Thursday, May 2
Shadow

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डुङ्गा पल्टिँदा  ५१ जनाको मृत्यु

बङ्गलादेशमा डुङ्गा पल्टिँदा ५१ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, दुर्घटना, मुख्य समाचार
ढाका- बङ्गलादेशमा गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको छ। बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो। सो डुङ्गा दुर्घटनामा परी हराएका व्यक्तिको शव भेटिने क्रम जारी छन्। अधिकारीहरुले सोमबार रातिसम्म यहाँ थप व्यक्तिको शव भेटिएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको बताएका हुन्। स्थानीय सञ्चार माध्यमले आइतबार डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए। सो दुर्घटनामा परेर हराएका व्यक्तिको शव भेटिँदै गएको बताएका छन्। पञ्जगढ जिल्लाका प्रहरी सुपरीटेन्डेन्ट एस एम सिराजुद हुडाले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको बताउँदै सोमबार रातिसम्ममा यहाँ बेपत्तामध्ये थपको शव भेटिएको जानकारी दिएका हुन्। सो डुङ्गामा लगभग एक सय यात्रु रहे...
अमेरिकी सहायक विदेश मन्त्री ट्रुडो भोलि नेपाल आउँदै

अमेरिकी सहायक विदेश मन्त्री ट्रुडो भोलि नेपाल आउँदै

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनिती
काठमाडौँ- अमेरिकी सहायक विदेश मन्त्री एलिजावेथ केनेडी ट्रुडो बुधबार नेपाल आउँदै छिन्। अमेरिकी विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमण हुन लागेको जनाएको हो। उनले अमेरिकी सरकारको तर्फबाट विश्वव्यापी सार्वजनिक मामिला हेर्दै आएकी छन्। नेपालमा रहँदा मन्त्री ट्रुडोले सरकारी अधिकारी, नागरिक समाज, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकार र कूटनीतिज्ञसँग भेट गर्नेछन्। उनले अल्पसंख्यक समुदायका अगुवा, अमेरिका गएर फर्किएका ‘आल्मोनाई’हरुसँग समेत अन्तरक्रिया गर्ने बताइएको छ। ट्रुडोले काठमाडौँमा रहँदा मिथ्या समाचार र सञ्चारमाध्यमको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा समेत सहभागी हुने छिन्। उनले नेपालसँगै उज्बेकिस्तान, युएई र काजकिस्तानको समेत भ्रमण गर्ने छिन्। उनी १२ दिनको भ्रमणमा निस्किएकी हुन्। भ्रमणका क्रममा उनले रसिया र चीनले अमेरिकाविरुद्ध फैलाएका मिथ्या समाचार...
अमेरिकी उपसहायकमन्त्री होर्स्ट नेपालमा

अमेरिकी उपसहायकमन्त्री होर्स्ट नेपालमा

अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनिती
काठमाडौँ- दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री एजिलाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् । होर्स्ट मङ्गलवार काठमाडौं आइपुगेकी हुन् । उनले भ्रमण जलवायु परिवर्तनको क्षेत्रको हाम्रो साझेदारीमा केन्द्रित हुने काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ । भ्रमणका क्रममा उपसहायक मन्त्री होर्स्ट पहिलो पटक हुन लागेको क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम छ । ...
अफगानमा बाढीमा परी १८० जनाको मृत्यु, २५० जना घाइते

अफगानमा बाढीमा परी १८० जनाको मृत्यु, २५० जना घाइते

अन्तर्राष्ट्रिय, समाचार
अफगानिस्तानमा अगष्ट महिनामा बाढीमा परी १८० जनाभन्दा धेरैको मृत्यु भएको छ। तालिबानले बिहीबार यो तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सहयोगको लागि अपिल गरेको छ। पछिल्लो केही सातायता अफगानिस्तानको मध्य तथा पूर्वी प्रान्तहरुमा ठूलो मात्रामा बाढीको प्रकोप फैलिएको छ। बाढीको कारण हजारौं घरहरु बगाएका छन् भने मुलुकको आर्थिक तथा मानवीय संकट पनि बढेको छ। तालिबनका अनुसार बाढीको कारण २५० जना मानिसहरु घाइते भएका छन् भने ३१ सयभन्दा धेरै घरहरु पूर्णरुपमा ध्वस्त भएका छन्। अफगानिस्तानमा गत जुनमा खडेरी तथा भूकम्पको कारण एक हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो। ...
भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

