Friday, May 17
Shadow

टिप्स

अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

अबको एक महिनाभित्र आईफोन १४ सार्वजनिक हुने !

आर्थिक, टिप्स, सुचना प्रविधि
काठमाडौं- आईफोन पारखी एप्पलको नयाँ लञ्च इभेन्टको पर्खाइमा छन् । प्राय: हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनको नयाँ सिरिज सार्वजनिक गर्दै आएको एप्पलले यस पटक पनि सेप्टेम्बर महिनामै लञ्च इभेन्ट गर्ने चर्चा छ । तर कम्पनी स्वयंले भने इभेन्टको मितिबारे यकिन जानकारी दिइसकेको छैन । एप्पलले कार्यक्रम हुनु दुई साता पहिलेमात्र आधिकारिक जानकारी दिने गरेको पाइन्छ । तर हालै इन्टरनेटमा फैलिएको एक अफवाह अनुसार यसपटकको आईफोन लञ्च इभेन्ट सेप्टेम्बर ६ मा सार्वजनिक हुनेछ । टिप्सटर म्याक्स वेइनबचले सेप्टेम्बर ६ मा आईफोन १४ सार्वजनिक हुने र सेप्टेम्बर १६ देखि विश्व बजारमा बिक्री सुरू हुनसक्ने उल्लेख गरेका छन् । उनले यसअघि पनि आईफोन र एप्पलका अन्य उत्पादनसम्बन्धी विभिन्न विवरण लिक गर्दै आएका थिए ।...
यस्तो छ जनैपूर्णिमाको महत्व

यस्तो छ जनैपूर्णिमाको महत्व

अचम्मका कुरा, जिवनसैली, टिप्स, ब्यानर समाचार, समाज, साहित्य/कला
काठमाडौं- यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध पूर्णिमाका दिन ऋषिको आराधना गरिने तथा तर्पण, मार्जन हुनाले यो पर्वलाई ऋषितर्पणीका नामबाट पनि बुझ्ने गरिएको छ । तिथिमा पूर्णता प्रदान गर्ने भएकाले हरेक पूर्णिमाको छुट्टाछुट्टै महत्व रहँदै आएको छ । सूर्य तथा चन्द्रमा समसप्तक हुने विशेष अवस्था नै पूर्णिमा हो। पूर्णिमा तिथिको समागमनमा विशेषगरी जल र वातावरणमा विशेष उर्जा हुने हुँदा यसले प्रतक्ष रुपमा सम्पूर्ण चराचर जगतमा छुट्टाछुट्टै प्रभाव पार्ने गर्दछ । चन्द्रमाको प्रभाव मन र मस्तिष्कमा अत्यधिक पर्ने हुदा धेरै मानिसको जीवनमा औंसी र पूर्णिमाको प्रभाव फरक फरक तरिकाबाट परिरहेको हुन्छ ।  चन्द्रमाले यस तिथिक...
यस्तो छ आइतबारसम्मको मौसम, कहाँ कहाँ हुदैछ बर्षा

यस्तो छ आइतबारसम्मको मौसम, कहाँ कहाँ हुदैछ बर्षा

टिप्स, ब्यानर समाचार 2, मौसम
काठमाडौं- आज मुलुकका विभिन्न भेगमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनेछ । दिउँसो देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पहाडी भूभागमा वर्षाको आकलन गरिएको छ । शनिबार प्रदेश १ र बागमतीका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । शनिबार राति गण्डकीका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबार देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास छ भने पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ। ...
मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय

मोटोपन घटाउने नयाँ तरिका: कम खाएर पनि अघाउने उपाय

जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौं- तौल घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको कम खाने हो। तर, मोटोपनको समस्या भएका मानिसको लागि कम खानु सहज भने हुँदैन। उनीहरुलाई जति खाँदा पनि भोक नमरेको जस्तो लाग्छ, त्यसैले दिनानुदिन उनीहरुको मोटोपन घट्नुको सट्टा झन् बढ्दै जान्छ। यो समस्या समाधानको लागि शोधकर्ताहरुले एक तरिका फेला परेका छन्। जसले बढी तौल भएका मानिसलाई कम खाना खाँदा नै अघाएको जस्तो बनाउन सहयोग गर्छ। हङकङ बापटिस्ट युनिभर्सिटीको टोलीको नेतृत्वमा गरिएको अध्ययनमा उनीहरुले  भोक मेटाउने प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्ने इन्जाइम पत्ता लगाएका हुन्। यसको आधारमा आगामी दिनमा मोटोपन घटाउने औषधि पनि विकास गर्न सकिने उनीहरुले बताएका छन्। नेचर मेटाबोलिज्म जर्नलमा प्रकाशित उक्त निष्कर्ष बढ्दो क्रममा रहेको मोटोपनको समस्या समाधानको लागि निकै महत्वपूर्ण हुन सक्ने शोधकर्ताहरुले बताएका छन्। अधिक तौलले मानिसहरूलाई हृदया...
दैनिक तातो पानी पिउनुका अनेक फाइदा

