Thursday, May 2
Shadow

परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत


  • -इ
  • इ+

काठमाडौं भाद्र ३ । पछिल्लो समय तीजका गीतले महिलाको वेदना र मौलिकता कम् अश्लीलता र विलाशितालाई प्रश्रय दिईरहेको भनेर आलोचना भइरहेको सन्दर्भमा संचारकर्मी एवं गीतकार केएल पीडितले बजारमा ल्याएको ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ शिर्षकको गीतले नारी शक्तिलाई परिवर्तनको नेतृत्व गर्न उत्साह थपेको छ ।

विद्रोहको सन्देश बोकेको उक्त तीज गीत हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत हालै सार्वजनिक गरेको हो ।

संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको उक्त तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको गीतमा व्यवस्था प्रतिको खबरदारी झल्किन्छ ।

देशमा राजनीतिक व्यवस्थामा परिवर्तन आएपनि देशमा बस्ने वातावरण नभएर परदेशमा पुग्नुपरेको र देशभित्र पनि अव्यवस्था मौलाएको प्रति कटाक्ष गरिएको गीतमा अब नेतृत्व लिन नयाँ पुस्तालाई आव्हान गरिएको छ ।

प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा यो गीतले तीजको अवसरलाई प्रयोग गरेर पुराना असफल नेतृत्वको विकल्प खोज्न प्रेरित गरेको छ ।

आफुपनि राजनीतिक विद्रोहमा सहभागी भइसकेका पीडितका गितमा जनतालाई झुक्याउने र नेतृत्वमा पुग्ने अनि राज्यको दोहन गर्ने शैलीको खरो विरोध र त्यसप्रतिको तिब्र असन्तुष्टि झल्किन्छ ।

पीडितका यस अघि ‘आव्हान’ गीति संग्रह तथा अन्य फुटकर गीतहरू सार्वजनिक भइसकेका छन् ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।)

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्