Tuesday, April 30
Shadow

यस वर्ष करिब २० करोडको झिलिमिली बत्ती आयात


  • -इ
  • इ+

काठमाडौं- दशैंपछिको अर्को ठूलो चाड हो, तिहार । तिहार भन्ने वित्तिकै झिलिमिली बत्तीको चाड भन्ने बुझिन्छ । माटाका पाला, विद्युतीय बत्ती, पटका आदि तिहारका विशेषता हुन् । तिहारमा नेपालीहरूले सबैभन्दा बढी विद्युतीय बत्ती प्रयोग गर्छन् । तिहारको बेला घर–पसल सजाउन झिलिमिली बत्ती बढी प्रयोग हुन्छ ।

उज्यालोको चाड तिहारको आगमनसँगै झिलीमिली बत्तिको चर्चा हुने गर्छ । पहिले–पहिलो माटोको दियो बालेर तिहारमा झिलिमिली बनाइन्थ्यो । तर, हिजो आज विद्युतीय बत्तिबाट झिलीमिली बनाउने गरिन्छ । तर, तिहारमा प्रयोग गरिने झिलिमिली बत्ती बाहिरबाट आयात गर्नु पर्ने बाध्यता रहेको छ ।

तिहारकै लागि भनेर विभिन्न खालका दियो, मालाबत्ती लगायत झण्डै करिब बर्षेनी करोडौ रुपैयाँको विद्युतीय झिलीमिली बत्ती विदेशबाट आयात हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघको भनाई छ ।  विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले यस वर्षको तिहारमा पनि करिब २० करोड रुपैयाँ बराबरको झिलीमिली बत्तीको आयात हुने बताए ।

उनले भने, ‘यस वर्ष चाडपर्वका लागि भनेर १५ देखि २० करोड रुपैयाँ बराबरको बत्ती आयात भएको छ ।’ साथै उनले गत वर्षको तिहारको तुलनामा यस वर्ष बत्तीको मुल्य प्रतिगोटा २० रुपैयाँसम्मले बढेको बताए । उनले भने, ‘गत वर्ष ११० रुपैयाँ पर्ने बत्तीको मुल्य यस वर्ष १३२ रुपैयाँसम्म पुगेको छ ।’

उनका अनुसार विशेषगरी तिहारमा लक्ष्मीपुजाको दिनसम्म झिलीमिली बत्तीको व्यापार हुने गर्छ । ‘यस वर्ष कात्तिक ७ गते लक्ष्मीपुजा रहेको छ । विशेषगरी कात्तिक ३ देखि धेरै बत्तीको व्यापार हुन्छ’, उनले थपे ।

"Naulo Dristi!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : नौलो दृष्टी’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्