Monday, April 29
Shadow

कृर्षि

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्

कृर्षि, ब्यानर समाचार
देउखुरी, मङ्सिर १० गते । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ । घोराही उपमहानगरपालिका–६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गर्नुभएको छ । उहाँको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा  धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गर्नुभएको थियो । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उहाँले बताउनुभयो  । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताउनुभयो । “महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गए जस्तो हुन्छ”, उहाँले भन्नुभयो । यस्तै, लमही नगर...
व्यावसायिक तरकारी खेतीबाट आम्दानी

व्यावसायिक तरकारी खेतीबाट आम्दानी

कृर्षि, समाचार
लेखनाथ । पोखराका उपभोक्ताले पाँच दिन अघि मात्र प्रतिमुठा साग रु एक सय ५० तिरेर खरिद गरेका थिए । एक महिना अघि मात्र प्रतिकेजी धनियाँको साग एक हजारमा बिक्री भएको थियो । तिहारमा सयपत्री फूलको मूल्य प्रतिकेजी रु एक हजार पुगेको थियो । यसैबाट प्रमाणित हुन्छ कि अब कास्कीका किसानले उत्पादन गरेको वस्तुले मूल्य पाउन थाल्यो । पोखरा महानगरपालिका–२२ भुम्दी निवासी २४ वर्षीया अप्सरा मिजारसँग आफ्नो जमिन नभए पनि दई रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेकीमा भदौ र आसोज महिनामा उत्पादन गरिएको काँक्राले मात्र रु एक लाख आम्दानी गरायो । यसै महिनामा उत्पादन भएको सिमीले रु ५० हजार मुनाफा दियो । बजारमा यतिबेला सिमीको मूल्य प्रतिकेजी रु एक सय २० थियो । तीन रोपनी जग्गामा लगाइएको तरकारीबाट मासिक रु ३० हजार मुनाफा हुने गरेको कृषक मिजारले सुनाए । उनको पति कुमार रोजगारीका लागि कतारमा छन्, कतार गएको पनि तीन महिना मात्र...
तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री

कृर्षि, समाचार
भरतपुर । तिहार पर्वमा चितवनका एउटै किसानले सात लाख रुपियाँको सयपत्री फूल बेच्नुभएको छ । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा सात लाख रुपियाँको फूल बेच्नुभएको हो । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उहाँले यस वर्ष चार बिघामा फूल रोप्नुभएको थियो । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उहाँको भनाइ छ । पाख्रिनले भन्नुभयो, “गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पु¥याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।” यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उहाँ बताउनुहुन्छ । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उहाँले बताउनुभयो । फूल बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिनुभयो ...
चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

चितवनमा यस वर्ष धान उत्पादन बढ्ने

कृर्षि, समाचार
चितवन ।  यसवर्ष चितवनमा धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ । केन्द्रका प्रमुख युवराज पाण्डेले यसवर्ष रोगव्यादीको प्रकोप कम भएको र पानीले पनि कम नोक्सान गरेका कारण उत्पादन बढ्ने अनुमान गरिएको बताए । “सरकारले समयमा रासायनिक मल दिन नसके पनि किसानहरुले भारतसँगको खुला सिमानाका कारण विभिन्न माध्यामबाट मल ल्याउनुभयो”, उनले भने, “हाम्रो स्थलगत निरीक्षणमा पनि उत्पादन राम्रो देखिएको छ । चितवनमा गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन बढ्छ । चितवनलाई धान उत्पादनको भण्डार मानिन्छ । यहाँका अधिकांश किसानले यस वर्ष सावित्री, राम धान (वार) र सावा धान लगाएका छन् । चितवनको इच्छाकामना गाउँपालिका बाहेकका सबै स्थानीय तहमा धानको उत्पादन राम्रो छ । पूर्वी चितवनको ...
कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कैलाली बाढीः ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कृर्षि, समाचार
टीकापुर  । लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको वर्षापछि २३ गते आएको बाढीले टीकापुरमा पाकेको धानबाली र फुल्न थालेको धानबालीमा क्षति पुर्याएको कृषि शाखा प्रमुख मोतिसिंह विकले जानकारी दिनुभयो । उहाँले कृषितर्फ बाढीले पुर्याएको क्षतिको तथ्याङ्क लिने काम भइरहेको बताउनुभयो । “हरेक वडामा वडघरको सहयोगमा टोलटोलमा पुगेर तथ्याङ्क लिने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “वडा नं ५, ६, ७, ८ र ९ मा धानबालीमा बढी क्षति भएको छ । कतिपय किसानको बाली खेतमै गलेको छ ।” पालिकाभरिको कुरा गर्दा २० प्रतिशत बढी बालीमा...
बाँझो जमिन प्रयोग गर्ने कृषकलाई प्रतिरोपनी भत्ता

बाँझो जमिन प्रयोग गर्ने कृषकलाई प्रतिरोपनी भत्ता

कृर्षि, मुख्य समाचार, समाचार
बागलुङ, असोज ४ गते । ताराखोला गाउँपालिकाले भने कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ । कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषक प्रोहोत्सान कार्यक्रम ल्याएको ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिनुभयो ।यस कार्यक्रमअन्तर्गत रहेर अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छन्, उसलाई उति धेरै प्रोहोत्सान भत्ता उपलब्ध गराउने उहाँको भनाइ छ । कृषकले बाँझो जमिनमा खेती गरेवापत गाउँपालिकाले प्रतिरोपनी रु दुई हजार उपलब्ध गराउने उहाँले बताउनुभयो । “गाउँपालिकाले कृषकका लागि निकै राम्रो कार्यक्रम ल्याएको छ, उहाँहरूलाई चाहिने आवश्यक सहयोगसँगै जति धेरै क्षेत्रफलमा कृषि गर्नुहुन्छ, उति धेरै भत्तासमेत पाउनु हुनेछ, अहिले प्रतिरोपनी रु दुई हजारका...
कार्यान्वयनमा आएन भू–उपयोग नियमावली

कार्यान्वयनमा आएन भू–उपयोग नियमावली

कृर्षि, ब्यानर समाचार, ब्यानर समाचार 2
मलेखु ।सधैँजसो भरिभराउ हुने जिल्ला मालपोत कार्यालय तीन महिनादेखि सुनसानजस्तै बनेको छ । कार्यालयमा सेवाग्राही घट्नुको कारण सङ्घीय सरकारले ल्याएको ‘भू–उपयोग नियमावली २०७९’ रहेको जनाइएको  छ । भू–उपयोग नियमावली राजपत्रमा प्रकाशित भएको तीन महिना बितिसक्दा पनि कार्यान्वयनमा आएको छैन । यो कार्यान्वयनमा नआउँदा जग्गाको कित्ताकाट र रजिस्ट्रेसन तथा दृष्टिबन्धक पास गर्ने काम भएको छैन । सिङ्गै कित्ताको नामसारी र बैङ्क रोक्काबाहेक अरू काम नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । धादिङका स्थानीय तहले जग्गाको वर्गीकरणको काम थालेका छैनन् । स्थानीय तहको ढिलासुस्तीले ऐन कार्यान्वयनमा आउन ढिलाइ भएको हो । “जति छिटो स्थानीय तहले काम गर्न सक्यो, त्यति नै छिटो कित्ताकाटको काम सुरु हुन्छ”, मालपोत कार्यालयका प्रमुख रामकृष्ण तामाङले भन्नुभयो, “स्थानीय सरकार नतातेसम्म कर्मचारीले केही गर्न सक्दैनन् ।” सङ्घीय सरक...
मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान चिन्तित

मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान चिन्तित

कृर्षि, समाचार
तनहुँ ।  व्यास नगरपालिका–१३ मा फौजी किराको प्रकोपका कारण किसानले लगाएको मकैबाली नष्ट गरेको छ । मकैको घोगा लाग्ने समयमा  किराले खाएर नष्ट गरेपछि किसान चिन्तित भएका उनीहरु समस्यामा परेका हुन् । करिब १० रोपनी क्षेत्रफलमा लगाएको मकैबाली किराले नष्ट गरिदिएको स्थानीय किसान मेघनाथ आचार्यले जानकारी दिए । ‘घोगा लाग्ने समयमा किराले मकै नष्ट गरिदियो । यसअघिका दुई वर्षसम्म लगातार फौजी किराले मकै नष्ट गरेपछि घाटा ब्यहोर्नुपरे पनि यसपटक केही होला भनेको फेरि उस्तै भयो’, उनले भने । राम्रो मूल्य पाउने आशामा हिउँदे मकैखेती लगाए पनि चमरा काढ्ने र घोगा हाल्ने समयमा एकाएक फौजी किरा आएर नष्ट गरिदिएको उनीहरुको भनाइ  छ । किराको रोकथामका लागि पटकपटक औषधि प्रयोग गरे पनि समाधान गर्न नसकिएको जनाइएको छ।  सधैँ यस्तै बाली नष्ट हुन थालेपछि अर्को वर्षदेखि घाँस लगाउने योजनामा त्यस क्षेत्रका किसान रहेका छन् । पन्ध्...
झापामा नयाँ अभ्यासको रूपमा धानको बिउँ उत्पादन गर्न रोपाइ सुरु

झापामा नयाँ अभ्यासको रूपमा धानको बिउँ उत्पादन गर्न रोपाइ सुरु

कृर्षि, समाचार
दमक । झापाको कमल गाउँपालिकामा भदौको दोस्रो सातामा नयाँ अभ्यासको रूपमा धानको बिउँ उत्पादनका लागि बिजी धानको रोपाइ सुरु भएको छ । क्यारिटास नेपालको सहकार्यमा सो गाउँपालिकाको वडा २ मा सामूहिक रूपमा धान लगाइएको कृषि प्राविधिक समेत रहनु भएका स्थानीय टंक कट्टेलले बताउनुभयो । आदिवासी सिमान्ताकृत समुदायलाई सहभागी गराएर बनाइएको सन्थाल उत्थान आइपीएम कृषक समूहमार्फत सो प्रयोगात्मक रूपमा ढिला धान लगाइएको उहाँले जानकारी दिनुभयो । “खेत बाँझो देखेपछि सोधखोज गरेर नयाँ प्रयोगको रूपमा धान रोप्ने काम भएको हो” कट्टेलले भन्नुभयो । यस धानको बिउँ जेठ तथा असार महिनामा बिउँ राखेर असार तथा साउन महिना रोप्ने र माघ तथा फागुनमा राखेर चैत, वैशाखमा रोपिने गरिन्थ्यो उहाँले बताउनुभयो । यो धान अब कात्तिक महिनामा काट्न सकिनेछ । किसानले धान काटेर बेमौसमी तरकारी समेत खेतमा लगाउन सक्ने भएकाले प्रभावकारी बन्न सक्ने उहाँको ...
नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

आर्थिक, कृर्षि, ब्यानर समाचार 2
काठमाडौं- नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोको खाना पठाएको विभागले जनाएको छ । सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको छ । ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा नेपालले कुकुर र बिरालोका खाना पठाउँदै आएको छ...