Friday, May 17
Shadow

मनोरञ्जन

परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत

परिवर्तनको संदेश बोकेको पीडितको तीजगीत

ब्लोअप, मनोरञ्जन, साहित्य/कला
काठमाडौं भाद्र ३ । पछिल्लो समय तीजका गीतले महिलाको वेदना र मौलिकता कम् अश्लीलता र विलाशितालाई प्रश्रय दिईरहेको भनेर आलोचना भइरहेको सन्दर्भमा संचारकर्मी एवं गीतकार केएल पीडितले बजारमा ल्याएको ‘ए दिदीबहिनी आफ्नो नेता आफै बन्ने हो’ शिर्षकको गीतले नारी शक्तिलाई परिवर्तनको नेतृत्व गर्न उत्साह थपेको छ । विद्रोहको सन्देश बोकेको उक्त तीज गीत हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानल मार्फत हालै सार्वजनिक गरेको हो । संचारकर्मी पीडितको शब्द, निर्देशन तथा प्रस्तुति रहेको उक्त तीज गीतमा माण्डवी त्रिपाठीको स्वर, विपिन आचार्यको लय तथा एरेन्ज छ । अभिनेता अर्जुन श्रेष्ठ, कमल गाउँले, दक्षिणा सिंह ठकुरी, सुलोचना श्रेष्ठ र भरत श्रेष्ठको अभिनय रहेको गीतमा व्यवस्था प्रतिको खबरदारी झल्किन्छ । देशमा राजनीतिक व्यवस्थामा परिवर्तन आएपनि देशमा बस्ने वातावरण नभएर परदेशमा पुग्नुपरेको र देशभित्र पनि अव्यवस्था...
कथानक चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन हुने

कथानक चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शन हुने

मनोरञ्जन, समाचार
काठमाडाैं ।  सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचित्र 'प्रेम गीत ३' असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुँदैछ। पहिलोपटक नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको हो। गत शनिबार चलचित्रको हिन्दी र नेपाली दुवै संस्करणमा टिजर सार्वजनिक गरिएको छ। टिजर सार्वजनिक भएपछि दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका छन्। अधिकांश दर्शकले हिन्दी संस्करणमा डाइलग डेलिभरी राम्रो भएको प्रतिक्रिया दिएका छन्। हिन्दी टिजरलाई दर्शकले रुचाएसँगै हिन्दी संस्करण नेपालमा पनि प्रदर्शन हुने भएको छ। 'हिन्दीमा धेरै माग आएपछि हामीले नेपालमा पनि प्रदर्शन गर्न लागेका हौं तर प्रदर्शन मिति फरक हुन्छ। पहिला नेपाली संस्करण हलमा लाग्छ। हिन्दी संस्करणका वितरकहरूसँग सल्लाह गरेर प्रदर्शन मिति तोक्ने छौं,’ निर्माता तथा निर्देशक सेनले  जनाए । ‘हामीले दक्षिण भारतीय फिल्म डब गर्ने कलाकार राखेका छौं। ने...
सर्वोच्चमा भुवन केसीविरुद्धको रिटमा सुनुवाइ हुँदै

सर्वोच्चमा भुवन केसीविरुद्धको रिटमा सुनुवाइ हुँदै

अदालत, मनोरञ्जन, समाचार
काठमाडौं  । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर गत शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए । उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरिएको थियो । सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ । यो मुद्दामा सोमबार प्रारम्भिक सुनुवाइ हुने जनाइएको छ । फिल्म निर्देशकहरु पौड्याल, अरुणकुमार प्रधान, सुचित्रा श्रेष्ठ, मनिष पण्डित र निर्मलराज ढकालले रिट दायर गरेका थिए ।केसीलाई गत साउन ९ गतेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थि...
म्यूजिक भिडियाे ‘पाइने रैछ माया’ सार्वजनिक

म्यूजिक भिडियाे ‘पाइने रैछ माया’ सार्वजनिक

मनोरञ्जन, समाचार
काठमाडाैं । गायक दिनेश थानीको स्वरमा रहेको निकै नै मिठो गीत ‘पाइने रैछ माया’  OSR डिजीटल मार्फत युट्युबमा सार्वजनिक गरिएको छ। चलचित्रका साथै म्युजिक भिडियोका पनि अनुभवी एवं निकै सम्भावना बोकेका निर्देशक रोशन कुमारले यसलाई निर्देशन गरेका छन्। गीतकार भवानी प्रसाद थानीले उनका शब्दमा जीवनको यथार्थ भोगाईलाई उतारेका छन्। यस गीतका संगीतकार प्रमोद पन्त र संगीत संयोजक रिदम कँडेल हुन् भने मिक्सिङ्ग र माष्टरिंग महेश्वरमान राजभण्डारीले गरेका हुन् । दि लाइफ एक्सप्रेस मुभी मेकर्स प्रा.लि. ले निर्माण गरेको भिडियोमा सुनिता पराजुलीको प्रस्तुति रहेको छ। भिडियोलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् र सम्पादन एवं कलरिंग भने मीन रावलले गरेका हुन्। आ रव प्रोडक्सनमा पोस्टको सम्पुर्ण काम गरिएको सो भिडियोमा,प्रेम बश्यालले क्रीयटिभ हेडमा साथ दिएका छन भने चर्चित कलाकार यशराज गराच र साक्षी लम्सालको उत्कृष्ट...
काठमाडौंमा गाइजात्रा (फोटो फिचर)

काठमाडौंमा गाइजात्रा (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, साहित्य/कला, स्थानिय तह
काठमाडौं- गाईजात्राको अवसरमा शनिबार  काठमाडौंको वसन्तुपरमा मृतकहरूको सम्झनामा बालकलाई गाईको भेषधारण गरी बाजागासहित सहर परिक्रमा गराइँदै ।
फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

