Friday, May 17
Shadow

एयर फ्रान्सका दुई पाइलटबीच प्लेनभित्रै कुटाकुट भएपछि …


  • -इ
  • इ+
एजेन्सी । एयर फ्रान्सका दुईजना पाइलटबीच प्लेनको ककपिटभित्र नै कुटाकुट भएको छ । यो घटना जेनेभादेखि फ्रान्ससम्मको उडानको क्रममा भएको भएको हो ।
कम्पनीले घटनामा संलग्न दुई जनालाई निलम्बितसमेत गरेको छ । यसका बाबजुद विमानले सामान्य रूपमा आफ्नो गन्तव्यमा पुगेको थियो । विवादले उडानमा भने कुनै समस्या नआएको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । उनले आफ्नो एयरलाइन्स यात्रुको सुरक्षाका लागि प्रतिबद्ध रहेको कुरा दोहोर्‍याए ।

स्वीस ला ट्रिब्युन डेलीको समाचार अनुसार पाइलट र कोपाइलटबीच विमान उडान भर्ने बित्तिकै विवाद सुरु भएको थियो । यस क्रममा उनीहरूले एकअर्काको सर्टको कलर समात्नेदेखि मुक्का समेत बर्साएका थिए ।

विवादपछि क्याबिन क्रूको सदस्यले उनीहरूलाई छुट्टाएका थिए । र, उडान अवधिभर उनी ककपिटमा नै बसेका थिए । बुधबार फ्रान्सको एयर इन्भेस्टिगेसन एजेन्सी (बीईए) ले रिपोर्ट प्रकाशन गरेपछि यसबारे जानकारी बाहिर आएको हो ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्