Friday, May 17
Shadow

स्थानिय तह

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिए । जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो । २०६७/६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो । यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनः बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउछन्  । डेङ्गुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उनको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहान...
सर्वोच्चको अन्तरिम आदेशप्रति मेयर साह असन्तुष्ट

सर्वोच्चको अन्तरिम आदेशप्रति मेयर साह असन्तुष्ट

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौं- नर्भीक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन दिएको सर्वोच्चको अन्तरिम आदेशप्रति काठमाडौं महानगरका मेयर बालेन शाहले असन्तुष्टि जनाएका छन् । बुधबार सर्वोच्चले अस्पताललले सरकारी भवनमा बनाएका भवन तत्काल नभत्काउन र दुवै पक्षलाई सोमबार अदालतमा उपस्थित हुन अन्तरिम आदेश दिएपछि सोप्रति साहले असन्तुष्टि जनाएका हुन् । अदातलको यो आदेश आए लगत्तै बालेनले फेसबुकमा लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’...
वीरगञ्जका १३वीरगञ्ज महानगरपालिका कालोसूचीमा

वीरगञ्जका १३वीरगञ्ज महानगरपालिका कालोसूचीमा

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
पर्सा- वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक–पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आइइएमआइएस) अद्यावधिक गर्न अटेर गरेको भन्दै विद्यालयलाई कालोसूचीमा राखिएको हो । यसरी कालोसूचीमा पर्ने विद्यालयमा त्रिजुद्ध माध्यमिक विद्यालय, नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, विश्वहिन्दू संस्कृति आधारभूत विद्यालय विद्यापीठ, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवा, मकतव इनर्वा वीरगञ्ज, नेपाल राष्ट्रिय आधारभूत विद्यालय अपौनी रहेका छन् । यसैगरी नेपाल राष्ट्रिय आधारभूत विद्यालय परवानीपुर, नेपाल राष्ट्रिय आधारभूत विद्यालय मनियारी, रामजानकी आधारभूत विद्यालय रामगढवा, मदर्सा इस्लामिया आधारभूत विद्यालय सुगौलीविर्ता, नेपाल राष्ट्रिय आधारभूत वि...