दाङका किसानले धानको उचित मूल्य पाउन सकेनन्
देउखुरी, मङ्सिर १० गते । दाङमा किसानले सरकारीस्तरबाट तोकिएको धानको समर्थन मूल्य पाउन सकेका छैनन् । किसानको धान बिक्री गर्ने समयमा पनि सरकारीस्तरबाट निर्धारण गरिएको समर्थन मूल्यमा बिक्री हुनसकेको छैन । जिल्लामा किसान तथा व्यापारीको सहमतिमा मूल्य निर्धारण गरेर आफूखुसी धान खरिद बिक्री भइरहेको छ ।
घोराही उपमहानगरपालिका–६ का विमल चौधरीले दुई बिघा जमिनमा धान खेती गर्नुभएको छ । उहाँको आम्दानीको स्रोत भनेकै खेतीपाती हो । गत वर्ष मोटा धान प्रति क्विन्टल रु दुई हजार दुई सयमा बिक्री गर्नुभएको थियो । यसपालि पनि सोही मूल्यमा २० क्विन्टल धान बिक्री गरेको उहाँले बताउनुभयो । घरमा राख्दा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बेच्न बाध्य भएको चौधरीले बताउनुभयो ।
“महँगोमा मल, बीउ किन्नुपर्छ तर धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गए जस्तो हुन्छ”, उहाँले भन्नुभयो ।
यस्तै, लमही नगर...