Friday, May 17
Shadow

पत्रपत्रिका

आचारसंहिता लागु गर्न किन ढिलाइ ?

आचारसंहिता लागु गर्न किन ढिलाइ ?

पत्रपत्रिका, मुख्य समाचार
काठमाडौं । सरकारले साउन १९ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्‍यो। मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ। तर आयोगले आचारसंहिता कार्यान्वयनमा ढिलाइ गरिरहेको छ। निर्वाचन मिति घोषणाको अधिकार सरकारलाई हुन्छ भने आचारसंहिता लागु गराउन निर्वाचन आयोग स्वतन्त्र हुन्छ। तर निर्वाचन हुन दुई महिनाभन्दा कम समय बाँकी रहँदा पनि आयोगले आचारसंहिता लागु गरेको छैन। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को अधिकार प्रयोग गरेर आचारसंहिता जारी गर्ने अधिकार आयोगलाई छ। २०५३ सालअघि आयोगलाई यो अधिकार थिएन। आचारसंहिता बनाउने, अनुगमन तथा कार्यान्वयन गर्ने, उल्लंघन गर्नेलाई संयन्त्र निर्माण गरी कारबाही गर्ने अधिकारसमेत आयोगले पाएको हुन्छ । तर यस्ता अधिकार आयोगले प्रयोग गर्न खुट्टा कमाइरहेको पूर्वआयुक्त वीरेन्द्...
२४ करोडका खाद्य परीक्षण भ्यान ४ वर्षदेखि अलपत्र

२४ करोडका खाद्य परीक्षण भ्यान ४ वर्षदेखि अलपत्र

पत्रपत्रिका, ब्यानर समाचार 2
काठमाडौं । गाडीको रङ फुग उडेको छ। टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण रहेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ राखिएका थिए, अहिलेसम्म त्यहीं छन्। ती चारवटा गाडी (भ्यान) घामपानी, हिउँदवर्षा जतिबेला पनि खुला आकाशमुनि छन् । एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जोकोहीले पनि ती भ्यान देख्न सक्छन्। बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेपछि सरकारले त्यस्ता वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका ती मोबाइल भ्यान किनेको थियो। बजारमा अखाद्य वस्तुको बिगबिगी छ तर खाद्यवस्तुको गुणस्तर परीक्षण गर्न ल्याइएका ती चार भ्यान भने चार वर्षदेखि थन्किएका छन् । झन्डै २४ करोड रुपैयाँ खर्चेर किनिएका ती भ्यान सरकारी निकायको उ...
जब गुल्मीका भरतले दुबईमा ३५ करोडको चिठ्ठा जिते

जब गुल्मीका भरतले दुबईमा ३५ करोडको चिठ्ठा जिते

पत्रपत्रिका, समाचार
काठमाडौं ।   दुबईमा काम गर्दै आएका एक नेपाली युवकलाई १ करोड दिर्हाम (झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । गुल्मीका ३१ वर्षीय भरत विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् । यूएईको समाचार संस्था खालिज टाइम्सका अनुसार भरत दुबईमा कार धुने काम गर्दै आएका छन् । उनले चिठ्ठामा जितेको पैसाले घर परिवार राम्रोसँग व्यवस्थापन गर्ने बताएका छन् । २५ वर्षीय भाइको उपचारका लागि पैसा जुटाउन दुबई पुगेका उनी ३ वर्षअघि दुबई पुगेका हुन् । उनका भाइ ब्रेन ट्युमरबाट पीडित छन् । उनका बुवा पनि भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । बुवाछोरा मिलेर भाइको उपचारका लागि पैसा जुटाइरहेका थिए । खालिज टाइम्ससँगको कुराकानीमा उनले भनेका छन्, ुमेरो भाइको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । अपरेसनका क्रममा उनलाई प्यारालाइसिस भएको छ । उनको श्रवणशक्ति पनि गुमेको छ । यो पैसाले भाइको उपचार सहज हुन...
राष्ट्रपति : विवादित कामको शृङ्खला

