Friday, May 17
Shadow

राजनिती

युवाको जनसमर्थन मसंग छ : नेता शाह

युवाको जनसमर्थन मसंग छ : नेता शाह

ब्यानर समाचार 2, राजनिती
कार्तिक ३० कपिलवस्तु। कपिलवस्तु जिल्लामा निर्वाचनकाे शरगर्मीका बीच गठबन्धनका उम्मेदवार अभिषेक प्रताप शाहले युवा समूह आफ्नाे शक्ति भएकाे बताउनुभएकाे छ । कपिलवस्तु क्षेत्र ३ काे प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका गणेश जिसीले समर्थन गरेपछि युवा वर्गमा व्यापक समर्थन रहेकाे निवर्तमान सांसद शाहकाे भनाई छ । क्षेत्र ३ का पार्टीका उम्मेदवारहरू चुनावमा आ-आफ्नो एजेण्डा सहित घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छन। यसै गरि प्रतिनिधि सभा ३ का र उम्मेदवार अभिषेक प्रताप शाह पनि आफ्नो समर्थक तथा नेता कार्यकर्ता लिई निर्वाचनमा सक्रिय छन्।नेता शाहको नेतृत्व मा कृष्णनगर, विजयनगर शिवराज तथा महाराजगंज पालिकाको विभिन्न स्थानमा घरदैलाे कार्यक्रम गरिएकाे छ । नेपाली कांग्रेस निकट नेता शाह प्रतिनिधि सभा सदस्य बनाउन युवा वर्गमा धेरै लाेकप्रियता रहेकाले अन्य उम्मेदवारबीच कडा प्रतिस्पर्धा र...
जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्छुः प्रधानमन्त्री देउवा

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्छुः प्रधानमन्त्री देउवा

मुख्य समाचार, राजनिती
मध्यबिन्दु  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे। पश्चिम नवलपरासीको क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र र संविधानको रक्षा गर्न गठबन्धनले निर्वाचनमा विजय हासिल गर्न आवश्यक भएको बताए।   पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विनोद चौधरी उम्मेदवार छन्। देउवाले चौधरीलाई यस क्षेत्रबाट विजयी गराउन आग्रह गर्दै चौधरीको विजयले यस क्षेत्रको समस्या समाधान हुने आश्वासन दिए। रासस...
भाेलि मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

भाेलि मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने

ब्यानर समाचार 2, राजनिती
काठमाडाैं । चर्चित बलिउड अभिनेत्री  मनिषा कोइरालाले राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने भएकी छन् ।  कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी  कोइरालाले राप्रपाको कार्तिक २५ गते काठमाडौंको वसन्तपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएकी हुन् । अभिनेत्री कोइरालाले दिउँसो १ : ०० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यसअघि उनले पोखरा र स्याङजामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। ...
आफूले चुनाव जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको चुनाव हुने

आफूले चुनाव जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको चुनाव हुने

ब्यानर समाचार 2, राजनिती
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने जिकिर गर्नुभएकाे छ । आफू सांसद भएमात्रै कांग्रेसभित्र संसदीय दलको चुनावमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उहाँको भनाइ थियो । पार्टीको काभ्रे–काठमाण्डाै सम्पर्क समन्वय समितिले आज मङ्गलवार आफ्नै निर्वाचन क्षेत्र नम्बर काठमाण्डाै–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफूले चुनाव जितेर गए कांग्रेसमा मात्रै संसदीय दलको चुनाव हुने र मतदाताले चाहेअनुसारको नेतृत्व परिवर्तन हुने बताउनुभएकाे हाे । त्यसका लागि काठमाण्डाै–४ का अगुवाले आफूलाई जिताउनका लागि बाँकी समय लागिदिनुपर्ने उहाँकाे भनाइ थियाे । महामन्त्री थापाले संसदीय व्यवस्थामा संसदमा जितेमात्रै संसदीय दलमा चुनावमा प्रतिस्पर्धा गर्ने पाउने भएकाले त्यसका लागि आफूल...
बाम-लाेकतान्त्रिक गठबन्धन कै बहुमतमा सरकार बन्ने नेता शाहकाे ठाेकुवा

