Friday, May 17
Shadow

Tag: झिलिमिली बत्ती

यस वर्ष करिब २० करोडको झिलिमिली बत्ती आयात

यस वर्ष करिब २० करोडको झिलिमिली बत्ती आयात

आर्थिक, ब्यानर समाचार
काठमाडौं- दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्ने वित्तिकै झिलिमिली बत्तीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ । उज्यालोको चाड तिहारको आगमनसँगै झिलीमिली बत्तिको चर्चा हुने गर्छ । पहिले–पहिलो माटोको दियो बालेर तिहारमा झिलिमिली बनाइन्थ्यो । तर, हिजो आज विद्युतीय बत्तिबाट झिलीमिली बनाउने गरिन्छ । तर, तिहारमा प्रयोग गरिने झिलिमिली बत्ती बाहिरबाट आयात गर्नु पर्ने बाध्यता रहेको छ । तिहारकै लागि भनेर विभिन्न खालका दियो, मालाबत्ती लगायत झण्डै करिब बर्षेनी करोडौ रुपैयाँको विद्युतीय झिलीमिली बत्ती विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघको भनाई छ ।  विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद...