Friday, May 17
Shadow

अपराध

२८ लाख रुपैयाँ घुससहित इन्जिनियर र प्लम्बर  पक्राउ

२८ लाख रुपैयाँ घुससहित इन्जिनियर र प्लम्बर पक्राउ

अपराध, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारको भनाइ छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गरे । अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।...
स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

अपराध, समाचार
कपिलवस्तु । कृष्णनगर नगरपालिका-२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँ सहित प्युठान, प्युठान नगरपालिका-८ मानागाँउ बस्ने ३४ वर्षीय शुशिल बहादुर पुन मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसको अगाडिको बोनटको भागमा राखिएको उक्त नगद सहित फेला पारी बस चालक शुशिललाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।...
नियन्त्रित लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ

नियन्त्रित लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट दुई जना पक्राउ

अपराध, समाचार
काठमाडौं । नवलपरासी (पूर्व), विनयीत्रिवेणी गाउँपालिका-१ होङ्सी गेट नजिकबाट नियन्त्रित लागूऔषध नुर्फिन २४ एम्पुल, डाईजेपाम २४ एम्पुल र फेनारगन २४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-९ बस्ने २९ वर्षीय विकाश क्षेत्रीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले ग.१८ प ६९०४ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्नेक्रममा स्कुटर पछाडी सवार विकाश प्रहरीलाई देखी भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिई जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै स्कुटर लिई फरार भएका चालकको खोजी गर्ने क्रममा मध्यविन्दु नगरपालिका-११ अरूणखोलाको जंगलमा प्रहरीले स्कुटर फेला पारेको छ भने फरार रहेका चालकको खोजी गरिरहेको छ । पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेट नजिकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित पोखरिया नगरपालिका-१० बस्ने २१ वर्षीय पुलिस कुमार सा...
सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

अपराध, ब्यानर समाचार
काठमाडौँ- बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ । २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेको थियो । ‘हामीले बयान दिने क्रम आधा सकिसकेको अवस्थामा ७ दिन धेरै हुन्छ । तीन दिनमात्र दिनुपर्छ भन्यौं’ सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘श्रीमान सूर्यबहादुर थापाको बेञ्चले ५ दिन म्याद थप गरेको छ ।’ १७ वर्षीया किशोरीले बलात्कार गरेको भन्दै उनीविरुद्ध भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।...
घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार

घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार

अपराध, ब्यानर समाचार
दाङ । दाङमा घरमा काम गर्न राखेको बालिकामाथि यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको छ  । ११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै घोराही–१३ का ऋषि पोखरेलविरुद्ध उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरबहादुर वलीले जनाए। ‘अहिलेसम्म यौन दुर्व्यवहार भएको उजुरी परेको छ’ प्रहरी प्रमुख वलीले भने, ‘यौन दुर्व्यवहार हो की करणी नै हो भन्ने कुरा अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी प्रमुख वलीका अनुसार आरोपी पोखरेलले आफ्नो घरमा काम गर्न बसेकी बालिकामाथि पटक-पटक यौन दुर्व्यवहार गर्दै आएको भन्दै पीडितले जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरीका आधारमा आरोपी पोखरेलको खोजी कार्य भइरहेको जनाएको छ ।  पीडितको परिवारले भने मुद्दामा यौन दुर्व्यवहार भनिएपनि बालिकामाथि करणी नै भएको जनाउँछ । पीडित परिवारका अनुसार बालिका पोखरेलको घरमा गत वैशाखदेखि काम गर्न बसेकी थिइन् । प...
तास खेल्दा साथीको हत्या

तास खेल्दा साथीको हत्या

अपराध, समाचार
बिर्तामोड । दशैंमा तासको हारजितको विवादलाई लिएर झापा बिर्तामोडमा आफ्नै साथीको हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । महाअष्टमीका दिन राति तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडले  सार्वजनिक गरेको हो  । अर्जुनधारा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नवीन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेका आरोपीहरूमा इलाम –१ घर भई नयाँ बसपार्कमा ताप्लेजुङ इलाम होटेल सञ्चालन गर्दै आएका ३८ वर्षीय इन्द्र बहादुर अधिकारी, पाँचथर फिदिम – १२ घर भई बसपार्कमै ताप्लेजुङ इलाम होटेल सञ्चालन गर्दै आएका २१ वर्षीय अमृत आचार्य र पाँचथर फालेलुङ– ७ घर भई सोही होटेल बस्ने आचार्यकी श्रीमती २३ वर्षीया विमला राई...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अपराध, समाचार
दाङ ।  २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१३ रानिपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपालीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 2 नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
छोराको हत्या गरी फरार व्यक्त पक्राउ

छोराको हत्या गरी फरार व्यक्त पक्राउ

अपराध, समाचार
काठमाडौं । दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ । ४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियकारे बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो । सोही दिनदेखि फरार रहेका लौरंगलाई आज बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
आफ्नै भतिजको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै भतिजको हत्या गरेको अभियोगमा पक्राउ

अपराध, समाचार
धनुषा  । आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका-५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
नगद तथा गरगहना लुटपाट

नगद तथा गरगहना लुटपाट

अपराध, समाचार
काठमाडौं ।  तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली पदमसालमा सोही ठाउँस्थित गोसाईकुण्ड सुनचाँदी पसलबाट करिब २ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद ४५ हजार रूपैयाँ सोमबार साँझ लुटपाट भएको छ । सुनचाँदी पसल बन्द गरी संचालक घर फर्किने क्रममा अपरिचित व्यक्तिले पसल संचालकलाई कुटपिट गरी घाईते बनाई उनको साथबाट उक्त धनमाल लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा पठाएको हो । साथै प्रहरीले घटनास्थलबाट ३ वटा पोकामा रहेका चाँदीका विभिन्न गरगहना समेत बरामद गरेको छ । प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।...