राष्ट्रपति : विवादित कामको शृङ्खला

पत्रपत्रिका, समाचार
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सुरुदेखि नै विवादित रह्यो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले जोगाउनुभएको राष्ट्रपति पदको साख र गरिमा वर्तमान राष्ट्रपति भण्डारीले रक्षा गर्न नसकेको टिप्पणी संविधानका ज्ञाता र राजनीतिक दलका प्रमुख नेताहरूबाट भइरहेको छ । सत्ता साझेदार दल, प्रतिपक्षीसहित विभिन्न राजनीतिक दलले राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भएको निष्कर्षसहित विरोध गरेका छन् । उपराष्ट्रपति र पूर्वराष्ट्रपतिबाट समेत विरोध भएको छ । संविधान संरक्षकले राजनीतिक दाउपेच गरेको र राजनीतिक दलहरूलाई काखा र पाखा गरेकै कारण मुख्यतः १० वटा प्रकरणमा उहाँ गम्भीर विवादमा पर्नुभएको हो । त्यस्तो शृङ्खला मङ्गलबार रातिसम्म पनि जारी रहेकै कारण देशको ठूलो सङ्ख्या नागरिकताबाट वञ्चित हुने परिस्थिति सिर्जना भएको छ । विभिन्न राजनीतिक दलले उहाँको कदमविरुद्ध सडक आन्दोलन थालेका छन् साथै राष्ट्र...
तथ्याङ्क प्रणाली स्थापना गरिने

तथ्याङ्क प्रणाली स्थापना गरिने

पत्रपत्रिका, समाचार
काठमाडौं । सरकारले अबदेखि सबै निकायले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत रूपमा राख्ने भएको छ। अहिले मालपोत, नापी, जिल्ला प्रशासन कार्यालय, वित्तीय संस्थालगायत निकाय र विभिन्न गैरसरकारी संस्थाले तथ्याङ्क सङ्कलन गर्दै आएका छन्। सरकारले राष्ट्रिय तथ्याङ्क ऐन जारी गरेसँगै उक्त निकायले सङ्कलन गरेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क प्रणाली स्थापना गरी एकीकृत गर्न लागेको हो। राष्ट्रियस्तरको तथ्याङ्क सङ्कलन गर्नका लागि भने राष्ट्रिय तथ्याङ्क प्रणालीको कार्यालयबाट अनुमति लिनुपर्नेछ। केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले राष्ट्रिय तथ्याङ्क ऐन जारी भएकाले विभिन्न निकायले सङ्कलन गरेको तथ्याङ्कलाई एकीकृत गर्दै डिजिटलाइजेसन गरी भण्डारण गर्ने अधिकार राष्ट्रिय तथ्याङ्क प्रणालीको कार्यालयलाई हुने बताउनुभयो। उहाँका अनुसार राष्ट्रिय तथ्याङ्क प्रणालीले सरकारी निकायबाट प्रदान गरिने सेवाप्रवाहक...
छ कम्पनीविरुद्ध मुद्दा

छ कम्पनीविरुद्ध मुद्दा

पत्रपत्रिका, समाचार
काठमाडौं । वैदेशिक रोजगार विभागले पछिल्लो तीन महिनामा छवटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ को अधिकार प्रयोग गर्दै ठगी आरोपमा असारमा तीनवटा, साउनमा दुईवटा र भदौमा एउटा गरी छवटा म्यानपावर कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरिएको हो । यी छवटा म्यानपावर कम्पनीका १८ जना सञ्चालकविरुद्ध मुद्दा दर्ता गरिएको हो । वैदेशिक रोजगार ऐनले दिएको अधिकार प्रयोग गरी विभागले पहिलो पटक न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । विभागले करिब सात करोड रुपियाँ ठगी गरेको आरोपमा जरिवानासहित न्यायाधिकरणमा मुद्दा दायर गरेको जनाएको छ । विभागको दाबीअनुसार वैदेशिक रोजगार न्यायाधिकरणले मुद्दा फैसला गरेमा म्यानपावर कम्पनीका सञ्चालकलाई तीन लाखदेखि पाँच लाख रुपियाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैदसजाय हुने...
मिडिया काउन्सिल विधेयकको चर्को विरोध

