Wednesday, May 1
Shadow

अझै चार सय ९९ जना सक्रिय संक्रमित


  • -इ
  • इ+

काठमाडौं । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय २५ जनाको पिसीआर र एन्टीजेन नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हो ।

संकलित नमूनामध्ये सात सय ७२ को पिसीआर र सात सय ५२ को एन्टीजेन विधिमार्फत परीक्षण गरिएको हो । यस्तै, नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ११ लाख ५३ हजार पुगेको छ । यसमध्ये ९८.७ कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट नेपालमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने अझै पनि चार सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्