Friday, May 17
Shadow

मुख्य समाचार

सर्वोच्चको अन्तरिम आदेशप्रति मेयर साह असन्तुष्ट

सर्वोच्चको अन्तरिम आदेशप्रति मेयर साह असन्तुष्ट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौं- नर्भीक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन दिएको सर्वोच्चको अन्तरिम आदेशप्रति काठमाडौं महानगरका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । बुधबार सर्वोच्चले अस्पताललले सरकारी भवनमा बनाएका भवन तत्काल नभत्काउन र दुवै पक्षलाई सोमबार अदालतमा उपस्थित हुन अन्तरिम आदेश दिएपछि सोप्रति साहले असन्तुष्टि जनाएका हुन् । अदातलको यो आदेश आए लगत्तै बालेनले फेसबुकमा लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’...
मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ-  प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नुवाकोटकै दुप्चेश्वर गाउँपालिकाका ४० वर्षीय रामशरण दमाईं र रामेछापको खाँडादेवी गाउँपालिकाका २५ वर्षीय घनश्याम कार्की छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानबाट चोरीका मोटरसाइकलसहित पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग सुजुकी कम्पनीको कालो रङको गिसर मोटरसाइकल, यामाहा कम्पनीको एफजेडएस मोटरसाइकल, कालो रङको सिएफ मोटरसाइकल, रातो रङको पल्सर मोटरसाइकल र प्रदेश नम्बरप्लेट भएको पल्सर मोटरसाइकल ...
वीरगञ्जका १३वीरगञ्ज महानगरपालिका कालोसूचीमा

वीरगञ्जका १३वीरगञ्ज महानगरपालिका कालोसूचीमा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
पर्सा- वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै विद्यालयलाई कालोसूचीमा राखिएको हो । यसरी कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा वीरगञ्ज, नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी रहेका छन् । यसैगरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनियारी, रामजानकी आधारभूत विद्यालय रामगढवा, मदर्सा इस्लामिया आधारभूत विद्यालय सुगौलीविर्ता, नेपाल राष्ट्रिय आधारभूत वि...
नागरिकता विधेयक राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन

नागरिकता विधेयक राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन

मुख्य समाचार, राजनिती
काठमाडौं । राप्रपा नेपाल सम्बद्ध जनवर्गीय सङ्गठनहरूले संसदबाट पास गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पु¥याउँने भन्दै राँके जुलुस प्रदर्शन गरेका छन् । शनिबार साँझ पार्टी सम्बद्ध युवक, विद्यार्थी र युवा मोर्चाका नेता कार्यकर्ताले नागरिकता विधेयकका बुँदाहरु विवादास्पद, अनुचित र राष्ट्र हित विपरीत भएको भन्दै राँके जुलुस प्रदर्शन गरेका हुन् । उनीहरुले विवाह गर्नासाथ कुनैपनि विदेशी नागरिकले तत्काल नागरिकता पाउने नीति विश्वमै कहीँ नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । सबै नेपालीले नागरिकता सरल र सहज रूपमा पाउने कुरामा दुईमत नभएतापनि विदेशीलाई नाङ्लोमा राखेर नागरिकता बाँड्ने विषय स्वीकार्य नहुने  जनाए । नागरिकता कागजको खोस्टो मात्र नभएर देशको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको विषय भएको बताए । उनीहरुले सत्ता र स्वार्थ पूर्त...
गभर्नरलाई बर्खास्त गर्न माग गर्दै सांसदहरूलाई एसएमएस

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै सांसदहरूलाई एसएमएस

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
सत्तारुढ दलनिकट विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको आन्दोलनलाई जारी राखेका छन् । शनिबार अनेरास्ववियू (क्रान्तिकारी) को उपत्यका विशेष प्रदेश समितिले सांसदहरूलाई गभर्नरलाई बर्खास्त गर्न माग गर्दै एसएमएस अभियान सञ्चालन गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो संगठनको विभागमा खोटाङ घर भएका एम अधिकारीलाई समावेश गरेपछि विद्यार्थीहरूले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरिरहेका छन् । राष्ट्र बैंकको ऐनअनुसार गभर्नर पदमा रहँदा कुनै पार्टीको सदस्यता लिन वर्जित छ । एमालेका एम अधिकारी नै महाप्रसाद अधिकारी भएको आरोप छ । प्रधानमन्त्रीले समेत राजीनामा दिन सुझाईसकेको अवस्थामा पनि गभर्नरले भने सहजै राजीनामा दिने संकेत देखाएका छैनन् । ...
नागरिकता विधेयक २०७९ बहुमतले पारित

नागरिकता विधेयक २०७९ बहुमतले पारित

ब्यानर समाचार, मुख्य समाचार
काठमाडौं । साउन ७ गते । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको सो विधेयकमाथि दफावार छलफल भएको थियो । प्रतिपक्षी दलले वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने ७ वर्ष अवधि राख्नुपर्ने भन्दै विधेयकको विपक्षमा मतदान गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमाले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टीले विधयकको विपक्षमा मतदान गरेका हुन्। सत्तापक्ष तथा प्रतिपक्षी दलका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए । धेरैजसो संसोधन प्रस्तावमा समयसीमा राख्नुपर्ने प्रस्ताव गरिएको थियो । विधेयकमाथिको दफावार छलफलपछि सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा सत्तापक्षका सांसदहरुले आफ्नो प्रस्ताव फिर्ता लिएका थिए । प्रतिनिधि सभाबाट पारित भएको यो विधेयकमाथि अब राष्ट्रियसभामा...