मिडिया काउन्सिल विधेयकको चर्को विरोध

पत्रपत्रिका, समाचार
काठमाडौं । पत्रकारलाई दुःख दिने र विभिन्न बहानामा पत्रिकाको दर्ता नै खारेज गर्ने उद्देश्यका साथ सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकप्रति प्रतिनिधिसभाको विकास एवं सूचना प्रविधि समितिले असन्तुष्टि जाहेर गरेको छ । सञ्चार संवद्ध प्रायः सबै संघ÷संस्था तथा आम सञ्चारकर्मी यो विधेयकविरुद्ध छन् । विधेयकले सञ्चारकर्मीलाई आतंकित बनाउन र दुःख दिन खोजेको भन्दै विधेयकका कतिपय प्रावधान सच्याउनुपर्ने माग भएको छ । सञ्चारसँग सम्बन्धित विज्ञले पनि व्यापक छलफलपछि मात्रै विधेयक ल्याउन सरकारलाई सुझाउँदै आएका छन् । विवादित सो विधेयकका कतिपय प्रावधान हटाउन माग भइरहेको अवस्थामा प्रतिनिधिसभाको विकास एवं सूचना प्रविधि समितिले सरकारले हतार हतारमा विधेयक ल्याउन लागेकाले त्यसरी हतारमा सो विधेयकलाई स्वीकृत गर्न नसकिने बताएको हो । सञ्चार केन्द्र नेपालले आइतबार राजधानीमा आयोजना गरेको ‘...
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

पत्रपत्रिका, वातारण, समाचार
काठमाडौं । जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ। यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए । अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको 'इजिएफआर' नामक वंशाणु (जिन) मा देखिएको उत्परिवर्तनको समीक्षा तथा अध्ययन गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ । ...
४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र

४८ हजार बढी भूमिहीनले पाए जग्गाधनी प्रमाणपत्र

पत्रपत्रिका, समाचार
काठमाडौं । नागरिकले आफ्नो परिवारको नाममा जग्गा नभएको भनेर गुनासो गर्नु नपरोस् भन्ने लक्ष्यका साथ सरकारले जग्गाधनी पूर्जा वितरणको कामलाई तीव्रता दिएको छ । भूमिको स्वामित्वलाई राज्यले मौलिक हकको रुपमा परिभाषित गरेको सन्र्दभमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले योजनावद्ध रुपमा ‘कोही पनि नछुटुन् कोही पनि नदोहोरिउन्’ भन्ने नाराका साथ सुकुम्बासीलाई जग्गा धनी बनाउने कामलाई अभियानका रुपमा अगाडि बढाएको हो । यसका लागि राष्ट्रिय भूमि आयोगले आगामी दिनमा सुकुम्बासीको समस्या नै नरहने गरी कामलाई तीव्रता दिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिए । कित्ता नापी नापनक्शा गर्ने कार्य अन्तर्गत विशेष नापीमा कुल १३ हजार पाँच सय ९६ हेक्टरको काम सम्पन्न भएको छ । हेक्टर, गाँउब्लक नापी तीन सय आठ हेक्टर, नापी एक हजार नौ सय १० हेक्टर गरी कूल १५ हजार सात सय ४८ ह...
मतपत्र छाप्न सुरु

मतपत्र छाप्न सुरु

पत्रपत्रिका, समाचार
काठमाडौं।  आयोगले मङ्गलबारबाट मतपत्र छाप्न सुरु गरेको छ। आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो। आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने जानकारी दिए। पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि छ लाख मतपत्र छाप्ने छ। आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ। जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मङ्गलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो। जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ। मङ्सिर ४ मा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करि...