाडौ । स्थानीय बजारमा आइतवार (आज) सुनको मूल्य ताेलामा हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) सुनकाे मूल्य तोलाको ९४ हजार १०० रूपैयाँ ताेकिएकाे थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको २५ रूपैयाँले घटेर १ हजार १६० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।...
तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

आर्थिक, समाचार
रसुवा। तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ । चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दशैंपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो । दशैं सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको सीमा सुरक्षाकर्मीले बताएका छन् । लोड भएका नेपाली कन्टेनर डिब्बा भन्सार प्रक्रिया पूरा गरी क्रमिकरूपले काठमाडौं प्रस्थान गरिरहेकाले अबका दिनमा ओखर तथा स्याउ खरिदको मूल्य सर्वसुलभ हुने अपेक्षा गरिएको छ । तिहार पर्व नजिकिइसकेको र अर्कोतर्फ मन्दिरमा चढाउनेदेखि बिरामीलाई खुवाउनसमेत फलफूलका रूपमा स्याउ नै पहिलो रोजाइ हुने गरेका कारण व्यवसायीले फलफूलको आयातलाई प्राथमिकता दिँदै आएको व्यवसायी धर्म पौडेलले बताउनुभयो । नेपाली व्यापारीले माग गरेलगतै चिनिया...
इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त

इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदीश खड्का नियुक्त

आर्थिक, समाचार
काठमाडौं ।  इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा जगदीश खड्का नियुक्त भएका छन् । चाटर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालनक समितिले सीइओका रुपमा नियुक्त गरेको हो । नवनियुक्त सीइओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनीयताको सपथ खुवाएका छन् भने उनले खड्काले बुधबार नै आफ्नो कार्यभार सम्हालेका छन् । खड्कासँग बिजनेस अपरेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङमा १२ वर्षभन्दा धेरै समयको अनुभव छ । उनी यसअघि एफवानसफ्ट गु्रपअन्तर्गतको फोनपे पेमेन्ट सर्भिसमा डाइरेक्टरका रुपमा समेत आबद्ध थिए । कार्यभार सम्हाल्दै नवनियुक्त सीईओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुसी छ । मैले इसेवाक...
आयात रोकिएन, चितवनका केराले बजार पाएन

आयात रोकिएन, चितवनका केराले बजार पाएन

आर्थिक, समाचार
भरतपुर । भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गर्नुभएको छ । सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उहाँले केरा बोटमै पाकेपछि चरा र बाँदर धपाउन दुई जना मान्छे नै परिचालन गर्नुभएको छ । “यो सिजनमा केरा बिक्री र मूल्य राम्रो हुने अपेक्षा थियो तर सोचेजस्तो भएन”, उहाँले भन्नुभयो । केरा उत्पादक सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका सुवेदीले उत्पादन प्रशस्त रहेको र बजारको मात्र समस्या रहेको बताउनुभयो । “यो समयमा मेरोमात्रै होइन, नेपालमै उत्पादन भएको केरा पर्याप्त छ, भारतबाट ल्याउन आवश्यक छैन । तर भन्सार छलेर दैनिक १०–१५ गाडी केरा काठमाडौं भित्र्याइने गरेको छ”, उहाँले भन्नुभयो । ...
बिहीबार सुनको भाउ स्थिर

बिहीबार सुनको भाउ स्थिर

आर्थिक, समाचार
काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउमा भने प्रतितोला १० रुपैयाँले गिरावट आएको छ । आज छापावाल सुनको भाउ यसअघिकै मूल्य अर्थात प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७०० रुपैयाँ रहेको छ । यसैगरी चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको छ । यसअघि प्रतितोला एक हजार २०० रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...