Thursday, May 2
Shadow

सुचना प्रविधि

लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित)

लुम्बिनी प्रदेशले विभिन्न पदका लागि माग्यो कर्मचारी(सूचनासहित)

टिप्स, ब्यानर समाचार, सुचना प्रविधि
काठमाडौँ- लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ। खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ। कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्तरर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको हो। योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन भनिएको छ। हेर्नुस् सूचना : ...
चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरे

चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरे

समाचार, सुचना प्रविधि
भरतपुर । चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ । भरतपुर महानगरपालिकामा मात्रै नौ हजार ग्राहकले फाइबर इन्टरनेट जडान गरेका छन् । भरतपुर महानगरको मुख्य बजार क्षेत्रमध्ये क्षेत्रपुर र गौरीगञ्जमा फाइबर जडान बाँकी छ । यस्तै भरतपुर एक्सचेन्जअन्तर्गत पश्चिम चितवनका केही ठाउँ पनि बाँकी छन् । भरतपुरमा अब एक हजार ९७ मात्र पुराना ग्राहक रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले जानकारी दिनुभयो । उहाँले २०४५ सालमा निर्माण गरिएको भरतपुर एक्सचेन्जअन्तर्गतको पुरानो प्रविधिको टेलिफोन नेटवर्क विस्थापनको अन्तिम चरणमा रहेको बताउनुभयो । ...
एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

आर्थिक, जिवनसैली, सुचना प्रविधि
काठमाडौं- एक महिनामै तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा गत असार महिनाको तुलनामा साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाखले बढेको देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत असार महिनासम्म एक करोड ८३ लाख ७ हजार २५५ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता तीन लाख ३६ हजार ५ सय ७९ जनाले बढेर साउन महिनासम्म एक करोड ८६ लाख ४३ हजार ८३४ जना पुगेका हुन् । त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । एक महिनाको अवधिमा नै दुई लाख २४ हजार ५९३ जनाले बढेको हो । गत असार महिनासम्म डेबिट कार्ड प्रयोगकर्ता एक करोड ८ लाख ५६ हजार ३५७ रहेकोमा उक्त संखया बढेर साउन महिनासम्म एक् करोड १० लाख ८० हजार ९५० पुगेको हो । त्यसैगरि, यस अवधिमा वालेट प्रयोगकर्ता चार लाख भन्दा बढील...
मेटा कम्पनीले सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि सशुल्क फिचरहरु ल्याउने

मेटा कम्पनीले सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि सशुल्क फिचरहरु ल्याउने

समाचार, सुचना प्रविधि
एजेन्सी । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि मेटाको अनुसन्धान विभाग प्रमुख भैसकेकी छिन् । स्मरण रहोस् ट्विटर तथा स्नापच्याट जस्ता सोसल मिडिया प्लाटफर्महरुमा यसअघि नै सशुल्क सेवा अर्थात् पेड सर्भिस उपलब्ध छन् । ट्विटरको सशुल्क भर्सनलाई ट्विटर ब्लु भनिन्छ भने स्नापच्याटमा पनि स्नापच्याट प्लस फिचर उपलब्ध छ । ट्विटर ब्लु तथा स्नापच्याट प्लसमा प्रयोगकर्ताले आम प्रयोगकर्ताले भन्दा विभिन्न नयाँ तथा विशेष फिचरहरु प्रयोग गर्न पाउँदछन् । ट्विटर ब्लु प्रयोगकर्तालाई हालैमात्र इडिट बटन उपलब्ध गराइएको छ । ...
कक्षा १२ को नतिजा सार्वजनिक हुदैँ, यसरी हेर्नुहोस् नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक हुदैँ, यसरी हेर्नुहोस् नतिजा

ब्यानर समाचार, समाचार, सुचना प्रविधि
काठमाडौ- कक्षा १२ को नतिजा प्रकाशित गर्न बोर्ड बैठक बोलाइएको छ । शुक्रबार अपराह्न साढे ४ बजेका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाईएको हो । परीक्षा नियन्त्रक कृष्ण शर्माले सम्पूर्ण तयारी पूरा भएको र बोर्ड बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक गरिने बताए। गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए ।  यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ । नतिजा प्रकाशित भएपछि बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतिजा हेर्न सकिनेछ । त्यसका लागि बोर्डको आफ्नै वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ ​ मा गए...
फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?

फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर, कसरी प्रयोग गर्ने ?

