Friday, May 17
Shadow

अपराध

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मोरङको टोलीले पेस्तोलसहित दुई पक्राउ

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट मोरङको टोलीले पेस्तोलसहित दुई पक्राउ

अपराध, समाचार
विराटनगर । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेको छ । उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् । बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ । सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा सोमबार साँझ ५ बजे उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न न...
एटिएम मेशिन फोरेर चोरी गरेको आरोपमा युवक पक्राउ

एटिएम मेशिन फोरेर चोरी गरेको आरोपमा युवक पक्राउ

अपराध, समाचार
काठमाडौं । पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी दुई वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  नवलपरासी (पूर्व) देवचुली नगरपालिका–५ घर भइ कास्की पोखरा महानगरपालिका–३० डुँडाको मुख बस्ने भेडे भन्ने २१ वर्षीय अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको हो।   पोखरा महानगरपालिका–२७ ताल चोकस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन तोडफोड गर्ने प्रयास गरेको तथा एनएमबी बैंकको एटिएम मेशिन फोडी साउन ३ गते बिहान नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई रुपन्देही बेलहियाबाट पक्राउ गरेको हो।  प्रहरीले घटनामा प्रयोग भएको ग १० प २९६३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।...
व्यापारीलाई ‘हनी ट्रयाप’मा फसाएको आरोपमा दाङबाट ५ जना पक्राउ

व्यापारीलाई ‘हनी ट्रयाप’मा फसाएको आरोपमा दाङबाट ५ जना पक्राउ

अपराध, ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं- दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरका सुनचाँदी पसल संचालकलाई ४ महिला र ३ जना पुरुष मिलेर योजनाबद्ध ‘हनी ट्रयाप’मा पारेका छन् । हनी ट्रयापमा पारेको आरोपमा प्रहरीले ४ महिला र एकजना पुरुष सहित ५ जनालाई पक्राउ गरेको छ । योजनामा संलग्न अरु २ जना फरार छन् । आरोपीहरुले ट्रयापमा पारेपछि ब्यापारीलाई  घोराही उपमहागरपालिका–१३ स्थित बडहरामा लगेर १ लाख नगद र ११ लाख बराबरको चेक लिएर छाडेको दाङका एसपी सुरेश काफ्लेले बताए । सो कसुरमा संलग्न आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका–१० बस्ने ३२ वर्षीया पवित्रा डाँगी, ३२ वर्षीया विमला डाँगी, २९ वर्षीया शान्ता नेपाली, २२ वर्षीया शर्मिला नेपाली र रोल्पा घर भएका ४० वर्षीय दिलिप कुमार वलीलाई पक्राउ गरेको छ । साउन २७ मा पक्राउ गरेर उनिहरुलाई अपराधी लाभ लिन नहुने कसुरमा म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।...
एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ

एम्बुलेन्सबाट ९० केजी गाँजा बरामद, चालक पक्राउ

अपराध, मुख्य समाचार
काठमाडौं- सिरहाको लहान नगरपालिका–१ स्थित सडकबाट करिब ९० केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामा छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । को.१ च ७५७७ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्सको पछाडी बिरामी राख्ने स्थानमा उक्त परिमाणको गाँजा भेटिएको प्रहरीले जनाएको छ । त्यसपछि एम्बुलेन्स चालक लामालाई प्रहरीले पक्राउ गरेको हो ।...
लुटपाट गरेको अभियोगमा पक्राउ

लुटपाट गरेको अभियोगमा पक्राउ

अपराध, समाचार
बर्दिया ।  बढैयाताल गाउँपालिका-८ कण्ठपुर स्कुल लाईन बस्ने ८३ वर्षीया वद्ध महिलाको सुनको २ थान कानबाली र फुली लुटपाट गरेको अभियोगमा भारत बहराईच मोतिपुर नानपारा तहसिल चौधरीगाउँ बस्ने २६ वर्षीय रजन दर्जीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरमा एक्लै बसिरहेकी ती महिलाको गहना रजनले लुटपाट गर्दा महिलाले हो-हल्ला गरेपछि प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

इन्डोनेसियामा भ्रष्टाचार गरेको अभियोगमा ३४ जना पक्राउ

अन्तर्राष्ट्रिय, अपराध
एजेन्सी- इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ ।  मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गरेको आरोप लागेको छ । पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो । केपीकेका प्रवक्ता अलि फिक्रीले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । केपीकेको टोलीले उनीहरुमाथि लागेको आरोपसम्बन्धी अरु प्रमाणहरु जुटाउँदै गरेको पनि फिक्रिले जानकारी दिए । “धेरै कुरा पत्ता लागेपछि हामी स्पष्ट भएर उनीहरुलाई पक्राउ गरेका हौँ, थप अनुसन्धान गर्ने र प्रमाण जुटाउने काम पनि गरिरहेका छौँ,” उनले भने । पक्राउ परेका सबैलाई उच्च सुरक्षाका साथ राखिएको उनले बताए ।...
गृहमन्त्री खाणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

गृहमन्त्री खाणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

अपराध, ब्यानर समाचार, सुचना प्रविधि
काठमाडौं- सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिनुभएको थियो । त्यसपछि गृहमन्त्री खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ । कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक क...
५८ लाख नतिरी फरार अभियुक्त पक्राउ

५८ लाख नतिरी फरार अभियुक्त पक्राउ

अपराध
काठमाडौं- बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका चाँगुनारायण नगरपालिका–३ झौखेलका ४४ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । उनलाई आज महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालतको एक महिना १५ दिन कैद र रु ५८ लाख ९६ हजार पाँच सय जरिवाना फैसला भएका थापालाई प्रहरीले पक्राउ गरी भक्तपुर अदालतमा पेस गरेकामा आजै अदालतले कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।...
आफन्तको घरमा पाहुना आएकी बालिका बलात्कृत, १ जना पक्राउ

आफन्तको घरमा पाहुना आएकी बालिका बलात्कृत, १ जना पक्राउ

अपराध
काठमाडौं- मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । ‘ती युवती बेलबारीमा आफन्त कहाँमा आएका बेला उनीहरूको चिनजान भएको थियो । बेलबारी–८ मा भएको कराँते प्रतियोगिता हेर्न दुवै जना गएका रहेछन् । आरोपित युवाले निगुरो टिप्न जाऊँ भनी बालिकालाई ललाइफकाई सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ ईलाका प्रहरी कार्यालय बेलबारीका निरीक्षक खगेन्द्र धमलाले भने । प्रहरीका अनुसार गत सोमवार साँझ ५ बजेतिर बलात्कृत भएको भनी बालिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । बालिकाले आफू बलात्कृत भएको भनी आफन्तलाई सुनाएपछि आफन्तहरू आरोपित सन्तोषका घरमा गएका थिए । सन्तोषका परिवार...
मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ-  प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रङको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रङको सिएफ मोटरसाइकल, रातो रङको पल्सर मोटरसाइकल र प्रदेश नम्बरप्लेट भएको पल्सर मोटरसाइकल ...