Friday, May 17
Shadow

वातारण

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

ब्यानर समाचार 2, वातारण
काठमाडौं । बागमती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार बागमती सफाइ हुने गरेको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर प्रत्येक हप्ता बिहान साढे सात बजेदेखि साढे नौ बजेसम्म यो अभियान चल्ने गर्छ । महाअभियानले शनिबार तिलगङ्गामा चार सय ९९औँ हप्ताको सफाइ गरेको छ । सफाइबाट १।५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ वडाध्यक्ष हीरालाल तण्डुकार, वाग्मती सफाइ महाअभियानका अभियानकर्मीहरू क्रमशः डा लक्ष्मी पौडेल, चक्रबहादुर चन्द, झलक ढुङ्गेल, नरेश...
तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह

तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह

वातारण, समाचार
काठमाडौं ।   जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावनासमेत देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री र अधिकमत तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ। हाल देशको प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम साम...
कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृतचित्र प्रदर्शन

कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृतचित्र प्रदर्शन

वातारण, समाचार
इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि [युएनएफसीसीसी] को पक्ष राष्ट्रको २७औँ सम्मेलन [कोप–२७]मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि प्रारम्भ भएको हो । सम्मेलनको चौथो दिन बुधबार ग्रामीण पुनःनिर्माण नेपाल र दिगो विकास इन्स्टिच्युटले आयोजना गरेको साइड इभेन्टमा ‘साथसाथै फाण्डेसन’ले निर्माण गरेको सो वृतचित्र प्रदर्शन गरिएको हो । जलवायु वित्तमा महिला सहकारीको भूमिका विषयक कार्यक्रममा प्रदर्शन गरिएको वृतचित्रमा विशेष गरी हिमालय क्षेत्रमा जलवायु परिवर्तनले महिला र बालबालिकामा पारेको असरबारेमा चित्रण गरिएको छ । वृतचित्रमार्फत ‘कालापत्थर घोषणापत्र’ कार्यान्वयन सम्बन्धमा सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराइएको फाण्डेसनका ...
पश्चिमी वायुको सक्रियताले चिसो बढ्दै, तापक्रम घट्दै

पश्चिमी वायुको सक्रियताले चिसो बढ्दै, तापक्रम घट्दै

ब्यानर समाचार, मौसम, वातारण
काठमाडौँ- मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ । मनसुन सकिएपछि पश्चिमी वायुको प्रवेश हुने भएकाले दुई दिन बदली र वर्षाको सम्भावना रहेको उनले बताइन्। उनले भनिन्, ‘मनसुन बाहिरिएसँगै पश्चिमी वायुहरू सक्रिय हुन्छन् आज र भोलि धेरै नै सक्रिय छन् जसले गर्दा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बदली गराएर पहाडी भू-भागमा हल्का वर्षा गराउने सम्भावना रहेको छ ।’ पश्चिमी वायुसँगै चिसो पनि आउने भएकाले अबका दिनमा क्रमशः चिसो बढ्दै जाने मौसमविद् भट्टराईको भनाइ छ । यस वर्षको मनसुन गत शनिबारबाट नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र मधेस प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिए...
बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु

बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु

वातारण, समाचार
चितवन । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । बिहीबार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच÷छ वर्षको भाले गैँडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए । कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए । बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए । यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार छ सय ९४ गैँडा छन् ।...
फेवातालमा  सरसफाइ अभियान सुरु

फेवातालमा सरसफाइ अभियान सुरु

वातारण, समाचार
कास्की । पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो । सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको जानकारी महानगरपालिकाका प्रमुख आचार्यले दिनुभयो । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीच भागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवा...
बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

बस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

वातारण, समाचार
भरतपुर । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो । उक्त बाघले असोज २३ गते स्थानीय उमानाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो । बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले एक महिनादेखि बाघ पटक–पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताउनुभयो । नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको थियो । पछिल्लो तथ्याङ्कानुसार यस निकुञ्जमा एक सय २८ बाघ  छन् । गैँ...
कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचान गर्दै कामपा

कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचान गर्दै कामपा

वातारण, समाचार
काठमाडौं  । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ। बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरूप कामपाले यस किसिमको अभ्यास सुरू गरेको हो। कामपा प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’ फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्नेछ। हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरे...
कैलाली बाढी : वस्तुभाउ पनि खान नपाएर मर्ने भए

कैलाली बाढी : वस्तुभाउ पनि खान नपाएर मर्ने भए

ब्यानर समाचार 2, वातारण
टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् । बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो । बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्...
वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

पत्रपत्रिका, वातारण, समाचार
काठमाडौं । जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ। खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ। यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए । अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको 'इजिएफआर' नामक वंशाणु (जिन) मा देखिएको उत्परिवर्तनको समीक्षा तथा अध्ययन गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ । ...