Friday, May 17
Shadow

राजनिती

अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं : नेता  भट्टराई

अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं : नेता भट्टराई

ब्यानर समाचार, राजनिती, समाचार
काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन् । बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्वयबीच भएको भेटमा अध्यक्ष प्रचण्डले उक्त प्रस्ताव गरेका हुन् । ‘अब पार्टी एकता गरौं र समाजवादी केन्द्र बनाऔं । कम्युनिष्ट पार्टी बनाउँदा नेकपा एकीकृत समाजवादीका साथीहरूसहित एकताको वातावरण बन्छ,’ प्रचण्डले भट्टराईलाई गरेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो । भट्टराईले सुरुमा आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्लले केही दिनदेखि डा. भट्टराई लगायतका नेतासँग निरन्तर भेटघाट भइरहेको र यही क्रममा बुधबार बिहान पनि डा. भट्टराईसँग भेट भएको बताए । यसअघि उन...