Friday, May 17
Shadow

अन्तर्राष्ट्रिय

कतार विश्वकप : उद्घाटन खेल एकदिन अगाडी सर्न सक्ने

कतार विश्वकप : उद्घाटन खेल एकदिन अगाडी सर्न सक्ने

अन्तर्राष्ट्रिय, खेलकुद, टिप्स, समाचार
काठमाडौं-  कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल एकदिन अगाडी सर्न सक्ने भएको छ । अर्जेन्टिनाको दैनिक पत्रिका डायरियो ओलेले कतार विश्वकपको उद्घाटन खेल एकदिन अगाडी सार्ने फिफाले तयारी गरेको जनाएको छ । ​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । तर, फिफाले कतार र इक्वेडरबीचको उद्घाटन खेल नोभेम्बर २० मा गर्ने तयारी गरेको हो । यस्तै इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ । तर, खेल तालिका स्वीकृतिका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन हुनुपर्छ । जसका लागि भोटिङ हुन्छ । भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित महादेशका अध्यक्षहरुले मतदान गर्न पाउने छन् ।...
चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

चीनमा देखियो नयाँ भाइरस, जसको कुनै खोप वा उपचार छैन !

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, स्वास्थ्य
काठमाडौँ- चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ । सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो सङ्क्रमणबाट अहिलेसम्म चीनमा ३५ जना सङ्क्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरूप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो ।...
युवा सम्मेलनमा सहभागी हुन बस्नेत नेतृत्वको टोली अजरबैजान प्रस्थान

युवा सम्मेलनमा सहभागी हुन बस्नेत नेतृत्वको टोली अजरबैजान प्रस्थान

अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । साउन ७ गते ।असंलग्न आन्दोलनको युवा शिखर सम्मेलनमा भाग लिनका लागि शनिबार नेपाली प्रतिनिधि मण्डल अजरबैजानको राजधानी वाकु प्रस्थान गरेको छ। नेपालका तर्फबाट राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको नेतृत्वमा दुई सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो। टोलीमा अर्का सदस्य युवा तथा खेलकुद मन्त्रालयका उपसचिव डा.कृष्णबहादुर घिमिरे रहेका छन् । जुलाई २५ देखि २९ सम्म संचालन हुने शिखर सम्मेलनमा असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाउने विभिन्न मुलुकका युवा प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ। हालसम्म १२० देशले असंलग्न आन्दोलनमा ऐक्यबद्धता जनाइसकेकाछन्। युवा शिखर सम्मेलनबाट असंलग्न आन्दोलनमा ऐक्यवद्धता जनाउने मुलुकका युवाहरुको अन्तर्राष्ट्रिय नेटवर्क समेत गठन गर्ने कार्यसूची रहेको उपाध्यक्ष बस्नेतले जनाए। बस्नेत नेतृत्वको टोली आगामी शनिबार स्वदेश फर्किने छ ।...