Friday, May 17
Shadow

आर्थिक

दुई करोड ५५ लाख बढीको उपकरणहरु प्रयोगविहीन

दुई करोड ५५ लाख बढीको उपकरणहरु प्रयोगविहीन

आर्थिक, पत्रपत्रिका, ब्यानर समाचार 2, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरु प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो । कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले रु अढाई करोड बढीका ती उपकरणहरु प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरु प्रयोगविहीन बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शतिश साहले दक्ष जनशक्ति (दरबन्दी)को अभावमा कोरोना महामारीको बेलामा भेन्ट...
अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

आर्थिक, टिप्स, सुचना प्रविधि
काठमाडौं- आईफोन पारखी एप्पलको नयाँ लञ्च इभेन्टको पर्खाइमा छन् । प्राय: हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको एप्पलले यस पटक पनि सेप्टेम्बर महिनामै लञ्च इभेन्ट गर्ने चर्चा छ । तर कम्पनी स्वयंले भने इभेन्टको मितिबारे यकिन जानकारी दिइसकेको छैन । एप्पलले कार्यक्रम हुनु दुई साता पहिलेमात्र आधिकारिक जानकारी दिने गरेको पाइन्छ । तर हालै इन्टरनेटमा फैलिएको एक अफवाह अनुसार यसपटकको आईफोन लञ्च इभेन्ट सेप्टेम्बर ६ मा सार्वजनिक हुनेछ । टिप्सटर म्याक्स वेइनबचले सेप्टेम्बर ६ मा आईफोन १४ सार्वजनिक हुने र सेप्टेम्बर १६ देखि विश्व बजारमा बिक्री सुरू हुनसक्ने उल्लेख गरेका छन् । उनले यसअघि पनि आईफोन र एप्पलका अन्य उत्पादनसम्बन्धी विभिन्न विवरण लिक गर्दै आएका थिए ।...
नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

नेपालले २७ देशमा पठाउँछ कुकुर र बिरालोको खाना

आर्थिक, कृर्षि, ब्यानर समाचार 2
काठमाडौं- नेपालले एक वर्षमा करिव ३ अर्ब रुपैयाँको कुकुर र बिरालोको खाना विभिन्न देशमा पठाएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७८ मा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना पठाएको हो ।२०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोको खाना पठाएको विभागले जनाएको छ । सो मुल्यमा १७ लाख ४४ हजार ४५१ केजी कुकुर र बिरालोको खाना नेपालले निर्यात गरेको छ । ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, सेन्ट हेलेना, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनाममा नेपालले कुकुर र बिरालोका खाना पठाउँदै आएको छ...
जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो

जनकपुर भन्सारको राजस्व सङ्कलन घट्यो

आर्थिक, मुख्य समाचार
काठमाडौं- जनकपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यको ५४ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको छ । सो कार्यालयले आव २०७८÷७९ मा रु ४८ करोड ५५ लाख ९२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा ५४ दशमलव ३० प्रतिशत अर्थात रु २६ करोड ३६ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासका अनुसार आव २०७८÷७९ मा भन्सार महसुलतर्फ रु १६ करोड १७ लाख ७७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु नौ करोड ७४ लाख ५९ हजार, अन्तःशुल्कतर्फ रु ३७ लाख २७ हजार र बोलपत्र आयाततर्फ रु सात लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । आव २०७७÷७८ मा लक्ष्यको ८८ दशमलव ३३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । आव २०७७÷७८ मा रु ५३ करोड ५१ हजार ५७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४४ करोड ५९ लाख ७१ हजार सङ्कलन भएको थियो । भन्सार कार्यालयका अनुसार आव २०७७÷७८ मा भन्सार महसुलतर्फ रु २१ करोड ७७ लाख ...
दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब ७६ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब ७६ करोडको कारोबार

आर्थिक, मुख्य समाचार
काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १९.०६ अंकले घटेर दुई हजार ३७ दशमलब ८३ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा आज नेप्सेमा एक अर्ब ७६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १५० वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य उच्च भएको हो । हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९प्रतिशतले बढेर प्रतिकित्ता ३३३.६० रुपैयाँ पुगेको छ भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता १४३.२० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ८ प्रतिशत भ...
बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

अन्तरवार्ता, आर्थिक, पत्रपत्रिका, सम्पादकीय
काठमाडौँ- पाँच दलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झन्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन् । सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झन्डै ५० प्रतिशतले घटेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ । मानिसहरू क्रमशः विदेशी ग्यास छाडेर स्वदेशी बिजुली प्रयोग गर्न थालेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा विगतको निरन्तरताकै रूपमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेतृत्वका रूपमा स्थापित व्यक्तित्व पम्फा भुसाल हुन् । उनकै जोडबलमा सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्...
गभर्नरलाई बर्खास्त गर्न माग गर्दै सांसदहरूलाई एसएमएस

गभर्नरलाई बर्खास्त गर्न माग गर्दै सांसदहरूलाई एसएमएस

आर्थिक, ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
सत्तारुढ दलनिकट विद्यार्थी संगठनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको आन्दोलनलाई जारी राखेका छन् । शनिबार अनेरास्ववियू (क्रान्तिकारी) को उपत्यका विशेष प्रदेश समितिले सांसदहरूलाई गभर्नरलाई बर्खास्त गर्न माग गर्दै एसएमएस अभियान सञ्चालन गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो संगठनको विभागमा खोटाङ घर भएका एम अधिकारीलाई समावेश गरेपछि विद्यार्थीहरूले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गरिरहेका छन् । राष्ट्र बैंकको ऐनअनुसार गभर्नर पदमा रहँदा कुनै पार्टीको सदस्यता लिन वर्जित छ । एमालेका एम अधिकारी नै महाप्रसाद अधिकारी भएको आरोप छ । प्रधानमन्त्रीले समेत राजीनामा दिन सुझाईसकेको अवस्थामा पनि गभर्नरले भने सहजै राजीनामा दिने संकेत देखाएका छैनन् । ...