Friday, May 10
Shadow

ब्राजिलको प्लेनाल्टिना सपनामा देखेकाे घटनालाई लिएर उठेर चक्कुले घाँटीमा हानेपछि


  • -इ
  • इ+

एक व्यक्तिले सपनामा आफ्नी श्रीमतीको पर पुरुषसँग सम्बन्ध भएको देखे । सपनामा देखेको कुराले उनलाई बिपनामा यति रिस उठायो कि उनले श्रीमतीलाई चक्कुले हमला गरे । ती व्यक्तिले श्रीमतीको गर्धन र हातमा थुप्रै पटक हमला गरेर उनलाई घाइते बनाए र फरार भए ।

घाइते अवस्थामा नै श्रीमतीलाई अस्पताल लगियो जहाँ उनको उपचारपछि ज्यान भने बचेको छ । ९ अगस्टमा भएको घटनापछि फरार रहेका आरोपी श्रीमानलाई अहिले पक्राउ गरिएको छ । करिब पाँच हप्तापछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

द मिररको खबर अनुसारघटना ब्राजिलको प्लेनाल्टिनाको हो । यहाँ ३७ वर्षका एक व्यक्तिमाथि सपनामा देखेको कुरालाई वास्तविक ठानेर हमला गरेको आरोप लागेको छ । श्रीमतीको गर्धन र हातमा गम्भीर चोट लागेको छ ।

यी दुईको १३ वर्ष अघि विवाह भएको थियो । उनीहरुका चार सन्तान छन् ।

सपना देखे र श्रीमतीमाथि हमला गरे

रिपोर्टका अनुसार घटना भएको दिन यो जोडीको मध्य रातमा झगडा परेको थियो किनभने श्रीमानले उनकी श्रीमतीको अन्य व्यक्तिसँग अफेयर चलिरहेको भनेर सपना देखेका थिए । उनी निद्राबाट ब्युँझिए र सपनामा देखेको कुरा निकालेर श्रीमतीसँग बहस गर्न थाले । तर पीडितले त्यस्तो केही नभएको र यो उनको भ्रम मात्रै भएको भनेर श्रीमानलाई सम्झाइन् ।

त्यसपछि उनी सुत्न गइन् । आरोपीले उक्त सपनाबारे बारम्बार सोचेको र यसैकारण उनलाई रिस उठेको बताइन्छ । उनले त्यसपछि चक्कु उठाए र त्यो श्रीमतीमाथि प्रहार गरेको स्थानीय मिडियाले बताएको छ ।

उनले श्रीमतीको घाँटी, कोलारबोन र हातमा बारम्बार चक्कुमार्फत् हमला गरेको बताइन्छ ।

पीडित कसैगरी थप आक्रमणबाट उम्किन सकिन् । उनलाई तुरुन्तै स्थानीय अस्पताल लगियो । तसर्थ उनको ज्यान बच्न सक्यो । प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरिसकेका छन् । उनको एक आपराधिक रेकर्ड पनि छ । उनीविरुद्ध श्रीमतीको हत्याको प्रयासको आरोप लगाइएको छ । यसबारे अनुसन्धान जारी छ ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्