दैनिक तातो पानी पिउनुका अनेक फाइदा

टिप्स, स्वास्थ्य
काठमाडौं- तातो होस् वा चिसो जुन तापक्रमको  पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्। दिनभरी थोरै थोरै गरी तातो पानी खानुका फाइदाबारे यहाँ जानकारी दिइएको छ। १. स्वस्थ पाचन कोही मानिसले पर्याप्त मात्रामा पानी नखाँदा सानो आन्द्राले व्यक्तिले खाएको खाना र पेय पदार्थबाट पानी सोस्ने गर्दछ। यसले गर्दा डिहाइड्रेसन हुन्छ आन्द्राबाट दिसा पास हुन बाधा उत्पन्न हुन्छ। यसका साथै, अत्यधिक डिहाइड्रेसन भएको अवस्थामा कब्जियतसमेत हुन्छ। यस्तै, चिसो पानीको तुलनामा तातो पानीले खानालाई छिट्टै ब्रेक गर्ने काम गर्छ । त्यसैले कब्जियतको जोखिम कम हुन्छ र यसले नियमित र पीडारहित दिसा पास गर्न सहयोग पुर्याउँछ। २. तौल घट्छ थुप्रै अनुस...
डेंगुबाट कसरी जोगिने ?

डेंगुबाट कसरी जोगिने ?

अचम्मका कुरा, जिवनसैली, टिप्स, स्वास्थ्य
काठमाडौ- डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्। निरन्तर बान्ता हुनु, पेट असाध्यै दुख्नु, रक्तस्राव हुनु, आलश्य वा व्यग्रता हुनु, पेटमा पानी जम्नु, कलोजोको आकार बढ्नु खतराका संकेतहरु हुन्। डेंगुबाट कसरी जोगिने? – लामखुट्टेको टोकाइबाट बच्न पुरा शरीर ढाक्ने कपडा लगाउने – शरीरका खुल्ला भागमा लामखुट्टेको टोकाइबाट बच्ने मल्हम लगाउने – घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने – बिहान, बेलुका वा राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने – घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने – खाल्डा खुल्डी पुर्ने, खानेपानी वा ढल...
घरमा राख्नुस् यी विरुवा, मिल्नेछ सकारात्मक उर्जा

घरमा राख्नुस् यी विरुवा, मिल्नेछ सकारात्मक उर्जा

जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । आफ्नो आसपास सकारात्कमता बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जिको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् । सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ । हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ । वाँस बेम्बु ट्रिले भाग्य तथा प्यार युक्त अवस्था बनाइ राख्नका लागि सहयाता गर्छ । यो सानो खालको वासलाई खासै हेरचाहा को आवश्यकता पनि पर्दै न । सानो सिसाको भाडोमा थोरै पानी रखेर एक कुनामा राख्न सकिन्छ । तुलसी तुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ । मेहन्दी सकारात्मक उर्ज...
कतार विश्वकप : उद्घाटन खेल एकदिन अगाडी सर्न सक्ने

कतार विश्वकप : उद्घाटन खेल एकदिन अगाडी सर्न सक्ने

अन्तर्राष्ट्रिय, खेलकुद, टिप्स, समाचार
काठमाडौं-  कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उद्घाटन खेल एकदिन अगाडी सर्न सक्ने भएको छ । अर्जेन्टिनाको दैनिक पत्रिका डायरियो ओलेले कतार विश्वकपको उद्घाटन खेल एकदिन अगाडी सार्ने फिफाले तयारी गरेको जनाएको छ । ​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ । तर, फिफाले कतार र इक्वेडरबीचको उद्घाटन खेल नोभेम्बर २० मा गर्ने तयारी गरेको हो । यस्तै इंग्ल्यान्ड र इरान, सेनेगल र नेदरल्यान्ड्स तथा अमेरिका र वेल्सबीचको खेल भने नोभेम्बर २१ मै हुनेछ । तर, खेल तालिका स्वीकृतिका लागि फिफा काउन्सिल ब्युरोबाट अनुमोदन हुनुपर्छ । जसका लागि भोटिङ हुन्छ । भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित महादेशका अध्यक्षहरुले मतदान गर्न पाउने छन् ।...