Monday, May 13
Shadow

अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !


  • -इ
  • इ+

काठमाडौं- आईफोन पारखी एप्पलको नयाँ लञ्च इभेन्टको पर्खाइमा छन् । प्राय: हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको एप्पलले यस पटक पनि सेप्टेम्बर महिनामै लञ्च इभेन्ट गर्ने चर्चा छ ।

तर कम्पनी स्वयंले भने इभेन्टको मितिबारे यकिन जानकारी दिइसकेको छैन । एप्पलले कार्यक्रम हुनु दुई साता पहिलेमात्र आधिकारिक जानकारी दिने गरेको पाइन्छ ।

तर हालै इन्टरनेटमा फैलिएको एक अफवाह अनुसार यसपटकको आईफोन लञ्च इभेन्ट सेप्टेम्बर ६ मा सार्वजनिक हुनेछ ।

टिप्सटर म्याक्स वेइनबचले सेप्टेम्बर ६ मा आईफोन १४ सार्वजनिक हुने र सेप्टेम्बर १६ देखि विश्व बजारमा बिक्री सुरू हुनसक्ने उल्लेख गरेका छन् ।

उनले यसअघि पनि आईफोन र एप्पलका अन्य उत्पादनसम्बन्धी विभिन्न विवरण लिक गर्दै आएका थिए ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्