Friday, May 17
Shadow

पत्रपत्रिका

आजको मौसम यस्तो छ

आजको मौसम यस्तो छ

पत्रपत्रिका, समाचार
काठमाडाैं ।   शनिवार राति सिन्धुली, मकवानपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (ब.सु.पू.) र आसपास केही स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले शनिवार राति सूचना जारी गर्दै यी क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको हो ।  विभागले मरिन खोला, लालबकैया, कर्रा खोला, रिउखोला लगायत उक्त जिल्ला भई बहने स-साना नदीमा आकस्मिक बाढी आउन सक्ने समेत रहेको जनाएको छ । यी क्षेत्रमा आइतवार बिहान ६ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।...
प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

पत्रपत्रिका, ब्यानर समाचार 2
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायतका सबै मन्त्रीहरुले सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ । २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासन कालमा प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो । राजधानी दैनिकबाट...
विशिष्ट कक्ष दुरुपयोग बढ्याे

विशिष्ट कक्ष दुरुपयोग बढ्याे

पत्रपत्रिका, ब्यानर समाचार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग हुने गरेको छ । भनसुन, चिनजानका आधारमा पहुँचवालाबाट विशिष्ट व्यक्तिलाई आमन्त्रण गर्ने र त्यसैको आडमा विशिष्ट कक्ष दुरुपयोग बढेको छ । गत जेठको अन्तिमदेखि भदौ १७ सम्म दुई महिनामा यस्तै दुईवटा घटना सार्वजनिक भएका छन् । यी सार्वजनिक भएका ठूला घटनामात्र हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अधिकारी आफूहरूले सम्हाल्नै गाह्रो हुनेगरी विशिष्ट कक्ष प्रयोगका लागि अनुमति माग भई आउने गरेको बताउँछन् । यस्ता घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको छ । शुक्रबारमात्र उक्त विशिष्ट कक्ष प्रयोग गरी एक अभियुक्त फरार भए । फरार गराउन संवैधानिक आयोगका अध्यक्ष नै संलग्न भएको सार्वजनिक भएको छ ।संयुक्त अरब इमिरेट्स (यूएई) अरब संसद्का उपाध्यक्ष अरब मोहम्मद अहमद मोहम्मद अहमद अल यामा...
विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री पौडेल

विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लागौं : शिक्षामन्त्री पौडेल

पत्रपत्रिका, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार ६९औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शिक्षामन्त्री पौडेलले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले विश्व विद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाई शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षाको सुधारका लागि विश्वविद्यालय र शैक्षिक संस्थाहरु राम्रो हुनुपर्ने धारणा उहाँको छ । मन्त्री पौडेलले भन्नुभयो, ‘‘विश्व विद्यालयमा ताला नलगाऔँ, मुक्त बनाऔँ र पठनपाठनको व्यवस्था सिर्जना गरौँ । समस्या छन् तर त्यसलाई समाधान गरौँ । विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्छ ।’’ मन्त्री पौडेलले नेपालमै उच्च शिक्...
विद्यार्थीले बनाए विषादी छर्कने ड्रोन

विद्यार्थीले बनाए विषादी छर्कने ड्रोन

पत्रपत्रिका, समाचार
महोत्तरी । महोत्तरीको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यार्थीले बालीमा विषादी छर्किने ड्रोन बनाएका छन् । कक्षा १२ मा बाली विज्ञान अध्ययन गरिरहेका शिक्षकहरू गंगाप्रसाद फुयाल र सतिश जोशीको सहयोगमा विद्यार्थीहरू अभिषेक अधिकारी, बिक्की जैसवाल र प्रमोद ठाकुरले उक्त ड्रोन बनाएका हुन् । विद्यार्थी अधिकारीका अनुसार औषधिघुलित ७ लिटरसम्म पानी ड्रोनले बोक्न सक्ने र १० किलोमिटर क्षेत्रभित्र उडान गरी ३० मिनेटसम्म छर्न सक्ने क्षमता छ । करिब ३ लाख रुपैयाँ लागतमा २ महिना लगाएर ड्रोन बनाइएको हो । ड्रोनमा ३ सय केभीको मोटर र एफपीभी क्यामेरा जडान गरिएको छ । ड्रोन बनाउन स्टिल, प्लाई र रंग प्रयोग गरिएको छ । विद्यालयका प्रधानाध्यापक दीपक बरालले ड्रोनको सफल परीक्षण भइसकेको बताए । कान्तिपुरबाट...
दुई करोड ५५ लाख बढीको उपकरणहरु प्रयोगविहीन

