Sunday, May 12
Shadow

दिग्गज कम्पनी अमेजनले करिब १० हजार कर्मचारी कटौती गर्ने


  • -इ
  • इ+

एजेन्सी । ई–कमर्स क्षेत्रको दिग्गज कम्पनी अमेजनले करिब १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ।

न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अमेजनमा अर्को साता हजारौँ मानिसले आफ्नो जागिर गुमाउन सक्छन्। पछिल्ला केही त्रैमासमा नाफा नआएकाले कम्पनीले कर्मचारी कटौतीको निर्णय गरेको हो।

कम्पनीले गत साता नयाँ कर्मचारी भर्ना फ्रिज गर्ने घोषणा गरेको थियो। धेरै कर्मचारीलाई अन्यत्र काम खोज्न पनि भनिएको थियो। यद्यपि, अमेजनबाट हटाउने सम्बन्धमा अहिलेसम्म आधिकारिक धारणा बाहिरिसकेको छैन।

सन् २०२१ डिसेम्बर ३१ को तथ्यांकअनुसार अमेजनमा १६ लाखभन्दा बढी फुल टाइम र पार्ट टाइम कर्मचारी छन्। यदि कम्पनीले एकैसाथ १० हजार कर्मचारीलाई निकाल्छ भने यो अमेजनको इतिहासमा सबैभन्दा ठूलो कटौती हुनेछ। समग्रमा कम्पनीले आफ्ना १ प्रतिशत कर्मचारीलाई निकाल्ने तयारी गरिरहेको छ।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको मूल कम्पनी मेटा प्लेटफर्म इंकले हालै ११ हजार कर्मचारीलाई बर्खास्त गरेको थियो। कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी कटौती गरिएको हो। कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारीलाई हटाउने घोषणा गरेका थिए।

ट्विटर खरिद गरेसँगै एलन मस्कले विश्वभरका कर्मचारीलाई हटाउन थालेका छन्। ट्विटरका कुल ७ हजार ५०० कर्मचारीमध्ये झन्डै आधालाई बर्खास्त गरिएको छ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्