Thursday, May 2
Shadow

मनोरञ्जन

एभरेष्ट मेनले उक्त अवार्ड हात पार्न सफल

एभरेष्ट मेनले उक्त अवार्ड हात पार्न सफल

मनोरञ्जन, समाचार
काठमाडाैं । कीर्तिमानी आरोही कामीरिता शेर्पाबारेको साहसलाई समेटिएको वित्त चित्रले उत्कृष्ट वित्त चित्रको अवार्ड पाएको छ।  काजकिस्तानमा सम्पन्न वस्ताव चलचित्र महोत्सवमा एभरेष्ट मेनले उक्त अवार्ड हात पार्न सफल भएकाे हाे । चलचित्र निर्देशक विनोद अधिकारीले अवार्ड दिएकोमा निर्णायक मण्डलप्रति कृतज्ञता व्यक्त गरेका छन्। ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु। निर्माणमा सहयोग गर्ने कामी रिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु,’ अधिकारीले भनेका छन्। यस वित्तचित्र पर्वतारोहणका सकस र जलवायु परिवर्तनका कारण हिमालमा देखापरेका असरबारे केन्द्रित छ। यस वित्तचित्रबाट हिमालको सौन्दर्य संरक्षणमा शेर्पा समुदायको भूमिका, शेर्पा समुदायबारे वृहत जानकारी र जलवायु परिवर्तनका असरबाट हिमाललाई बचाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी पाइने निर्देशक अधिकारीले जनाए। कोरोनाकालपछिको नेपाली पर्यटन उ...
ओस्कारको १४ विधामा प्रतिस्पर्धा गर्दै ‘आरआरआर’

ओस्कारको १४ विधामा प्रतिस्पर्धा गर्दै ‘आरआरआर’

ब्यानर समाचार, मनोरञ्जन
एजेन्सी ।  हिन्दी सिनेमालाई 'बाहुबली' र 'आरआरआर' जस्ता ब्लकबस्टर फिल्म दिएका निर्माता एसएस राजामौलीले न्यूयोर्क फिल्म क्रिटिक्स सर्कल अवार्डमा ‘उत्कृष्ट निर्देशक’को अवार्ड पाएका छन्। ‘आरआरआर’का लागि अवार्ड पाएका उनीसँगै प्रतिस्पर्धामा हलिउडका हेवीवेट्स स्टीवन स्पिलबर्ग, ड्यारेन एरोनोफस्की, सारा पोली र जीना प्रिन्स ब्लाइथवुड नोमिनेसनमा थिए। हलिउड फिल्म समीक्षकहरूको प्यानलले निर्णय गर्ने भएकाले न्युयोर्क फिल्म क्रिटिक्स सर्कल अवार्डलाई उत्कृष्ठ मानिन्छ। न्युयोर्क फिल्म क्रिटिक्स सर्कलका सदस्यहरूले सन् १९३५ देखि अखबार, पत्रिका र वेबसाइटहरूका लागि काम गरेका छन्। जनवरीको सुरूमा हुने एक कार्यक्रममा अवार्ड र पुरस्कार वितरण गरिनेछ। ‘आरआरआर’ले वर्षको दोस्रो उत्कृष्ट फिल्मको रूपमा हलिउड क्रिटिक्स एसोसिएशन अवार्डसमेत जितेको थियाे। विश्वभर तारिफ भइरहेको ‘आ...
कीर्तिपुरमा सुगम संगीत कार्यक्रम हुने

कीर्तिपुरमा सुगम संगीत कार्यक्रम हुने

मनोरञ्जन, समाचार
कीर्तिपुर ।  कीर्तिपुरमा आउँदै गरेको न्ह्यगां जात्राको अवसरमा सुगम संगीत पुचःको आयोजनामा दोस्रो विविध सुगम संगीत  कार्यक्रम हुने भएको छ । करिब चार दशक भन्दा बढि सांगीतिक यात्रा अनवरत रुपमा लागि रहनु भएका चर्चित तबला बाधक एवम् सुगम संगीत पुचःका अध्यक्ष न्हूच्छेँ दर्शनकाे संयाेजनमा  हुन लागेको सो सांगीतिक कार्यक्रममा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रतिभा देखाउने कार्यक्रम रहेकाले संगीत स्वाद लिनका लागि मंसिर १५ गते बिहिबार कीर्तिपुरको लाय्कु-१ मा हुने भएकाले  सम्पूर्ण संगित प्रेमीहरुलाई अनुरोध गरेका छन् ।...
चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति

चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति

मनोरञ्जन, समाचार
काठमाडौं । विश्वकै ठूलो फिल्म बजार चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक संजाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो । ‘अवतार २’ सँगै अर्को हलिउड फिल्म ‘मिनिओस’ सिक्वेल र सोनीको ‘ह्वेयर द क्रडास सिंग’ले चीनको मेनल्यान्डमा प्रदर्शन अनुमति पाएका छन् । यसैबीच, भारतमा फिल्मको अग्रिम टिकट विक्री सुरु भएको छ र राती १२ बजे पहिलो शो निर्धारण गरिएको छ । नेपालमा पनि फिल्म पुस १ गते रिलिज हुँदैछ । सन् २००९ मा अवतारको पहिलो श्रृंखला रिलिज भएको थियो । प्रदर्शनको १३ वर्षपछि दर्शकमा दोस्रो श्रृंखलालाई लिएर व्यापक उत्साह छ । निर्देशक जेम्स क्यामरुनले ‘अवतार २’लाई संसारकै महंगोमध्येको एक फिल्म बताएका छन् । ...
अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिए

अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिए

मनोरञ्जन, समाचार
मुम्बई । हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिएका छन् । आफ्नो स्वस्थ्यलाई ध्यानमा राखेर उनले अभिनयबाट ब्रेक लिएका हुन् । थोर र एभेन्जर्स फ्रेन्चाइजीमा अभिनेता क्रिसले एक शोको दौरानमा अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । उनको अभिनयबाट विश्राम लिएर स्वास्थ्य र परिवारलाई ध्यान दिने सोच रहेको छ ।   क्रिसमा अल्जाइमरको रोगको लक्षण पुष्टि भएको छ । आफुमा रोग देखिएपछि उनी अभिनय भन्दा स्वास्थ्यमा बढी ध्यान दिन चाहन्छन् । ‘म कुरालाई घुमाएर गर्न पनि चाहन्नँ र नाटकीय पनि बनाउदिनँ । म मेरो काम पूरै छोड्दिनँ । तर पछिल्लो समय केही समयको लागि विश्राम लिनुपर्ने अनुभूति भएको छ,’ उनले भने, ‘अहिले म मेरा सबै प्रोजेक्टहरु पूरा गर्न व्यस्त छु । जसका लागि मैले सम्झौतामा हस्ताक्षर गरेको छु । मेरा बाँकी सबै काम सकिएपछि म घर जानेछु र केही समय विश्राम लिनेछु ।’ विश्रामको समय छोराछोरी र श्रीमत...
महापुरुषले दुई हप्तामा ७ करोडभन्दा बढी कमाई

महापुरुषले दुई हप्तामा ७ करोडभन्दा बढी कमाई

मनोरञ्जन, समाचार
काठमाडौं  । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म महापुरुष तेस्रो हप्तामा प्रदर्शन भइरहेको छ। दुई हप्तामा ७ करोडभन्दा बढी कमाइ गरेको फिल्ममा तेस्रो हप्तामा पनि दर्शकको चाप उच्च रहेको छ। लगातार दुई हप्ता हलमा सर्वाधिक शोका साथ प्रदर्शन भएको महापुरुषको शो तेस्रो हप्तामा भने भारी मात्रामा शो कटौती भएको छ। शुक्रबारदेखि प्रदर्शनमा आएका हलिउड फिल्म ब्ल्याक प्यान्थरः वकान्डा फरेवर र बलिउड फिल्म उचाइका कारण महापुरुषको शोमा कटौती भएको हो। शो कम भए पनि महापुरुषका अधिकांश शो तेस्रो हप्तामा पनि हाउसफुल रहेका छन्। त्यस्तै फिल्मको विदेश राइटको माग पनि बढ्दै गएको छ। अमेरिका, अष्ट्रेलिया लगायतका देशमा सफलताका साथ प्रदर्शन भएको फिल्मको राइट नर्वे, पोर्चुगल, डेनमार्क, स्पेन, जर्मनी, साइप्रस, बेल्जियम, पोल्याण्ड लगायतका युरोपेली देशमा पनि विक्री भइसकेको छ। ती देशमा फिल्मको प्रदर्शन मिति भने छ...
‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग अभिनय गर्ने

‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग अभिनय गर्ने

मनोरञ्जन, समाचार
मुम्बई  । शाहरुख खान पहिलो पल्ट दक्षिण भारतीय फिल्ममा काम गरिरहेका छन् । तमिल निर्देशक एटलीको निर्देशन रहेको ‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग काम गरिरहेका छन् । यो फिल्मको सुटिङ अझै सकिएको छैन तर रिलिज अगावै यो फिल्म विवादमा फसेको छ । तमिलकै निर्माता मनिकम नारायणनले ‘जवान’को कथा चोरी भएको आरोप लगाएका हुन् । उनले तमिल फिल्म निर्माता संघमा आफ्नो कथा चोरी गरेर एटलीले फिल्म बनाएको आरोप लगाएका हुन् । उनले आफूले निर्माण गरेको फिल्म ‘पेरारासु’बाट यो फिल्मको कथा चोरिएको आरोप लगाएका हुन् ।   सन् २००६ मा रिलिज भएको फिल्ममा विजयकान्तको दोहोरो भूमिका छ । ‘जवान’मा पनि शाहरुख खान दोहोरो भूमिका देखिने चर्चा छ । फिल्ममा विजय सेतुपती र प्रियामणीको पनि अभिनय रहेको छ । यो फिल्म आउँदो सालको जुन २ मा रिलिज हुँदैछ । निर्माताको दाबीलाई लिएर सोमबार तमिल निर्माता संघले सोधपुछ सुर...
अभिनेता वरुण धवन अभिनीत फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

अभिनेता वरुण धवन अभिनीत फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

मनोरञ्जन, समाचार
काठमाडौं । बलिउड अभिनेता वरुण धवन अभिनीत फिल्म 'भेडिया'को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया (ब्वाँसो) बनेको देखाइएको छ । हरर कमेडी फिल्ममा वरुण र कृतिसँगै दीपक दोब्रियाल, अभिषेक बर्नेजी, पलिन कबकलगायत कलाकारको अभिनय छ । अमर कौशिकले निर्देशनमा बनेको फिल्मलाई दिनेश विजनले निर्माण गर्नुभएको हो । हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा बनेको फिल्म मङ्सिर ९ गतेदेखि प्रदर्शन हुने भएको छ । ...
कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार

कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार

मनोरञ्जन, समाचार
काठमाडाैं । लोकप्रिय हास्य कलाकार रामचन्द्र अधिकारीको स्वास्थ्यमा सुधार आएको छ । १० दिन अगाडि निमोनिया लगायतको समस्याका कारण चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनको स्वास्थ्यमा राम्रो सुधार भएको अधिकारीको श्रीमती शिखा अधिकारीले जानकारी दिइन् । दर्शकमाझ ‘काजी साप’ उपनामले परिचित कलाकार अधिकारीलाई सुरुमा आईसियूमा भर्ना गरिएपनि अहिले क्याबिनमा राखिएको छ । ‘अहिले खाना खान थाल्नुभएको छ । स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । केही दिनमा अस्पतालले डिस्चार्ज दिनेछ’ उनकी श्रीमती सिखाले भनिन् । ६८ वर्षीय कलाकार अधिकारी सानो पर्दाका विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ लोकप्रिय छन् । थुप्रै फिल्ममा समेत अभिनय गरेका उनी ‘मेरी बास्सै’ श्रृंखलाबाट ‘काजी साप’को रुपमा देखिँदै आएका छन् । अधिकारीले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।...
‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना जितिन्

‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना जितिन्

मनोरञ्जन, समाचार
काठमाडौं। नेप्लिज फेसन होमद्वारा राजधानीमा गत शनिबार आयोजित ‘किड क्विन नेपाल २०२२’ को उपाधि १३ वर्षीया इरिना महर्जनले चुम्नुभएको छ । १८औँ संस्करणको प्रतियोगितामा महर्जनले मिस पब्लिक च्वाइस र तस्बिर मिस फोटोजेनिकको उपाधि पनि जित्नुभयो । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा इप्सा प्रजापति फस्र्ट र प्रिस्का पुलामी मगर सेकेन्ड रनरअप हुनुभयो । विजेताहरूलाई क्रमशः २५, १५ र १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको छ । ९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान बालिकाले प्रतिस्पर्धा गरेको कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा पूर्वमिस नेवाः नेपाल सुनिता डङ्गोल हुनुहुन्थ्यो । उहाँले समाजका लागि यस्तो प्रतियोगिता उपयोगी हुने चर्चा गर्दै प्रतियोगितामा जित्नेबित्तिकै सफल हुन्छु, चर्चामा आउँछु भनेर सोच्न नहुने जनाउनुभयो । मिस नेवाः नेपाल कृषा महर्जनको संयोजनमा ...