Friday, May 17
Shadow

Tag: राष्ट्र बैंक

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

एक महिनामै तीन लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता

आर्थिक, जिवनसैली, सुचना प्रविधि
काठमाडौं- एक महिनामै तीन लाखको संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकमा गत असार महिनाको तुलनामा साउन महिनामा मोबाइल बैंकिङ प्रयोगकर्ता तीन लाखले बढेको देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत असार महिनासम्म एक करोड ८३ लाख ७ हजार २५५ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता तीन लाख ३६ हजार ५ सय ७९ जनाले बढेर साउन महिनासम्म एक करोड ८६ लाख ४३ हजार ८३४ जना पुगेका हुन् । त्यस्तै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या पनि बढेको छ । एक महिनाको अवधिमा नै दुई लाख २४ हजार ५९३ जनाले बढेको हो । गत असार महिनासम्म डेबिट कार्ड प्रयोगकर्ता एक करोड ८ लाख ५६ हजार ३५७ रहेकोमा उक्त संखया बढेर साउन महिनासम्म एक् करोड १० लाख ८० हजार ९५० पुगेको हो । त्यसैगरि, यस अवधिमा वालेट प्रयोगकर्ता चार लाख भन्दा बढील...