युद्ध र विधवा
युद्ध र विधवा
आमा !
ती गुराँस किन राता भएका ?
तिम्रो बाबाको रगत पोखिएको छ त्यहाँ
त्यसैले ती राता भएका
जहाँ , मेरो सौभाग्य र
तिम्रा बाबा र बाबा जस्ताको
पोखिएको छ अमीट इतिहासको रातो रङ ।
जब मारियो तिम्रो बाबालाई
अनि पखालियो मेरो सिन्दूर
त्यसपछि रातै भएर फुल्छन् गुराँस
नपत्याए हेरन !
मेरा आँसुका झरीले पनि पखालिन्न रङ
हल्लिँदै नाचेका हुन् ती तिम्रै बाबाको सासले
पहिला नाच्दैनथे/ हल्लिँदैनथे
त्यसैले हेर त बाबू !
तिम्रै बाबाको सासले नचाएको
निख्रेलान् आँसु तर फेरिँदैन कहिल्यै रङ
अनि फुल्न पहनि छाड्ने छैनन्
तिनीहरू रातो रङबाहेकमा
कतै सेतो रङमा पनि फुलेको देख्नेछौ
तिनीहरु मेरो सिन्दुर पखालिएपछि
सेता भएका हुन्
जुन दिनबाट म विधवा भएँ ।
फेरि हिमाल सोधौला बाबू !
त्यहाँको सेतोमा -
मजस्तै पति गुमाएकाहरूको
श्वेत वष्त्र टाँसिएको छ
त्यो पनि पखालिने छैन कुनै पानीले
बाबाको रग...