ब्लोअप, मनोरञ्जन, साहित्य/कला, सुचना प्रविधि
काठमाडौं- फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्मअमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा पनि फिल्म छनोट भएको छ । फिल्मले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप...
रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिक

रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिक

मनोरञ्जन, समाचार
काठमाडाैं । गायक संगीतकार रोशन धौभडेलको नयाँ गीत ‘पीडा’ श्रब्य दृश्य सार्वजनिकरण भएको छ । भक्तपुर कटुन्जेका स्थानीय गीतकार उत्कल चालिसेको शब्द रहेको ‘पीडा’ गीत तथा त्यस्को म्युजिक भिडिओ बिहीबार एक कार्यक्रमबीच भक्तपुरमा सार्वजनिक गरिएको छ। नेपालकै संभवत प्रथम ब्याण्ड 'प्रीज्म'.का ड्रमर देव रानाको प्रमुख आतिथ्यमा गीतको सार्वजनिक गरिएको हो। यस गीतको स्वर र संगीत रोशन धौभडेलको रहेको छ भने संगीत संयोजनको काम प्रमोद परियारले गरेका हुन। आभाश्री प्रोडक्सनको ब्यानरमा तयार भएको म्युजिक भिडिओ निर्माणमा कन्सेप्ट तथा निर्देशन समेत गायक धौभडेलको नै रहेको छ। उच्च शिक्षा हासिलका लागि बिदेसिएका तथा राम्रो रोजगारीका लागि परदेश पुगेका आम नेपालीहरुको पीडालाई यस गीत र यसको म्युजिक भिडिओमार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ। नेपाली राष्ट्रिय गान श्रीमान गंभीरूका रचयिता चक्रपाणी चालिसेका नाति नाताका गीतकार...
मोटाएपछि झनै ‘हट एण्ड सेक्सी’ बनिन् खुशी हेरौं तस्विरहरु

मोटाएपछि झनै ‘हट एण्ड सेक्सी’ बनिन् खुशी हेरौं तस्विरहरु

ब्लोअप, मनोरञ्जन
अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो अड्डा हो जहाँ कुनै अभिनेत्रीको सुन्दर तस्बिर यदि एक पटक भाइरल भएमा सोच्नुहोस् उक्त अभिनेत्री रातारात स्टार अवश्य बन्ने छिन्। यस्तोमा आज हामी पञ्जाबी चलचित्र क्षेत्रका एक अभिनेत्रीको बारेमा चर्चा गर्न गईरहेका छौं जसको तस्बिरले इन्टरनेटमा सनसनी मच्चाएको छ । पञ्जाबी चलचित्रकी अभिनेत्री खुशी गढवी जो एक मोडेल हुन्। खुशी अहिले मोडेलिंग गर्दैछिन्।खुशीको जन्म सन् १९९० मा भएको थियो। तर २८ वर्षको उमेरमा खुशीका यी तस्बिरले इन्टरनेटमा तहल्का मच्चाईरहेको छ। ...
‘अरुण थापा स्मृति दिवस’ सम्पन्न

‘अरुण थापा स्मृति दिवस’ सम्पन्न

मनोरञ्जन, समाचार
भक्तपुर । नेपाली सुगम आधुनिक संगीतका एक अमर गायक तथा संगीतकार अरुण थापाको ‘२३ औं पुन्य तिथिको अवसरमा भक्तपुर सांगीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति दिवस’ सम्पन्न भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौं पटक आयोजना गरेको हो । कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारहरुले स्व. थापाका गीत प्रस्तुत गरेका हुन । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, अधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व.थापाका गीतहरु प्रस्तुत गरिएको आयोजक संस्थाका अध्यक्ष प्रवीण शाहीले बताए। त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज के.सी., श्रीजल मधिकर्मी, अनिश शाक्य, बिजय बज्राचार्य र यजु आचार्यले वाद्यवादनमा साथ दिएका थिए । कार्यक्रम देसप्रेम भावनाले ओतप्रोत करोड मुटुहरूको एउटै ढुक ढुकी नेपाल” बाट शुरु भएको थियो भने “लाग्न था...
आज पाँचौँ अरुण थापा स्मृति साँझ

आज पाँचौँ अरुण थापा स्मृति साँझ

मनोरञ्जन, समाचार
भादगाउँ । नेपाली सुगम आधुनिक सङ्गीतका एक अमर गायक तथा सङ्गीतकार अरुण थापाको ‘२३ औँ स्मृति दिवस २०७९’का अवसरमा भक्तपुर साङ्गीतिक समाजको आयोजनामा ‘अरुण थापा स्मृति साँझ’ हुने भएको छ । समाजले थापाको स्मृतिमा लगातार पाँचौँ पटक स्मृति साँझ आयोजना गर्न लागेको हो । कार्यक्रममा भक्तपुरका स्थानीय कलाकारले स्व थापाका गीत गुनगुनाउने छन् । कार्यक्रममा सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, रोशन धौभडेल, विनोदराज ढुङ्गेल, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यले स्व थापाका गीत गाउने आयोजक समाजका अध्यक्ष प्रवीण शाहीले बताए। त्यसैगरी वाद्यवादनमा गायकलाई कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चाले वाद्यवादनमा साथ दिनेछन् । कार्यक्रमलाई सिद्धि स्मृति प्रतिष्ठान, अक्सफोर्ड प्राक्टिकल इङ्लिस स्कुल, गुडविल कन्सन्टको सहयोग रहेको छ भने कार्यक्रमको रेड...