अन्तर्राष्ट्रिय, खेलकुद, ब्यानर समाचार 2
काठमाडौँ- अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले संघमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको हो । सङ्घको चुनाव विगत दुई वर्षदेखि हुन सकेको छैन । अहिले एआईएफएफको विभिन्न मुद्दा अदालतमा छ । तर, स्वतन्त्र चुनाव नभएपछि फिफाले प्रतिबन्ध लगाएको हो । प्रतिबन्धपछि भारतले अब फिफा एएफसीले आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध भोग्नुपर्नेछ । यसअघि दक्षिण एसियाली मुलुक पाकिस्तानसमेत प्रतिबन्धमा परेर फुकुवा भएको थियो ।...
गोलकिपर एलेक्स लेस्टरमा अनुबन्धित

गोलकिपर एलेक्स लेस्टरमा अनुबन्धित

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौं- प्रिमियर लिग क्लब लेस्टर सिटीले गोलकिपर एलेक्स स्मिथिसलाई अनुबन्ध गरेको छ । लेस्टरले गोलकिपर एलेक्सलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । ३२ वर्षीय गोलकिपरले लेस्टरसँग दुई वर्षको सम्झौता गरेका छन् । इंग्लिस गोलकिपर एलेक्स चार सिजन कार्डिफ सिटीमा बिताएर लेस्टर आएका हुन् । एलेक्सले कार्डिफमा १०० खेल खेलेका छन् । त्यसअघि उनले हडर्सफिल्ड टाउन र क्युपीआरबाट खेलेका थिए । एलेक्सले इंग्ल्यान्डको उमेर समूहको राष्ट्रिय टोलीबाट खेलेका थिए ।...
प्रिमियर लिगमा आज ७ खेल हुँदै

प्रिमियर लिगमा आज ७ खेल हुँदै

अन्तर्राष्ट्रिय, खेलकुद
काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार विभिन्न ७ खेलहरु हुँदैछन् । प्रिमियर लिगको दोस्रो चरण अन्तर्गत शनिबार ७ खेल हुनेछ । जसमा म्यानचेस्टर सिटी, आर्सनल, म्यानचेस्टर युनाईटेड लगायतको टिमले प्रतिस्पर्धा गर्ने छन् । साविक विजेता सिटीले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ । आज सिटी लगातार दोस्रो जितको खोजीमा हुनेछ । बर्नेमाउथ पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । आर्सनलले घरेलु मैदानमा लेस्टर सिटीको सामना गर्नेछ । खेल बेलुका ७:४५ बजे सुरु हुनेछ । आर्सनल लगातार दोस्रो जितको खोजीमा हुनेछ । लेस्टर भने पहिलो जित निकाल्न चाहन्छ । म्यानचेस्टर युनाईटेडले ब्रेन्टफोर्डको सामना गर्नेछ खेल । यस खेल राति १०:१५  बजे सुरु हुनेछ । युनाईटेड पहिलो जितको खोजीमा हुनेछ । ब्रेन्टफोर्ड पनि पहिलो जित निकाल्न चाहन्छ । यस्तै अन्य खेलमा एभर्टनले एस्टन ...
इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

अन्तर्राष्ट्रिय, अपराध
एजेन्सी- इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ ।  मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ । पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो । केपीकेका प्रवक्ता अलि फिक्रीले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्बन्धी अरु प्रमाणहरु जुटाउँदै गरेको पनि फिक्रिले जानकारी दिए । “धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उनले भने । पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले बताए ।...
कोभिड संक्रमण बढेपछि चीनका विभिन्न भागमा लकडाउन !

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न भागमा लकडाउन !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार 2, मुख्य समाचार
काठमाडौं- कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ । देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन् । प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ । पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’ मा प्रवेश गरेको जनाएको छ । अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको ।...
श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै भत्काए प्रदर्शन स्थल

श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै भत्काए प्रदर्शन स्थल

अन्तर्राष्ट्रिय, पत्रपत्रिका
कोलम्बो- अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले फेस समुद्री मार्ग छेउमा आफ्ना पालहरू खाली गरिरहेको बताए । नजिकैका होटेलहरूमा बाधा भएको दाबी गर्दै प्रहरीले उक्त स्थान खाली गर्न दिएको आदेशविरुद्ध अदालतमा गरेको उजुरी पनि फिर्ता लिएको समूहका प्रवक्ताले जनाएका छन् । कार्यकर्ताहरूले आफ्ना पालहरू उतार्दै र प्रशासन विरुद्धको संघर्ष गर्न खडा गरेका अन्य संरचनाहरू हटाउँदै गरेका तस्बिर सार्वजनिक भएका छन् । इन्धन, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभावको विरोधमा अप्रिल ९ मा प्रदर्शनकारीले वृहत विरोध र प्रदर्शन सुरु गरेका थिए । जुलाई ९ मा हजारौँको संख्याका प्रदर्शनकारी राष्ट्रपति भवनतर्फ बढेपछि राजापाक्षेले बाध्य भ...