Thursday, May 2
Shadow

अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता


  • -इ
  • इ+

एजेन्सी ।  अमेरिका र रुसी गुप्तचर निकायका प्रमुखबीच प्रत्यक्ष वार्ता भएको छ।

टर्कीको राजधानी अंकारामा सोमबार भएको वार्तामा युक्रेनमा रुसले गर्न सक्ने रासायनिक आक्रमण र रुसमा बन्धक बनेका अमेरिकी बन्दीसहितका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।   अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक विलियम बर्न र उनका समकक्षी सर्गेइ नार्यश्किनबीचको वार्ता अमेरिकी प्रयासले भएको हो।  रुसले युक्रेनमाथि आक्रमण थालेयता पहिलोपटक दुई देशका उच्च अधिकारीबीच वार्ता भएको हो।  सन् २००५ देखि २००८ सम्म रुसका लागि अमेरिकी राजदूत रहिसकेका बर्न र उनका समकक्षीबची युद्ध अन्त्यको प्रयासस्वरूप वार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्