Monday, April 29
Shadow

पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


  • -इ
  • इ+

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको रिपोर्ट नभएको मन्त्रालयको भनाइ छ । यस अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्