Friday, May 17
Shadow

आर्थिक

सुनको मूल्य तोलामा दुई सयले बढ्दा चाँदीको मुल्य घट्यो

सुनको मूल्य तोलामा दुई सयले बढ्दा चाँदीको मुल्य घट्यो

आर्थिक, ब्यानर समाचार 2
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज सुनको मुल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला दुई सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार सात रुपैयाँ कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
भारतलाई बिजुली बेचेर ४ महिनामै ८ अर्ब आम्दानी

भारतलाई बिजुली बेचेर ४ महिनामै ८ अर्ब आम्दानी

आर्थिक, ब्यानर समाचार
काठमाडौँ- यो वर्षायामको ४ महिनामा भारतर्फको विद्युत् निर्यात १ अर्ब युनिट नाघेको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बढी भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसयता अर्थात असोज २५ सम्म १ अर्ब ३० लाख युनिट विद्युत् निर्यात भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उनले भने । निर्यात गरिएको विद्युत्‌को प्रतियुनिट औसत मूल्य ७ रुपैयाँ ९१ पैसा छ । सुरुमा दुईवटा विद्युत्‌गृहको ३९ मेगावाट विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछ...
सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

आर्थिक, मुख्य समाचार
काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो । यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार पनि चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको थियो । ...
रियलमी सी ३३ को नयाँ संस्करण सार्वजनिक

रियलमी सी ३३ को नयाँ संस्करण सार्वजनिक

आर्थिक, समाचार
काठमाडौं ।  स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा ५० एमपी एआई क्यामेराको साथ एन्ट्री–लेभल सेगमेन्टमा उच्चतम पिक्सेल भएको स्टाइलिस बजेट सी-सिरिजमा रियलमी सी ३३ को नयाँ संस्करण सार्वजनिक गरेको छ। यो स्मार्टफोनले बाउन्डलेस सी डिजाइन, राइट-एंगल बेजेलको साथ प्रयोगकर्ताहरूलाई व्यापक, अत्याधुनिक र गतिशील अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। रियलमी नेपाल प्रमुख मुनिष गिरीले भने, ‘रियलमीको एन्ट्री–लेभल सी सिरिजअन्तर्गत २०१८ को सेप्टेम्बरमा लन्च भएको रियलमी सी १ सँगै प्रयोगकर्ताहरूको राम्रो प्रतिक्रिया पाउँदै आएको छ, जसले गर्दा हामी यसको पोर्टफोलियो विस्तार गर्न सक्षम भएका छौं।’ सी सिरिजको साथमा उचित मूल्यमा उच्च प्रविधि, पावर र डिजाइनको आदर्श फ्यूजनको स्मार्टफोनहरू उपलब्ध गराउने लक्ष्य राखेको उनले बताए। सी ३३ मा रहेको पछाडिको केसमा माइक्रोनस्तरको लिथोग्राफी प्रविधिबाट सिर्जना गरिएक...
नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै

नेप्सेमा दोहोरो अंकको वृद्धि तर कारोबार ६३ करोडको मात्रै

आर्थिक, ब्यानर समाचार 2, शेयर बजार
काठमाडौँ- सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से १६.२९ अंक (०.८९ प्रतिशत) ले गिरावट भएर १८५३.७६ अंकमा बन्द भएको छ । मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार तेस्रो दिन पनि बढेको हो । बिहीबार नेप्सेमा जीवन बीमाबाहेक सबै उपसूचक बढेको छ । नेप्से बढेपनि कारोबार रकममा भने खासै उत्साह देखिंदैन । लगानीकर्ता ‘फेस्टिभ मुड’ मा हुँदा पनि कारोबार रकम घटेको बजारका जानकारहरु बताउँछन् । चाडपर्वकै कारण लगानीकर्ता निष्क्रिय बन्दा खरिद र बिक्री अर्डर दुवै घटेको छ । जसले गर्दा कारोबार रकम पनि घटेको हो । बुधबार ४८ करोडमा झरेको कारोबार रकम बिहीबार केही बढेको छ । बिहीबार बजारमा १७ लाख ९१ हजार ४८० कित्ता सेयर कारोबार हुँदा ६३ करोड २७ लाख ७ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । जसमध्ये नेपाल इन्स्योरेन्सको संस्थापक सेयर सर्वाधिक ४ करोड ८५ लाख ५० हजारको...
पेट्रोलियम पदार्थको खपत बढ्याे

पेट्रोलियम पदार्थको खपत बढ्याे

आर्थिक, समाचार
काठमाडौं । दशैँको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । खाना पकाउने ग्याँस, पेट्रोल र डिजेल गरी सबै प्रकारका इन्धनको बिक्री केहीदिनयता बढीरहेको उपाध्यायले जनाए । १ असोज यता सार्वजनिक बिदाका दिनमाबाहेक अहिले कम्तिमा २० लाख ९५ हजार किलोलिटरदेखि बढीमा ३७ लाख ७७ हजार लिटरसम्म पेट्रोल बिक्री भएको छ । डिजेल पनि प्रतिदिन ३६ लाख ४८ हजार लिटरदेखि अधिकतम् ५९ लाख २९ हजार लिटरसम्म प्रतिदिन खपत भएको निगमले जनाएको छ । यस्तै, खाना पकाउने ग्याँस पनि कम्तीमा १७ लाख २० हजार किलोग्रामदेखि बढीमा २५ लाख ८३ हजार किलोलिटरसम्म बिक्री भएको निगमले जनाएको छ । दशैंमा जहाजबाट बाहिरिनेको संख्या बढेसँगै हवाई इन्धन खपत पनि बढेको छ । यसअघि दैनिक ५ लाख २२ हजार लिटर खपत हुने हवाई ...
डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै

डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै

आर्थिक, समाचार
काठमाडाैं । अमेरिकी डलरको भाउ लगातार बढ्दो क्रममा देखिएको छ। पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ। आज (बिहीबार)  डलरको भाउले नयाँ उचाइ छोएको छ । डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको हो। नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ। अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर। भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो। पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारु कमजोर भइरहेको हो। डलरको ग्राफ उकालो लाग्दै गर्दा हरेक दिन नेपाली रूपैयाँ कमजोर हुँदै गएको छ। नेपालमा मात्र हैन विश्व बजारमा डलर बलियो हुँदै गएको छ। डलर बलियो हुँदा दैनिक उपभोग्य वस्तुहरूको...
लुम्बिनीका बिजुली बसको यान्त्रिक परीक्षण शुरु

लुम्बिनीका बिजुली बसको यान्त्रिक परीक्षण शुरु

आर्थिक, ब्यानर समाचार
बुटवल- लुम्बिनी विकास कोषले एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त गरेको विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु गरेको छ । १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षसम्म थन्किएर बसेका थिए । बिहीबार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस संचालनमा आएका हुन् । बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सघंसस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेपछि बिहीबारदेखि बस संचालनमा ल्याइएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए। बिजुली बस संचालनको लागि मोडालिटी अहिलेसम्म तय नभएपछि चालक र सहचालक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी विकास कोष र लुम्बिन...
१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आर्थिक, समाचार
काठमाडौँ- नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा १२ सय रुपैयाँ बढेको हो। बुधबार सुन तोलामा २ सय रुपैयाँ बढेको थियो। आज छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। बुधबार चाँदी प्रतितोला ११ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। बुधवारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।...
नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

नेप्से परिसूचक दोहोरो अंकले वृद्धि

आर्थिक, शेयर बजार
काठमाडौं- मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। आज नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ विन्दुमा अडिएको छ। यसदिन ६६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। २२९ कम्पनीको २१ लाख सात हजार ७४२ कित्ता सेयर ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। आइतबार २२८ कम्पनीको  ४० लाख १४ हजार ४१९ कित्ता सेयर १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँमा खरिदबिक्री भएको थियो। १३ वटा समूहमध्ये म्युचुअल फन्ड र होटल एण्ड टुरिजम समूहको सूचक घट्यो बाँकी समूहको परिसूचक बढेको छ।...