अचम्मका कुरा, टिप्स, सुचना प्रविधि
काठमाडौं- दैनिक रूपमा प्रयोग भइरहने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा परिवर्तन, अपडेट तथा अपग्रेड आइरहेका हुन्छन् । हामी प्रायः आफ्नै काममा व्यस्त भइरहने भएकाले कतिपय नयाँ फिचरबारे वास्ता हुँदैन । फेसबुकले मेसेन्जर एपका लागि हालै ‘बम्प’ फिचर सार्वजनिक गरेको छ । आज हामी यो कस्तो फिचर हो, कुन अवस्थामा काम लाग्छ भन्ने विषयमा जानकारी दिँदै छौँ । अब बुझौं ‘बम्प’ फिचर के हाे त ? मेसेन्जरमा भएको ‘बम्प’ले च्याट रिप्लाईको काम गरेको हुन्छ । उदाहरणका लागि तपाईंलाई मेसेन्जरमा कोही व्यक्तिले छुट्टाछुट्टै प्रश्न सोधिरहेको छ । र, त्यसको एउटा एउटा जवाफ दिनु छ भने रिप्लाई फिचर प्रयोग गरिन्छ । अब सो मेसेज बम्प गर्दा म यसको रिप्लाई दिँदैछु भन्ने अर्थ लाग्छ । कतिपय अवस्थामा कुरा गर्दा गर्दै महत्त्वपूर्ण कुरा अर्को व्यक्तिले पढ्न छुटाएको हुनसक्छ । त्यस्तो अवस्थामा पनि बम्पको प्रयोग गरेर यो छुट्यो है भन्ने...
किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?

किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?

अचम्मका कुरा, टिप्स, सुचना प्रविधि
काठमाडौं- सामान्यतया धेरैजसो प्रयोगकर्तामा दिनभर मोबाइल चार्ज नगरी चलाउने, अनि राती सुत्ने बेलामा चार्ज गर्ने बानी हुन्छ । राति पनि चार्ज भइसकेपछि झिक्नेभन्दा रातभर फोनलाई चार्जमा नै छोड्ने पनि धेरैको बानी हुन्छ । अर्कोतिर राति अबेरसम्म मोबाइल प्रयोग गर्ने अनि सुत्ने बेलामा चार्जमा राखेर भोलि बिहानमात्र चार्जबाट झिक्ने पनि केहीको बानी हुनसक्छ । यसोगर्दा तत्काल मोबाइलमा कुनै असर नदेखिए पनि लामो समयका लागि हेर्दा रातभर अथवा आवश्यकता भन्दा बढी फोन चार्जमा राख्नु जोखिमपूर्ण हुनसक्छ ।...
अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

आर्थिक, टिप्स, सुचना प्रविधि
काठमाडौं- आईफोन पारखी एप्पलको नयाँ लञ्च इभेन्टको पर्खाइमा छन् । प्राय: हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको एप्पलले यस पटक पनि सेप्टेम्बर महिनामै लञ्च इभेन्ट गर्ने चर्चा छ । तर कम्पनी स्वयंले भने इभेन्टको मितिबारे यकिन जानकारी दिइसकेको छैन । एप्पलले कार्यक्रम हुनु दुई साता पहिलेमात्र आधिकारिक जानकारी दिने गरेको पाइन्छ । तर हालै इन्टरनेटमा फैलिएको एक अफवाह अनुसार यसपटकको आईफोन लञ्च इभेन्ट सेप्टेम्बर ६ मा सार्वजनिक हुनेछ । टिप्सटर म्याक्स वेइनबचले सेप्टेम्बर ६ मा आईफोन १४ सार्वजनिक हुने र सेप्टेम्बर १६ देखि विश्व बजारमा बिक्री सुरू हुनसक्ने उल्लेख गरेका छन् । उनले यसअघि पनि आईफोन र एप्पलका अन्य उत्पादनसम्बन्धी विभिन्न विवरण लिक गर्दै आएका थिए ।...
गृहमन्त्री खाणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

गृहमन्त्री खाणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

अपराध, ब्यानर समाचार, सुचना प्रविधि
काठमाडौं- सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिनुभएको थियो । त्यसपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ । कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक क...
फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

ब्लोअप, मनोरञ्जन, साहित्य/कला, सुचना प्रविधि
काठमाडौं- फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्मअमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा पनि फिल्म छनोट भएको छ । फिल्मले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप...