Thursday, May 2
Shadow

जिवनसैली

बिहान सबेरै उठ्न तरिका  !

बिहान सबेरै उठ्न तरिका !

जिवनसैली
आजकाे व्यस्त जीवनमा मानिसलाइ बिहान सबै उठेर काम गर्न समेत एउटा चुनाैतिकाे विषय बन्दै गइरहेकाे छ ।  हामी केटाकेटी हुँदा हान सबेरै उठ्न गाह्रो हुन्थ्यो, विशेष गरी स्कूल जानुपर्दा । तर जब हामी हुर्कँदै जान्छौँ, धेरै कुरा परिवर्तन हुन्छन् । तपाईंसँग गर्नका लागि धेरै कामहरू हुन्छन् र एउटा परिवार पनि हुन्छ । अर्थात् जिम्मेवारी धेरै हुन्छन् । यस्तो अवस्थामा फोकस कायम राख्न गाह्रो हुनसक्छ र यस्तो अवस्थामा समय व्यवस्थापन धेरै महत्त्वपूर्ण हुन्छ । बिहान सबेरै उठ्नु फाइदाजनक साबित पनि हुनसक्छ । जान्नुहोस् कसरी– १. तपाईं बढी प्रोडक्टिभ हुनुहुनेछ बिहानको समय कम हो–हल्ला हुन्छ ।  अधिकांश मानिसहरू सुतिरहेकाले कसैले हस्तक्षेप गर्दैनन् । बिहान कसैले तपाईंलाई कल गर्दैन वा टेक्स्ट गर्दैन, न त कुनै इमेल इनबक्समा आउँछन् । बिहानको समय शुद्ध ‘तपाईंको समय’ हो । कमै डिस्टर्ब हुने भएकोले, तपाईं स्वतः बढी प्रो...
आवरण मात्रै सुन्दरता होइन

आवरण मात्रै सुन्दरता होइन

जिवनसैली
सुन्दरता भनेको गोरो छाला हुनु मात्र होइन । सुन्दरता त्योभन्दा धेरै माथि छ । सुन्दरताको परिभाषा आवरण हो भन्ने भाष्य निर्माण हुनु नै गलत भयो । सुन्दरता बौद्धिकतामा छ, सुन्दरताभित्र नेतृत्व हुन्छ, सौन्दर्यले समाजसेवा गर्न सहयोग गर्छ । सुन्दरता सबै कुराको मिश्रण हो । यसभित्र धेरै कुरा समेटिन्छन् । जसरी मानिसले ब्युटी पेजेन्टहरूको अर्थ सुन्दर युवतीबीचको प्रतिस्पर्धा भनेर बुझेका छन्, त्यो गलत छ । महिला सशक्तीकरणका लागि नयाँ काम गरौँ भनेर हामीले मिस युनिभर्स नेपाल सुरु गरेका हौँ । यसमा एउटै भूगोल, जातजाति वा वर्ग–समुदायभन्दा पनि विविध भाषाभाषी र समुदायका युवतीहरूलाई समावेश गर्ने गरेका छौँ । त्यसैले यो प्रतिस्पर्धा भइरहँदा एकै मञ्चमा नेपालको भौगोलिक विविधता पनि झल्कन्छ । प्रतिस्पर्धामा महिलाको बौद्धिकता तथा चेतनास्तरलाई प्राथमिकताका साथ हेर्ने गरेका छौँ । मिस युनिभर्सलगायतका ब्युटी पेजेन्...
सुत्ने तरिका !

सुत्ने तरिका !

जिवनसैली
आजभोजन, व्यायाम जत्तिकै अपरिहार्य छ आराम पनि । शरीरलाई निश्चित अवधि पूर्ण आराम जरुरी हुन्छ । त्यसैले हामीलाई निद्रा लाग्छ । गहिरो निद्रा आफैंमा ओखतीसमान मानिन्छ । गहिरो निद्रा कसरी पाउने त रु यसबारे धेरै खोज र अभ्यास भएका छन् । साथै सुत्ने तरिका अझ भनौं आसनबारे पनि सोधीखोजी हुने गरेका छन् । सुत्ने कसरी त रु सामान्य लाग्छ, तर सुताइको तरिका सही नहुँदा हाम्रो शरीरले समुचित कार्य गर्न सक्दैन । पूर्ण आराम अनुभव गर्न सक्दैन । त्यसैले सुत्ने तरिका पनि जान्नुपर्छ । सुतेको बखत शरीरका अन्य कतिपय प्रक्रिया र अंग सक्रिय हुन्छ । यसका लागि सही किसिमको सुताइ जरुरी हुन्छ । त्यसो भए कसरी सुत्ने त रु कता फर्किएर सुत्ने रु हात–खुट्टा र टाउकोलाई कस्तो स्थितिमा राख्ने रु दक्षिणतर्फ शिर सुत्दा दक्षिणतिर शिर पार्नुपर्छ भनिन्छ । ग्यास्ट्रिकका बिरामीले पनि यो दिशामा सुत्नु राम्रो भनिन्छ । तर यही दिशामा...
बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

जिवनसैली, टिप्स, ब्यानर समाचार 2, स्वास्थ्य
काठमाडौँ- सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए ।...
यी पाेषण तत्व खाएमा दिमाग बन्छ बलियाे

यी पाेषण तत्व खाएमा दिमाग बन्छ बलियाे

जिवनसैली, स्वास्थ्य
एजेन्सी । आज विश्व मानसिक स्वास्थ्य दिवस २०२२ विश्वभर मनाइँदैछ। पौष्टिक स्वस्थ आहारबाट मानसिक र शारीरिक स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। कहिलेकाहीँ आवश्यक भिटामिन र खनिजको कमीले मस्तिष्कको कार्यलाई कमजोर बनाउँछ, जसले तनाव, डिप्रेसन, चिडचिडापन, बेचैनी जस्ता समस्याहरू निम्त्याउँछ। मानसिक स्वास्थ्य दिवस मनाउनुको उद्देश्य मानिसमा मानसिक स्वास्थ्य सम्बन्धी चेतना जगाउनु हो । यस अवसरमा हामी यस्ता पोषक तत्वहरूको बारेमा जानौं, जसको कमीले हाम्रो मस्तिष्कको काममा प्रत्यक्ष असर पार्छ र मानसिक रूपमा कमजोर हुँदै जान्छ। यी छ पोषक तत्व स्वस्थ मस्तिष्क कार्यका लागि आवश्यक छन १. भिटामिन डी भिटामिन डीले एड्रेनालाईन, नोराड्रेनालाईन र डोपामाइनको उत्पादनलाई नियन्त्रण गर्छ, र मस्तिष्कको कार्यका लागि महत्त्वपूर्ण हार्मोनको रूपमा महत्त्वपूर्ण भूमिका खेल्छ। भिटामिन–डीको कमीका लक्षणहरू : थकान, मांसपेशी कम...
खसीको मासु : जसले नखाएकै बेस

खसीको मासु : जसले नखाएकै बेस

जिवनसैली
पोषणविद् प्रतिमा सेन कार्की   काठमाडौं । दशैंको तिथि नजिकिंदैछ । दशैंको खास परिकार हो खसीको पक्कु । त्यसो त हाम्रो भान्सामा खसीको अनेकथरी व्यञ्जन तयार हुन्छ । खसीको मासुमा पाइने प्रमुख पोषक तत्त्व भनेको प्रोटिन हो । त्यसको साथै खसीको मासुमा फ्याट पनि पाइन्छ । १०० ग्राम खसीको मासुमा १८.५ ग्राम र फ्याट १३.३ ग्राम पाइन्छ । दशैंमा मासुको साथै अन्य प्रोटिनयुक्त खानेकुरा पनि खाइने भएकाले दैनिक ८० देखि १०० ग्राम मासु त्यो पनि कम चिल्लो र कम मसला राखेर पकाएर खाइयो भने यसले शरीरलाई फाइदा गर्छ । कुन भाग बढी पोसिलो ? बोसो नभएको भागको मासु बढी पोसिलो हुन्छ । पेटको भित्री अंगको मासुमा धेरै बोसो हुने भएकाले त्यस बाहेकका खुट्टा र टाउकोको भाग पोसिलो हुने गर्छ । पोसिलो हुन्छ भनेर दिनमा तीन पटक नै खुसीको मासु खान भने हुँदैन । मात्रा मिलाएर मासुलाई उसिनेर वा थोरै तेल मसला राखेर पकाएर खाइयो ...
एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

आर्थिक, जिवनसैली, सुचना प्रविधि
काठमाडौं- एक महिनामै तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा गत असार महिनाको तुलनामा साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाखले बढेको देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत असार महिनासम्म एक करोड ८३ लाख ७ हजार २५५ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता तीन लाख ३६ हजार ५ सय ७९ जनाले बढेर साउन महिनासम्म एक करोड ८६ लाख ४३ हजार ८३४ जना पुगेका हुन् । त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । एक महिनाको अवधिमा नै दुई लाख २४ हजार ५९३ जनाले बढेको हो । गत असार महिनासम्म डेबिट कार्ड प्रयोगकर्ता एक करोड ८ लाख ५६ हजार ३५७ रहेकोमा उक्त संखया बढेर साउन महिनासम्म एक् करोड १० लाख ८० हजार ९५० पुगेको हो । त्यसैगरि, यस अवधिमा वालेट प्रयोगकर्ता चार लाख भन्दा बढील...
इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने मेयर बालेनको घोषणा

इन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने मेयर बालेनको घोषणा

जिवनसैली, ब्यानर समाचार 2, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो वर्षदेखि इन्द्र जात्रालाई विश्वव्यापीकरण गर्न लागेको जानकारी दिएका छन्। इन्द्रजात्रा पर्व सञ्चालनका लागि जानकारी दिन बुधबार काठमाडौँ महानगरपालिकाले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाहले इन्द्र जात्रा पर्यटकीय सम्भावनाको आकर्षक क्षेत्र रहेको र यसको गरिमालाई देशभरि नै अपनत्व गराउन तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न काठमाडौँ महानगरपालिकाले जाबा अवलोकनका लागि देशभित्र बाहिरबाट पाहुना बोलाएको जानकारी दिए। महानगरपालिका र उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्राका औपचारिक कार्यक्रमहरू सुरु भइसकेका छन्। यसको एउटा विम्ब इन्द्रजात्रा क्या पर्व हो। यसको सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक तथा सामाजिक पक्षको अन्तर घुलन अद्वितीय छ। धार्मिक सहअस्तित्व स्वीकार गरेर हिन्दु र बौद्ध धर्मावलम्बी एउटै पर्वलाई आफ्ना आफ...
हृदयघात हुनुअघि शरीरले कस्तो संकेत गर्छ ?

हृदयघात हुनुअघि शरीरले कस्तो संकेत गर्छ ?

जिवनसैली
कहिलेकाहीं अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको मृत्युको खबर सुन्नुपर्छ । हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएका, कुराकानी भएका, हाँसीमजाक गरेका, एकसाथ खाना खाएका, एकै ठाउँमा काम गरिरहेका मान्छे अचानक ‘मृत्यु’ भयो भन्दा हाम्रो ओठमुख सुक्छ । आखिर कसरी भयो मृत्यु ? धेरैजसोको मनमा आउने एउटै उत्तर हो, हृदयघात । बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्युको आँकडा बढ्दो छ । आखिर हृदयघातको जोखिम कसरी हुन्छ ? कसलाई हुन्छ ? के यसको कुनै लक्षण हुन्छ ? कस्ता व्यक्तिलाई बढी हृदयघातको जोखिम ? प्रायः दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाहरुले एस्प्रिन भन्ने औषधि बोकेर हिंड्नु उचित हुन्छ । हृदयघात लगत्तै यो औषधि खान पाएमा धेरै राहत मिल्छ । अत्यधिक धुम्रपान गर्ने व्यक्तिमा पनि यसको जोखिम उत...
अनुहार चम्किलो बनाउने घरेलु उपाय

अनुहार चम्किलो बनाउने घरेलु उपाय

जिवनसैली
काठमाडौं । अनुहार चम्किलो बनाउनका लागि मानिसहरू निकै प्रयास गरिरहेका हुन्छन्। कतिपय त निकै खर्च गरेर पनि अनुहार चम्किलो नबन्दा निकै चिन्तामा हुन्छन् । तर, अनुहारको छालालाई चम्किलो र मुलायम बनाउनका लागि केही घरेलु उपाय पनि छन् -अनुहार चम्किलो बनाउन घरेलु प्याक बनाएर प्रयोग गर्न सकिन्छ । बेसन, चन्दन, बेसार र दूधको फेसप्याक अनुहारमा दल्नुपर्दछ । अनुहारमा दलेको उक्त फेसप्याक एक वा दुई घन्टासम्म पखाल्नु हुँदैन । फेसप्याकमा दूधको सट्टा गुलाबजल पनि प्रयोग गर्न सकिन्छ । -मुसुरोको दाल पिसेर यसको पेस्ट बनाई महसँग लगाउन पनि सकिन्छ । यसरी लगाएको पेस्ट केही समयपछि सफा गर्दा अनुहारमा चमक देखिन थाल्छ । -कागतीलाई काटेर रस अनुहारमा दल्दा पनि अनुहार चम्किलो बन्छ । तर, यस्तो काम दैनिक रूपमा गर्नुपर्दछ ।...