बाम-लाेकतान्त्रिक गठबन्धन कै बहुमतमा सरकार बन्ने नेता शाहकाे ठाेकुवा

राजनिती, समाचार
कपिलवस्तु । कपिलवस्तु क्षेत्र न.३ मात्र नभई देशैभरि मंसिर ४ गते हुने हुने निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनको बहुमतकाे सरकार बन्ने प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाहले ठाेकुवा गर्नुभएकाे छ । साेमबार कृष्णनगर नगरपालिका-८ बहादुरगंजकाे गाैरव चाैकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै शाहले आफुले क्षेत्रको विकासको लागि निरन्तर लागि परेको बताउनुभयो । शाहले आगामी निर्वाचनमा संविधानलाई ध्वस्त पार्ने तत्वलाई मत दिन नहुने जिकिर गर्नुभयो । शाहले माओवादी र एमाले विच भएको एकतालाई ओलीले कायम राख्न नसकेपछि माओवादीको आग्रहमा अहिलेको देउवा नेतृत्वमा सरकार निर्माण भएको बताउनुभयो । संविधान बचाउनको लागि काग्रेस र माओवादी लगायतका पार्टीको गठबन्धन भएको बताउँदै आगामी सरकार पनि गठबन्धनकै बन्ने दावी गर्नुभयो । जनताको मतलाई अपमान गरेको एमालेलाई अहिले चुनावमा मत माग्न लाज लागिरहेको बताउनुभयो...
सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएकाे प्रमकाे खुलासा

सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएकाे प्रमकाे खुलासा

ब्यानर समाचार, राजनिती
डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् । आइतवार डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटक–पटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गरे । ‘अहिलेको सरकार गठबन्धनको सरकार हो,’ उनले भने, ‘गठबन्धन विजयी भए मात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।’ वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ पटक संसद विघटन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो...
चितवनलाई नेपालको आर्थिक राजधानी बनाउने घोषणा

चितवनलाई नेपालको आर्थिक राजधानी बनाउने घोषणा

ब्यानर समाचार, राजनिती
चितवन । रवि लामिछाने नेतृत्वको स्वतन्त्र राष्ट्रिय पार्टीले चितवनलाई नेपालको आर्थिक राजधानी बनाउने घोषणा गरेको छ। आज सार्वजनिक भएको घोषणा पत्रमा चितवनलाई नेपालको आर्थिक राजधानी बनाउन चाहिने कानुनी प्रावधान र लगानी र जनशक्ति, ऊर्जा आदि विभिन्न पक्षलाई उच्च प्राथमिकता दिई काम गरिने उल्लेख छ। त्यसको लागि जोनिङ पद्धतिमार्फत  चितवनमा सहरी योजनाका सुरुवाद गरिने बताइएको छ। २५० मेगावाटको सौर्य उर्जा प्लान्ट बनाउने, वर्षिक एसिया व्यवसया कन्फरेन्स आयोजना  गर्ने, नेपालको दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी नदी करिडोर निर्माण गर्ने कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई  विशेष छूट लिने सम्मको योजना उक्त पार्टीले अघि सारेको हो।...
राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जानुहुने

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जानुहुने

ब्यानर समाचार, राजनिती
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ”, उहाँले भन्नुभयो, “राष्ट्रपतिको भ्रमणलाई सुव्यवस्थित बनाउने तयारीमा हामी जुटेका छौँ ।” राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रजिअ शर्माले बताउनुभयो । राष्ट्रपति भण्डारीले गतवर्ष कात्तिकमा पनि मुक्...
पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

ब्यानर समाचार, राजनिती
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त क्षेत्रबाट प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार एक सय दुई मतदाता छन् । क्षेत्र नं ६ ‘क’मा कांग्रेसबाट हरिप्रभा श्रेष्ठ ‘खड्गी’ र (ख) मा विष्णुभक्त तिमल्सिना उम्मेदवार बन्नुभएको छ । एमालेबा...
माकेकाे प्रतिबद्वतापत्रमा  काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना

माकेकाे प्रतिबद्वतापत्रमा काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना

ब्यानर समाचार, राजनिती
काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा मेट्रोदेखि मोनो रेलसम्म चलाउने योजना अगाडि सारेको छ । माओवादी केन्द्रले सोमबार सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा काठमाडौं उपत्यकाको बागमती, विष्णुमति, धोवीखोला र मनोहरा कोरिडोरमा मेनोरेल सञ्चालनका लागि योजना बनाउने उल्लेख गरेको छ । काठमाडौंको चक्रपथ र बूढानीलकण्ठदेखि ललितपुरको सानेपा तथा थानकोटदेखि भक्तपुरको साँगासम्म मेट्रो रेल चलाउने योजना सुरु गर्ने योजना पनि अघि सारेको छ । रेलसँगै काठडमाडौं उपत्यकामा बिजुलीबाट चल्ने ५ सय वटा बस चलाउने योजना प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । यसबाहेक पोखारा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य शहरमा मेट्रो तथा मनो रेल र ट्रली बस चलाउने योजना अघि सारेको छ ।...