परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत
काठमाडौं भाद्र ३ । पछिल्लो समय तीजका गीतले महिलाको वेदना र मौलिकता कम् अश्लीलता र विलाशितालाई प्रश्रय दिईरहेको भनेर आलोचना भइरहेको सन्दर्भमा संचारकर्मी एवं गीतकार केएल पीडितले बजारमा ल्याएको ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ शिर्षकको गीतले नारी शक्तिलाई परिवर्तनको नेतृत्व गर्न उत्साह थपेको छ ।
विद्रोहको सन्देश बोकेको उक्त तीज गीत हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत हालै सार्वजनिक गरेको हो ।
संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको उक्त तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको गीतमा व्यवस्था प्रतिको खबरदारी झल्किन्छ ।
देशमा राजनीतिक व्यवस्थामा परिवर्तन आएपनि देशमा बस्ने वातावरण नभएर परदेशमा पुग्नुपरेको र देशभित्र पनि अव्यवस्था...