दुई करोड ५५ लाख बढीको उपकरणहरु प्रयोगविहीन

आर्थिक, पत्रपत्रिका, ब्यानर समाचार 2, स्थानिय तह, स्वास्थ्य
काठमाडौं- महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा खरिद गरिएको दुई कारोड ५५ लाखभन्दा बढीको उपकरणहरु प्रयोगविहीन बनेको छ । उक्त अस्पतालमा विगत दुई वर्ष बढीदेखि पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरु प्रयोगविहीन भएर थन्किएको हो । दुई वर्षअघि कोभिड विशेष अस्पतालका रुपमा जलेश्वर अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजारको लागतमा पाँच थान भेन्टिलेटर, थप शय्या, मोनिटर, इकोलगायत आइसियु सेटका उपकरण खरिद गरेर ५० शय्या बनाइएको थियो । कोरोना महामारीकै बेलामा पनि भेन्टिलेटर र आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर उक्त अस्पतालले रु अढाई करोड बढीका ती उपकरणहरु प्रयोग गर्न नसकेकामा विगत दुई वर्षदेखि नै ती सामग्रीहरु प्रयोगविहीन बनेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शतिश साहले दक्ष जनशक्ति (दरबन्दी)को अभावमा कोरोना महामारीको बेलामा भेन्ट...
भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

पत्रपत्रिका, ब्यानर समाचार
काठमाडौं- खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना गरेको छ । तर सो भाषा आयोगको लापरबाहीले जुम्ली खस भाषाको अभिलेख छैन । खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ । जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ । भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन । यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी निकायले शब्दकोश बनाएको पाइँदैन । संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेको छ । नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानूनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने संविधानमा उल्लेख छ । भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुने गरेको छ । ...
बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : पम्फा भुसाल

अन्तरवार्ता, आर्थिक, पत्रपत्रिका, सम्पादकीय
काठमाडौँ- पाँच दलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झन्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन् । सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झन्डै ५० प्रतिशतले घटेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ । मानिसहरू क्रमशः विदेशी ग्यास छाडेर स्वदेशी बिजुली प्रयोग गर्न थालेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा विगतको निरन्तरताकै रूपमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेतृत्वका रूपमा स्थापित व्यक्तित्व पम्फा भुसाल हुन् । उनकै जोडबलमा सरकारले बूढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमा नै निर्...
श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै भत्काए प्रदर्शन स्थल

श्रीलंकामा अन्ततः चार महिनापछि प्रदर्शनकारीले नै भत्काए प्रदर्शन स्थल

अन्तर्राष्ट्रिय, पत्रपत्रिका
कोलम्बो- अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका विद्यार्थी र वामपन्थी दलहरूको नेतृत्वमा रहेको समूहले राजधानीको गाले फेस समुद्री मार्ग छेउमा आफ्ना पालहरू खाली गरिरहेको बताए । नजिकैका होटेलहरूमा बाधा भएको दाबी गर्दै प्रहरीले उक्त स्थान खाली गर्न दिएको आदेशविरुद्ध अदालतमा गरेको उजुरी पनि फिर्ता लिएको समूहका प्रवक्ताले जनाएका छन् । कार्यकर्ताहरूले आफ्ना पालहरू उतार्दै र प्रशासन विरुद्धको संघर्ष गर्न खडा गरेका अन्य संरचनाहरू हटाउँदै गरेका तस्बिर सार्वजनिक भएका छन् । इन्धन, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभावको विरोधमा अप्रिल ९ मा प्रदर्शनकारीले वृहत विरोध र प्रदर्शन सुरु गरेका थिए । जुलाई ९ मा हजारौँको संख्याका प्रदर्शनकारी राष्ट्रपति भवनतर्फ बढेपछि राजापाक्षेले बाध्य भ...